सडकमा प्रहरीको उपस्थिति न्यूनिकरण गर्न प्रविधिको प्रयोग: आईजीपी खनाल



प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रविधि र उपकरणको प्रयोग गरी सडकमा प्रहरीको उपस्थितिलाई न्यूनिकरण गर्ने अभियानमा लाग्ने बताएका छन्।

झापाको बिर्तामोडमा बिहीबार जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको कार्यालय भवन शिलान्यास गर्दै महानिरीक्षक खनालले प्रतिकात्मकरुपमा नम्बर १ प्रदेशका ५ जना चालक र सहचालकलाई चालक ड्रेसकोड लगाई नम्बर १ प्रदेशको १५ दिने सडक दुर्घटना न्यूनिकरण अभियानको शुभारम्भ समेत गरे।

प्रहरी महानिरीक्षक खनालले प्रहरीको सडकमा उपस्थिति सम्बन्धी वस्तुस्थिति प्रस्तुत गर्दै विकसित मुलुकमा प्रविधिको प्रयोगले सडकमा प्रहरीको उपस्थितिलाई विस्थापन गरेको छ भने हाम्रो जस्तो मुलुकमा प्रविधिको उपलब्धताको कमिको कारण प्रहरी सडकमै उपस्थित भइरहनुपर्ने अवस्था छ भने। प्रविधिको प्रयोग सँगसँगै सडकमा उपस्थित हुने प्रहरी क्रमशस् घट्दै गई सडक प्रयोगकर्ता र प्रहरीबीचको द्वन्द्व न्यूनिकरण हुने विश्वास उनले व्यक्त गरे।

समुदाय सुरक्षित राख्ने प्रहरीको अभियान रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले यसका लागि आमनागरिकको सहयोग र प्रतिबद्धता आवश्यक रहेको बताए।

उक्त अवसरमा उनले साहारा नेपाल नामक संस्थाको अगुवाईमा बिर्तामोड नगरपालिकाभित्र रहेका विभिन्न संघसंस्थाबाट प्राप्त १० वटा मोटरसाइकल, १० वटा ब्रेथलाईजर र १० वटा सवारी साधन ह्‍विललक ट्राफिक प्रहरीलाई हस्तान्तरण पनि गरे।

ट्राफिक प्रहरीलाई साधन स्रोत सम्पन्न बनाई दक्षता अभिवृद्धि गर्न सहयोग पुग्ने गरी प्राप्त यस सहयोग अन्य जिल्लाका लागि समेत अनुकरणीय हुने उनले बताए।

नेपाल प्रहरी शान्ति सुरक्षाका सवालमा समाजका हरेक समस्याहरुलाई स्थानीय तह, विभिन्न सरकारी तथा गैरसरकारी निकाय एवं संघसंस्थाहरुको सहकार्यमा संस्थागत रुपमा अघि बढ्न समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याइएको उनले चर्चा गरे।

साे अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले धन्यवाद व्यक्त गर्दै ट्राफिक प्रहरीलाई प्राप्त सहयोगले आगामी दिनमा ट्राफिक प्रहरीलाई काम गर्ने वातावरण मिल्ने र काममा थप प्रभावकारिता हुने विश्‍वास व्यक्त गरे।

प्रकाशित ३० फागुन २०७५, बिहिबार | 2019-03-14 16:27:48
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...

  • हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

    हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

    प्रचलित कानुनविरुद्ध गई सरकारी साझेदारबाट अर्बौ रुपैयाँको सम्पत्ति हत्याउने प्रक्रियामा रहेका तरागाउँ रिजेन्सी होटलका निजी साझेदारले राजनीतिक...