बलात्कार गरी फरार अभियुक्त १६ वर्षपछि पक्राउ


Kshamadevi Group


पक्राउ
पक्राउ

भोजपुर जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ।

जबर्जस्ती करणी मुद्दामा भोजपुर जिल्ला अदालतबाले २०५९ चैत ९ गते ३ वर्ष ३ महिना कैद सजाय सुनाएका टेम्केमैयुङ गाउँपालिका-१, खम्बुखाका ५२ वर्षीय गजकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो।

राईलाई जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले जंगलमा रहेको गोठमा लुकीछिपी बसेको अवस्थामा शनिबार पक्राउ गरेको हो।

राईलाई अदालतको आदेशमा कैद भुक्तानका लागि कारागार कार्यालय चलान गरिएको भोजपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तै अदालतले अर्का एक जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । अदालतले भोजपुर नगरपालिका-२ हेलौछाका २२ वर्षीय सुजन राईलाई जबर्जस्ती करणी उद्योगमा पुर्पक्षका लागि कारागार चलान गरेको हो।

राईले गत फागुन १० गते सोही ठाउँकी १५ वर्षीया बालिकालाई मन्दिरमा लगी करणी गर्न खोजेको प्रहरीले जनाएको छ। राईलाई पीडित बालिकाको उजुरीपछि गत फागुन ११ गते पक्राउ गरिएको थियो। रासस

प्रकाशित ५ चैत २०७५, मंगलबार | 2019-03-19 10:33:14
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।