२३ परीक्षार्थी परीक्षा दिनबाट वञ्चित


Kshamadevi Group


एसईई/फाइल फाेटाे
एसईई/फाइल फाेटाे

शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय झापाले चैत १० गतेदेखि हुने माध्यमिक तहको परीक्षा (एसइई) मा जिल्लाबाट १५ हजार ६८९ जना परीक्षार्थी सहभागी हुने जनाएको छ।

जसमा छात्राको सङ्ख्या धेरै रहेको छ। परीक्षार्थीमध्ये सात हजार ९३८ छात्रा र सात हजार ३३६ छात्र छन्।

कार्यालयका उपसचिव रामप्रसाद ढुङ्गानाका अनुसार नियमिततर्फ १५ हजार ३०१ र ग्रेड वृद्धितर्फ ३८८ जना परीक्षार्थी छन्। झापामा यसपटक कारागारबाट तीन कैदीबन्दीले एसइई परीक्षा दिने भएका छन्। झापाका १५ स्थानीय तहमा ५३ परीक्षा केन्द्र रहेका छन् विर्तामोडस्थित महेन्द्र रत्न माविमा भने ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिनेछ।

प्रश्नपत्र जिल्ला प्रहरी कार्यालयमा राखिएको र उत्तरपुस्तिका भने सम्बद्ध केन्द्रमा पुगिसकेको कार्यालयका उपसचिव ढुङ्गानाले बताए। उनले परीक्षा केन्द्रका केन्द्राध्यक्ष तोक्न भने बाँकी रहेको बताए। उनले भने, ‘तयारी लगभग पूरा भइसक्यो, भोलिसम्ममा केन्द्राध्यक्ष टुङ्ग्याउँछौँ।’

सात स्थानीय तहका २३ विद्यार्थी राजश्व नबुझाएका कारण परीक्षा दिनबाट वञ्चित हुने भएका जिल्ला शिक्षा समन्वय एकाइ समितिको तथ्याङ्क देखिएको छ। राजश्व नबुझाउनेहरुमा पशुपति मावि बाह्रदशी गाउँपालिकाका सात, मेचीनगर नगरपालिकास्थित काँकडभिट्टा माविका तीन, मेची जनसाधारण माविको एक, भानु माविको एक, जनता मावि एक, शिवसताक्षी नगरपालिकास्थित भानु माविका तीन, भवगती माविका एक, दमक नगरपालिकास्थित पशुपति संस्कृति मावि दमकको एक, बुद्धशान्ति गाउँपालिकाको गणेश माविका दुई र अर्जुनधारा नगरपालिकास्थित लक्ष्मी माविका दुई विद्यार्थी रहेका छन्।

बाह्रदशी गाउँपालिकास्थित पशुपति माविका प्रधानाध्यापक विद्यासागर चौधरीले विवाह भएर गएका र कोही वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक गएका कारण परीक्षा दिन नआउने भएको दाबी गरे। काँकडभिट्टा माविका प्रधानाध्यापक तुलसी निरौलाले पनि तीनै जना विद्यार्थी विवाह भएर गएका कारण परीक्षामा सामेल नहुने बताए। उनले पटकपटक फोन गरेर फर्म भर्न बोलाउँदा परीक्षा नदिने भनेर विद्यार्थीबाट जवाफ पाएको बताए। त्यसैगरी छ विद्यार्थी विद्यालयमा अनुपस्थित, दुईको मृत्यु र एक जना बिरामी परेर परीक्षा दिन नसक्ने उपसचिव ढुङ्गानाले बताए। रासस

प्रकाशित ४ चैत २०७५, सोमबार | 2019-03-18 21:51:35
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...