न्युजिल्यान्ड गोलीकाण्डको निन्दा गर्दै प्रधानमन्त्री ओलीले भनेः आतंकवादलाई पूरै परास्त गर्न जरुरी छ



नेपाल सरकारले न्युजिल्यान्डका मस्जिदमा भएकाे गोलीकाण्डको कडा निन्दा गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले न्युजिल्यान्डकी समकक्षी जसिन्डा अर्डनलाई समवेदना सन्देश पठाउँदै घटनाको भत्र्सना गरेका हुन्।

न्युजिल्यान्डको क्राइस्टचर्चस्थित दुईवटा मस्जिदमा शुक्रबार बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गर्दा ४९ जनाको ज्यान गएको थियो।

प्रधानमन्त्री ओलीले पठाएको सन्देशमा घटनामा ज्यान गुमाएका न्युजिल्यान्डका नागरिकप्रति श्रद्धाञ्जली तथा मृतकका परिवारलाई समवेदना प्रकट गरेका छन्। साथै उनले घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

प्रधानमन्त्री ओलीले पठाएको समवेदना सन्देशमा आतंकवादलाई कुनै पनि किसिमले उचित मान्न नसकिने उल्लेख गरिएको छ। सन्देशमा भनिएको छ–‘क्रूर र अमानवीय काम कुनै पनि प्रकारले उचित छैन। आतंकवादलाई पूरै परास्त गर्न जरुरी छ।’

मस्जिदमा नमाज चलिरहेका बेला आक्रमण भएको थियो। घटनापछि विद्यालय, अस्पताल र अन्य मस्जिदहरुलाई अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको छ।

प्रधानमन्त्री जेसिन्डा अर्डनले यस घटनालाई न्युजिल्यान्डको ‘कालो दिन’ को संज्ञा दिएकी छन्।

यो आक्रमणमा संलग्न २८ वर्षीय अस्ट्रेलियन युवकलाई पक्राउ गरेर अदालत पेस गरिएको छ। उनले अल नुर मस्जिदमा भएकाे आक्रमणको फेसबुक लाइभ गरेका थिए।

प्रकाशित २ चैत २०७५, शनिबार | 2019-03-16 11:47:43
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...