प्राविधिकहरुको आन्दोलनले पुनःनिर्माणको काम प्रभावित



पुनःनिर्माण
पुनःनिर्माण

भूकम्पपछि गोरखाको पुनःनिर्माणमा खटिएका प्राविधिकहरुको आन्दोलनका कारण जिल्लाभित्र पुनःनिर्माणको काम प्रभावित भएको छ।

विभिन्न आठबुँदे माग पूरा गर्न दबाब दिँदै प्राविधिकहरु आन्दोलनमा उत्रिएपछि पुनःनिर्माणका काम प्रभावित भएको हो।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतका प्राविधिकहरुलाई यसअघि दिँदै आएको सेवासुविधा कटौटी भएपछि पुनः उपलब्ध गराउनुपर्ने भन्दै उनीहरुले कामकाज ठप्प पारेका हुन्। आफूहरुको मागको सम्बोधन नभएसम्म काममा नफर्कने प्राविधिक हकहित संरक्षण समितिका जिल्ला संयोजक बलराम घिमिरेले बताए।

प्राविधिहरुले भौगोलिक, प्रोत्साहन, यातायात महँगी भत्ता साथै सञ्चार भत्ता मासिक रुपमा उपलब्ध गराउनुपर्ने माग गरेका हुन्। त्यस्तै जिल्लामा खटिएका प्राविधिकलाई परिचयपत्र, स्वास्थ्य तथा दुर्घटना बीमा, क्षमता अभिवृद्धि तालीमको पनि व्यवस्था हुनुपर्ने उनीहरुको माग छ।

प्राविधिकहरुको आन्दोलनका कारण भूकम्प पीडितहरुको किस्ता सिफारिश, घर नापजाँच लगायतका काम रोकिएको छ। जसका कारण भूकम्प पीडितहरुलाई अनुदान रकम प्राप्त गर्न ढिलाइ भएको छ। लाभग्राही भूकम्प पीडितहरुले घर बनाउँदा प्राविधिकहरु नापजाँचका लागि नआएपछि समस्या भएको उनीहरुले बताएका छन्।

उनीहरुले जिल्ला तथा केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, जिल्ला समन्वय समिति तथा गोरखा जिल्लाभित्रका ११ वटै स्थानीय तहमा ज्ञापन पत्र बुझाएर कामकाज ठप्प पारेका हुन्। सङ्घर्ष समितिले प्रजिअमार्फत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको ध्यानाकर्षणसमेत गराइसकेको संयोजक घिमिरेले बताए।

आफूहरुको माग सम्बोधन नभएसम्म काममा नफर्कने प्राविधिकहरुको भनाइ छ। गोरखा जिल्लामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत १०६ इञ्जिनीयर, ७४ सबइञ्जिनीयर र ७१ असिस्टेन्ट सबइञ्जिनीयर कार्यरत छन्। रासस

प्रकाशित १ चैत २०७५, शुक्रबार | 2019-03-15 15:45:59
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युनुस अन्सारी

    साला र सहयोगीसहित नक्कली भारु लिन विमानस्थल पुगेका थिए युनुस

    प्रहरीले पाकिस्तानबाट आएका तीनजनालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएका युनुस अन्सारीलाई साला र सहयोगीसहित नियन्त्रणमा लिएको छ।

  • दिल्लीमा विजयउत्सव मनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह

    मोदीबाट नेपालमा फेरि हस्तक्षेपको गुञ्जायस छैन

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव र चरित्रसँग भारतीय प्रधानमन्त्री मोदी परिचित छन्। असल सम्बन्ध राखेर अगाडि बढ्दा ओली उदार दिलका मान्छे छन् तर,...

  • सुवास प्रधान क्रिकेट व्यवस्थापक संस्था नेपालय इन्टरनेशनलका अध्यक्ष हुन्

    सुवासको ‘दोस्रो जीवन’ समेत क्रिकेटमै समर्पित

    २०७२ साल वैशाख १२ गते। हजारौं नेपालीलाई झै क्रिकेटर सुवास प्रधानका लागि पनि त्यो कालो दिन थियो। बल्खुस्थित उनको तीन तले घर महाभूकम्पले पूरै ध्वस्त...

  • चिनियाँ राजदूत होउ यानछी

    चिनियाँ राजदूत भन्छिन्ः नेपाल रेल ल्याउन सहज छैन, तर हामी दृढ छौं

    ‘केरुङ–काठमाडौं रेलमार्ग आर्थिक रुपमा महँगो कार्य हो, यसमा लामो समय लाग्नसक्छ। तर हामीसँग काम गर्ने दृढ संकल्प छ। कामलाई निरन्तरता दिँदै जानेछौं,...