वामदेव पत्नीद्वारा माइतीगाउँको विद्यालयमा १० लाखको अक्षयकोष स्थापना



नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ एवं प्रतिनिधिसभा सदस्य तुलसा थापाले आफ्नो माइतीगाउँको विद्यालयमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेकी छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमसँग विवाह गरेपछि दोस्रोपटक माइतीगाउँ तनहुँको देवघाट गाउँपालिका–२ बैदी आएकी थापाले कालीगंगा माध्यमिक विद्यालयमा १० लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेकी हुन्।

थापाले बुबा पहलसिंह र आमा भीमकुमारीको स्मृतिमा पहलसिंह–भीमकुमारी स्मृति अक्षयकोष स्थापनाको घोषणा गरेकी हुन्। अक्षयकोष बापतको रकम विधान तयार गरेर दर्ता गरेपछि विद्यालयलाई हस्तान्तरण गरिने विद्यालयका प्रधानाध्यापक छविलाल क्षेत्रीले जानकारी दिए।

अक्षयकोषको व्याजबाट आगामी शैक्षिक सत्रको शुरुआतमा कक्षा १ मा अध्ययन गर्ने गरीब तथा जेहेन्दार एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ। ती दुई छात्रछात्रा कक्षा १० उत्तीर्ण नगरेसम्म नियमित रूपमा उनीहरुको पढाइ, विद्यालय पोशाक, पाठ्यपुस्तक, कापी कलमलगायत सबै शैक्षिक सामग्री सोही अक्षयकोषको व्याजबाट उपलब्ध गराइने प्रधानाध्यापक क्षेत्रीले बताए। रासस

प्रकाशित १ चैत २०७५, शुक्रबार | 2019-03-15 12:13:02
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...