गोदामभरी चोरीका सामान, ओसार्न २ वटा गाडी खरिद



काठमाडौं उपत्यकामा केही भारतीयहरुले चोरीको सामान थन्क्याउन गोदामको व्यवस्था गरेरै चोरी गर्ने गरेको पाइएको छ।

त्यो समूहले नेपालीसँग मिलेर चोरीका समान ओसारपसार गर्न दुईवटा साना सवारी साधन पनि खरिद गरेको भेटिएको छ। उनीहरुले विभिन्न स्थानमा हार्डवेयर पसल, मोबाइल पसल, ज्वेलरी लगायतका पसलहरुबाट ठुलो परिमाणमा सामान चोरी गरी गोदाममा थन्क्याएको भेटिएको छ।

उनीहरुले भक्तपुरमा चोरी गरेका सामान काठमाडौंमा र यहाँ चोरी भएको धनमाल भक्तपुर लगेर बेच्ने गरेको खुलेको छ।

प्रहरीले सिलसिलेवार चोरीमा संलग्न भारत मोतिहारी घर भई नयाँ बानेश्वर बस्ने वर्ष ४० को पारस प्रसाद, भारतको समस्तिपुर घर भई तिलगंगा बस्ने ३२ वर्षीय सन्तोष पोद्दार र रामेछापको सुनापाती गापा–५ घर भई कोटेश्वर बस्ने २१ वर्षीय ओमराज श्रेष्ठलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

उनीहरुले चोरी गरेर राखेको ठुलो परिमाणमा सामानहरु बरामद गरिएको छ। यस्तै, प्रहरीले चोेरीका सामान ओसार पसार गर्न प्रयोग गरिएका मारुती भ्यान, ट्याक्सी र एउटा मोटरसाईकल पनि जफत गरेको छ।

प्रकाशित १ चैत २०७५, शुक्रबार | 2019-03-15 16:17:06
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।