लमजुङका सरकारी कार्यालयका प्रमुख र जनप्रतिनिधिले रक्सी र सुर्ती चुरोट नखाने!



स्वास्थ्य क्षेत्रका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ सेवन नगर्ने प्रतिवद्धता जनाएका छन्।

स्वास्थ्य कार्यालय लमजुङले बिहीबार गरेको एउटा बैठकमा उनीहरुले कार्यालयभित्र र कार्यालय बाहिर बाहेक कुनैपनि समयमा रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ नखाने प्रतिवद्धता जनाएका हुन्। 

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले उपस्थित सवैलाई प्रतिवद्धता पत्र पढेर सपथ खुवाएका थिए। ‘म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खान्न, म नियमित व्यायम गर्छु, म स्वस्थ र पोषिलो खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु र म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु’ भन्ने वाक्य उक्त प्रतिवद्धतामा उल्लेख छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयदरा प्रकाशित ‘मेरो वर्ष’ पुस्तिकामा लेखिएको मेरो ५ प्रतिवद्धता, स्वस्थ जीवनको आवश्यकता शीर्षकको ५ वटा प्रतिवद्धताको पाठ गरेर प्रजिअले सहभागीलाई सपथ खुवाएका थिए।

प्रमुख जिल्ला अधिकारी ढकालले रक्सी, चुरोट र सुर्तिजन्य पदार्थ नखाने प्रतिवद्धता जनाएकाले यसलाई कार्यान्वयनमा उतार्न सबैलाई आग्रह गरेका छन्। स्वास्थ्य कार्यालयमा बिहीबार आयोजित किटजन्य रोगहरु तथा कुष्ठरोग सम्बन्धी सरोकारवाला संस्थासंगको समन्वयात्मक बैठक तथा अभिमूखिकरण कार्यक्रम अघि सहभागिलाई उनले सपथ खुवाएका हुन्।

बेंसीसहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारी, जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी यादव ढकाल, सशस्त्र प्रहरी प्रमुख डीएसपी दीपक बलामी, श्रीजंग गण उदिपुरका मेजर पूर्णबहादुर चन्द, प्रमुख अनुसन्धान अधिकृत सुरेश तिवारी, स्वास्थ्य कार्यालयका प्रमुख केवशप्रसाद चापागाइँ, गौंडा प्राथामिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. दीपक लोहला, लमजुङ मोडेल अस्पतालका निर्देशक डा. तिलकबाबु घिमिरे, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष दीपक बराल लगायत कार्यक्रममा सहभागिले रक्सी, चुरोट र सुर्ती नखाने प्रतिवद्धता जनाएका स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट दीपक बोम्जनले बताए।

प्रकाशित ३० फागुन २०७५, बिहिबार | 2019-03-14 18:26:01
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।