बालिका बलात्कार गर्ने तीन जनालाई जनही १३ वर्ष कैद



सप्तरीमा बालिकालाई सामूहिक बलात्कार गर्ने तीन जनालाई जनही १३ वर्ष कैद सजायको फैसला भएको छ।

सप्तरी जिल्ला अदालतले बलात्कारमा संलग्न राजविराज नगरपालिका-४ का २४ वर्षीय शम्भु साह, वडा नम्बर ८ का २८ वर्षीय नवीन दत्त र वडा नम्बर ९ का २१ वर्षीय फुदिन खानलाई १३/१३ वर्ष कैद सजाय सुनाएको हो।

जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले उनीहरूलाई बलात्कार कसुरमा आठ र सामूहिक बलात्कार कसुरमा थप पाँच वर्ष गरी १३ वर्ष कैद सजायको फैसला भएको अदालतले जानकारी दिएको छ।

एसएलसी परीक्षा दिएर फर्केकी १६ वर्षीया बालिकालाई २०७१ चैत १३ गते कोठामा लगी सामूहिक बलात्कार गरिएको थियो। पीडितले सात जनाविरुद्ध उजुरी दिएका थिए।
आरोपितमध्ये पक्राउ नपरेका शम्भु, नवीन, फुदिन, राजविराज-८ का २५ वर्षीय कमल भनिने कमलकिशोर साह र राजगढ गाउँपालिका-३ नर्घोका २० वर्षीय दिपेशकुमार यादवलाई अदालतले २०७२ वैशाख २४ गते वारेन्ट पूर्जी जारी गरेको थियो।

आरोपितमध्ये कमलकिशोर, रूपनी गाउँपालिका-६, तेरहौताका २५ वर्षीय जितेन्द्र मण्डल खङ्ग र सुनसरीको गढी गाउँपालिका-६ सतेरझोराका १८ वर्षीय दीपक खेरवार यादवले २०७३ जेठ २४ गते अभियोग दाबीबाट सफाइ पाएका थिए।

धरौटी राखी तारेखमा रिहा भएका शम्भु, नवीन र फुदिनका हकमा उच्च अदालत जनकपुर राजविराज इजलासले गत कात्तिक १५ गते पुर्पक्षका लागि थुनामा राखी कारवाही गर्न आदेश दिएपछि प्रहरीले शम्भु र नवीनलाई गत मङ्सिर ३ गते पक्राउ गरेको थियो।

तारेख गुजारेका फुदिन २०७५ पुस ८ गते अदालतमा हाजिर भएका थिए। श्रेस्तेदार दिलकुमार वर्देवाका अनुसार पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका शम्भु, नवीन र फुदिनका हकमा जिल्ला अदालतले १३ वर्ष कैद सजायको फैसला गरेको र दिपेशको हकमा मुद्दा मुल्तवीमै छ। रासस

 

प्रकाशित १ चैत २०७५, शुक्रबार | 2019-03-15 10:59:19
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...