चितवनमा भएकाे दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते


Kshamadevi Group


चितवनमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा परि तीन जनाले ज्यान गुमाएका छन्।

मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख १४४ नम्बरको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित २ नं पुलबाट मंगलबार बिहान त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

दुर्घटनामा परी अन्य चार घाइते भएका छन्। घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । घाइते हुनेमा दुई महिला छन्।

प्रहरीका अनुसार मृतकको परिचय खुल्न खुलेकोे छैन। ट्रक पुलबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको छ।

यस्तै चितवनको भरतपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ। अर्का एक गम्भीर घाइते भएका छन्।

गए राति १ बजे भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा ९१प ३४८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई केन्द्रीय बस टर्मिनल चोकको डिभाइडरमा ठक्कर खाँदा मोटरसाइकल पछाडि सवार खैरहनी नगरपालिका–१३ का ३४ वर्षीय कुमार अधिकारीको मृत्यु भएको हो।

अधिकारीको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते मोटरसाइकल चालक धादिङ कयपुर–५ का ३८ वर्षीय सोमनाथ सेढाइँको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रकाशित ५ चैत २०७५, मंगलबार | 2019-03-19 09:34:59
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...