नेपालमा दैनिक जन्मन्छन् ११ सय शिशु, कति पुग्यो जनसंख्या?


Kshamadevi Group


नेपालमा हरेक १० वर्षमा जनगणना हुन्छ। पछिल्लो पटक २०६८ सालमा भएको जनगणना अद्यावधिक गर्ने समय नजिकिँदै गरेका बेला केन्द्रीय तथ्यांक विभागले नेपालको नयाँ जनसंख्या प्रक्षेपण गरेको छ।

आगामी जनगणना २०७८ असार ८ गतेसम्म सम्पन्न गर्नेगरी तयारी भइरहेको छ।

असार ८ गतेलाई राष्ट्रिय जनसंख्या दिवसका रूपमा मनाइँदै आएको छ। 

विभागको जनसंख्या प्रक्षेपण बोर्डका अनुसार सोमबारसम्मको जनसंख्या २ करोड ९५ लाख ६ हजार ३४५ पुगेको छ।

प्रक्षेपण बोर्डले नेपालमा दैनिक १ हजार ६४ देखि १ हजार ७८ जनासम्म बढ्ने गरेको देखाउने गरेको छ।

यसअनुसार विभागले आगामी २०७८ असार ८ गते नेपालको जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ पुग्ने प्रक्षेपण गरेको छ।

विभागका निर्देशक शंकरलाल श्रेष्ठका अनुसार जन्मदर, मृत्युदर र बसाइँसराइका आधारमा जनसंख्या प्रक्षेपण गर्ने गरिएकाले यसमा घटबढ हुन सक्छ। 

विभागको प्रक्षेपणले आगामी दुई वर्षमा पुरुषकोभन्दा महिलाको जनसंख्या झण्डै १० लाख बढी पुग्ने देखाएको छ।

विभागका निर्देशक श्रेष्ठका अनुसार रोजगारी र अध्ययनका लागि महिलाको तुलनामा पुरुषहरू बढी विदेशिने गरेका छन्।

यस्तै महिलाको मृत्युदर पनि कम छ भने औषत आयु पनि बढी छ। त्यसैले महिलाको जनसंख्या बढी भएकाे हाे। 

आगामी २०७८ सालको राष्ट्रिय जनगणनामा ट्याब्लेटको प्रयोग गरिने भएको छ। करिब ४० हजार गणकलाई परिचालन गरिने बताइएको छ।

विभागका अनुसार सहरी र सूचना प्रविधिको पहुँच भएका क्षेत्रमा ट्याब्लेटको प्रयोग गरिनेछ भने बाँकी स्थानमा कागजी प्रश्नावली भरिनेछ।

ट्याब्लेटमा समावेश गरिएका विवरण तत्कालै विभागको सर्वरमा आइपुग्नेछ। 

 

प्रकाशित ५ चैत २०७५, मंगलबार | 2019-03-19 09:47:57
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।