निर्मला हत्या प्रकरणः ६ जना प्रहरीलाई धरौटीमा छाड्‍न आदेश



निर्मला हत्या प्रकरणमा पक्राउ परेका छ जना प्रहरी अधिकारीलाई जिल्ला अदालत कञ्‍चनपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रमाण नष्ट गरेको एवं यातना दिएको आरोपमा तत्कालिन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टसहित आठ प्रहरी अधिकारी विरुद्ध २२ फागुनमा मुद्दा दायर भएको थियो।

मुद्दाको सुनुवाई गर्दै बिहीबार छ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो।

प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई अभियुक्तलाई यातना दिएको कसुरमा पाँच–पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।

त्यसैगरी सार्वजनिक न्याय अन्तरगत प्रहरी निरीक्षक जगदिश भट्टलाई चार लाख, सईद्वय हरिसिंह धामीलाई तीन लाख ५० हजार र रामसिंह धामीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ भने प्रहरी जवान चाँदनी साउदसँग दुई लाख रुपैयाँ धरौटी माग भएको छ।

एसपी विष्ट र डीएसपी अंगुर जिसी फरार छन् भने ६ जना पक्राउ परेका थिए ।

सरकारी वकिल कार्यालय कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो।

१० साउनमा साथी रोशनी बमको घरमा गएकी १३ वर्षीया निर्मलाको बलात्कार गरी हत्या गरेको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो।



प्रकाशित ३० फागुन २०७५, बिहिबार | 2019-03-14 18:24:22
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।