१० वर्षदेखि सिनामंगल सडकमा रहेका वृद्धको उद्धार



फाइल तस्बिरः मानव सेवा आश्रम
फाइल तस्बिरः मानव सेवा आश्रम

काठमाडौंको मानवसेवा आश्रमले सिनामंगलस्थित सडक पेटीबाट एक असहाय वृद्धको उद्धार गरेको छ।

खुकुलाल महर्जन नाम बताउने अन्दाजी ८० वर्षीय वृद्धलाई शुक्रबार राति १२ बजे उद्धार गरिएको हो। अहिले उनलाई सामाखुसीस्थित आश्रममा राखिएको छ।

दाइले घर बेचेर गाउँ गएपछि आफ्नो बास सडकमा भएको र कसैले केही दिए खाने नत्र भोकै बस्ने गरेको महर्जनले बताए।

मनमैंजु निवासी मुना राइले कार्यालय आउजाउ गर्दा उनलाई सडकपेटीमा सुतिरहेको देखेपछि आश्रमलाई खबर गरेकी थिइन्। त्यसपछि आश्रमको टोलीले उद्धार गरेको हो।

कुकुरसँगै सुतिरहेको अवस्थामा उनलाई शुक्रबार राति फेला पारिएको आश्रमका काठमाडौं संयोजक सुमन बर्तौलाले जानकारी दिए।
स्थानीयका अनुसार उनी १० वर्षदेखि त्यही ठाउँमा बस्ने गरेका थिए।

परिवार पत्ता लगाएर उनलाई पुनःस्थापन गर्न प्रयास गरिने आश्रमकी अभियन्ता सन्तोषी मगरले बताइन्। आश्रमले विसं २०६९ देखि नै सडकबाट उद्धार गरेर संरक्षण गर्दै अनि परिवार पत्ता लगाएर पुनर्मिलन गराउँदै आएको छ।

हालसम्म पाँच सयभन्दा बढी जनालाई यसरी उद्धार गरेर परिवारमा मिलन गराइसकेको आश्रमले जनाएको छ।

उक्त आश्रमका देशका विभिन्न १४ स्थानमा आश्रमका शाखा कार्यालय छन्।

प्रकाशित २ चैत २०७५, शनिबार | 2019-03-16 13:02:04
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युनुस अन्सारी

    साला र सहयोगीसहित नक्कली भारु लिन विमानस्थल पुगेका थिए युनुस

    प्रहरीले पाकिस्तानबाट आएका तीनजनालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएका युनुस अन्सारीलाई साला र सहयोगीसहित नियन्त्रणमा लिएको छ।

  • दिल्लीमा विजयउत्सव मनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह

    मोदीबाट नेपालमा फेरि हस्तक्षेपको गुञ्जायस छैन

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव र चरित्रसँग भारतीय प्रधानमन्त्री मोदी परिचित छन्। असल सम्बन्ध राखेर अगाडि बढ्दा ओली उदार दिलका मान्छे छन् तर,...

  • सुवास प्रधान क्रिकेट व्यवस्थापक संस्था नेपालय इन्टरनेशनलका अध्यक्ष हुन्

    सुवासको ‘दोस्रो जीवन’ समेत क्रिकेटमै समर्पित

    २०७२ साल वैशाख १२ गते। हजारौं नेपालीलाई झै क्रिकेटर सुवास प्रधानका लागि पनि त्यो कालो दिन थियो। बल्खुस्थित उनको तीन तले घर महाभूकम्पले पूरै ध्वस्त...

  • चिनियाँ राजदूत होउ यानछी

    चिनियाँ राजदूत भन्छिन्ः नेपाल रेल ल्याउन सहज छैन, तर हामी दृढ छौं

    ‘केरुङ–काठमाडौं रेलमार्ग आर्थिक रुपमा महँगो कार्य हो, यसमा लामो समय लाग्नसक्छ। तर हामीसँग काम गर्ने दृढ संकल्प छ। कामलाई निरन्तरता दिँदै जानेछौं,...