इटालीबाट काठमाडौं आइपुगे १० करोड ८० लाखका ५ नयाँ ब्रुमर

होला त अब काठमाडौं धुलोमुक्त?



काठमाडौं उपत्यकालाई धुलोमुक्त बनाउने उद्देश्यका साथ महानगरपालिकाले ५ वटा नयाँ ब्रुमर ल्याएको छ। १० करोड ८० लाख खर्चेर महानगरले ५ वटा नयाँ ब्रुमर यसै हप्ता काठमाडौँ ल्याइपुर्‍याएको हो।

इटालियन प्रविधियुक्त ती बु्रमर काठमाडौं उपत्यका भित्रका सडकको धुलो हटाउने प्रयोग गरिनेछ। भीडभाड हुने स्थानको धुलो हटाउने कार्यलाई महानगरपालिकाले पहिलो प्राथमिकतामा राखेको जनाएको छ। ५ वटै ब्रुमरले चैत पहिलो साताबाट काठमाडौँका विभिन्न भीडभाड हुने क्षेत्रमा सफा गर्ने काममा लाइने महानगरले जनाएको छ।

कलकत्ता बन्दरगाह हुँदै यरो स्ट्यान्डर्ड र आधुनिक डिजाइनका ब्रुमर काठमाडौं ल्याइएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले नेपालखबरलाई जानकारी दिए। ‘४-५ दिन अगाडि नै ब्रुमर काठमाडौं ल्याइएको हो’, उनले भने, ‘चैतको पहिलो हप्ताबाट धुलो सफा गर्नका लागि प्रयोगमा ल्याइने छ।’

ती बु्रमरले धुलो तान्नुका साथै बाटोमा छरिएको कागज, प्लास्टिकका टुक्रा र बोतल समेत तान्न सक्ने क्षमता रहेको उनको भनाइ छ। ‘महानगरसँग भएको पुराना दुई ब्रुमरलाई स्वार्र र हवार्र भन्ने गरिन्थ्यो', उनले भने, ‘अब नयाँ प्रविधिको ब्रुमरले धुलो सँगसँगै वरपर भएका सबै फोहरलाई तन्ने काम गर्छ।’

चालक पनि इटालीबाटै ल्याइयो
ब्रुमरसँगै इटालीबाट नै चालक पनि नेपाल आएका छन्। यसअधि नै चालक पनि उतैबाट ल्याउन सहमति भएको र सहमतिअनुसार चालक पनि उतैबाट ल्याएको महानगरले जनाएको छ।

इटालीबाट आएका चालक र उनीहरुले पाउने सेवाशुल्क सबै कम्पनीले नै दिने सहमति भएको छ। ती चालकले केही समय काम गरिसकेपछि नेपालीलाई नै ब्रुमर चलाउन दिने र उनीहरुको सेवा सुविधा पनि सोही कम्पनीले ब्योहोर्ने सहमति भएको महानगरले जनाएको छ। नेपाली चालकले ती ब्रुमर चलाउनका लागि दुई–तीन दिन तालिम लिनपर्ने हुन्छ।

भीडभाडयुक्त क्षेत्रलाई प्राथमिकता
महानगरका बढी भीडभाड हुने क्षेत्रमा नयाँ ब्रुमरले सडक बढार्ने र धुलो तानेर सडकलाई सफा बनाउने काम गर्ने महानगरले जनाएको छ।

बढी भीडभाड हुने क्षेत्रहरुमा एयरपोर्ट, सिनामंगल, बानेश्वर, त्रिपुरेश्वर, टेकु, कालीमाटी, कलंकी, टुँडिखेल, सिंहदरबार, दरबार मार्ग, चक्रपथ लगायतका स्वयम्भु, पशुपति, बौद्ध, हनुमानढोका जस्ता ऐतिहासिक सम्पदा क्षेत्रहरुमा ब्रुमरले सफाइ गर्नेछन्।

पुराना ब्रुमर कामविहीन
नयाँ ब्रुमर थपिनु अगाडिनै सडक विभागसँग तीन र महानगरसँग दुई गरी भ्याकुमसहितका ५ बु्रमर रहेका छन्। ती पाँचै ब्रुमर महानगरले प्रयोग गर्दै आएको छ। विभिन्न समयमा हुने अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमभन्दा अरु समयमा तिनीहरुको प्रयोग भएको देखिँदैन।

काठमाडौं महानगरले गत ०७४ बैशाखमा नै इटालीबाट बु्रमर ल्याउने निर्णय गरेको थियो । निर्णय भएको करिब १० महिनापछि मात्र नयाँ प्रविधिका ब्रुमर भित्र्याएको हो।

अनुदानका चिनियाँ बु्रमर अझै आएनन्
चीन सरकारले काठमाडौं महानगरलाई दिने भनेको अनुदानका दुई चिनियाँ ब्रुमर अझै आइपुगेका छैनन्। गत साउन १५ गते अनुदानका रुपमा दुई वटा ब्रुमर दिने भन्दै चावी हस्तान्तरण गरिए पनि अझै आइ नसकेको महानगरले जनाएको छ। ८ महिना बित्दा समेत ब्रुमर नआएपछि महानगर आफैँले नयाँ ब्रुमर किनेर ल्याएको हो।

प्रकाशित ३० फागुन २०७५, बिहिबार | 2019-03-14 17:16:50
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।