हराउँदै होलीको परम्परागत महत्व र रौनक


Kshamadevi Group


गाउँघरमा आधुनिकता बढेसँगै रङैरङको पर्व होली अर्थात् फागु पूर्णिमा पर्वको परम्परागत महत्व र रौनक हराउँदै गएको छ।

साथीभाइ, आफन्त जम्मा भई घरघरमा मौलिक गीत गाउँदै नाच्दै होली (फागु) खेल्ने चलन पछिल्लो समय हट्दै गएको हो।

भड्किलो पाराले होली मनाउने संस्कार गाउँमा भित्रिन पुगेकाले परम्परागत संस्कृति हराउन थालेका हुन्।

होली आउनु एक/दुई दिनअगाडि नै मादल, झ्याली लगायतका विभिन्न परम्परागत वाद्यवादनका तालमा होली गीत गाउने र नाच्ने गरेर यो पर्व मनाउने गरिन्थ्यो। अहिले भने गाउँघरमा मौलिक पारामा होली गीत गाउने र नाच्ने चलन हटिसकेको छ।

गाउँघरमा सहरी परिवेशले छुन थालेपछि मौलिक भाकामा होली गाउने र नाच्ने प्रचलन हराउँदै गएको हो।

यस पर्वलाई विशेषगरी सहरबजारमा साथीभाइ, आफन्तबीच रङ खेलेर धुमधामका साथ मनाइन्छ। त्यसैको प्रभाव गाउँघरमा पर्न थालेपछि होलीको विशेष मौलिकता नै हराउन पुगेकामा पाकापुस्ता चिन्ता व्यक्त गर्छन्।

पछिल्लो समय होली अर्थात् फागुपर्व तडकभडक हुन थालेको छ । शहरी परिवेशले ढपक्कै ढाकेपछि गाउँमा मौलिक गीत गाएर नाचेर होली अर्थात् फागु खेल्नुको सट्टा वनभोज जाने र रमाउनेको जमात बढ्दो छ। यसले पनि होलीको परम्परागत महत्व र रौनक हराउँदै गएको छ। 

गाउँघरमा साथीभाइ जम्मा भएर कसैले होली गीत झिक्ने, कसैले भट्याउने, कसैले मादल, झ्यालीलगायतका वाद्यवादनका सामग्री बजाउने, कोही नाचेर रमाइलोसँग होली खेल्दा निकै आनन्द लागेको अनुभव पाल्पा रामपुरका पाकापुस्ताका प्रतिनिधि जयनारायण न्यौपाने बताउँछन्।

पहिले मनाइने र अहिले मनाइने होली अर्थात् फागु पूर्णिमा संस्कृतिमा धेरै भिन्नता रहेको उनको अनुभव छ।

‘पहिला संस्कार संस्कृति जोगाउँदै मौलिक पारामा गीत गाएर नाचेर होली खेलिन्थ्यो, होलीको महत्व नबुझी अहिले एकैछिन रमाइलोका लागि क्यासेट, मेमोरीकार्डमा गीत बजाएर नाच्ने र रङ दल्ने जमाना आयो,’ उनले भने, ‘संस्कार, संस्कृति र पर्वको महत्व नै नबुझी जसरी मनाए पनि भयो, बढ्दो आधुनिकताका नाममा संस्कार, संस्कृति परिवर्तन हुनु हुँदैन,हाम्रा जमाना गए।’

युवापुस्ताले संस्कार, संस्कृतिको महत्वभन्दा पनि रमाइलोका लागि मात्र पर्व मान्ने चलन बढ्दै गएकाले चिन्ता लागेको उनले बताए।

होलीका अवसरमा पछिल्लो समय कालीगण्डकीबेँसीका विभिन्न वनभोजस्थल, खोला किनार, खुला चौर, चौतारीलगायतका स्थानमा वनभोज जाने र रमाउने चलन बढ्दो छ।

यसले मौलिक संस्कृति परिवर्तन हुँदै गएको छ भने अर्कोतर्फ अर्काको देखासिकी र खर्चिलो बन्दै गएको रामपुरका स्थानीय समाजसेवी लेखनाथ शर्मा मरासिनी बताउँछन्।

प्रकाशित ५ चैत २०७५, मंगलबार | 2019-03-19 10:22:03
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।