‘साना कुरामा ध्यान दिए पनि मिर्गौलासम्बन्धी रोग लाग्दैन’



सामान्यरुपमा खानपान तथा व्यायाममा ध्यान दिनसके मिर्गौलासम्बन्धीको रोग नलाग्ने चिकित्सकले बताएका छन्।

उच्च रक्तचाप र मधुमेह भएका बिरामीलाई मिर्गौलासम्बन्धीको रोग लाग्ने सम्भावना अधिक हुने भएकाले साना कुरामा ध्यान दिनसके पनि रोगबाट बच्न सकिने मिर्गौला रोग विशेषज्ञ डा शक्ति बस्नेतले बताए।

विश्व मिर्गौला दिवसका अवसरमा नेपाल किड्नी फाउण्डेसनद्वारा आज राजधानीमा आयोजित सचेतनामूलक कार्यक्रममा डा बस्नेतले विश्वमा मृत्युको प्रमुख कारणको छैटौँ स्थानमा रहेका मिर्गौला रोग नेपालमा हरेक वर्ष बढ्दो क्रममा रहेको बताए। उनका अनुसार विश्वमा हरेक वर्ष २४ लाख मानिसको मिर्गौला रोगका कारण ज्यान जाने गरेको छ।

‘मधुमेह र उच्च रक्तचाप नै मिर्गौला फेल गराउने प्रमुख कारण रहेको छ’, उनले भने, ‘रोग लाग्नबाट बच्नका लागि दैनिक पसिना आउने गरी व्यायाम गर्ने, तनाव मुक्त गर्ने, नुन कम खाने, पानी प्रशस्त मात्रमा पिउने, धुम्रपान मध्यपान नगर्ने, दुखाइ कम गर्ने औषधि जथाभावी नखाने र हरेक वर्ष मिर्गौलाको परीक्षण गर्ने गर्नुपर्छ।’

सो अवसरमा उप्रप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले विभिन्न कारणले वातावरण प्रदूषित हुँदै गएको, खानेकुरामा विषादीको मात्रा बढ्दै जानुले पनि समस्या बढेको भन्दै यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।

शारीरिक अभ्याससँगै खानपानमा ध्यान दिनुपर्नेमा जोड दिँदै मन्त्री यादवले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनतर्फ ध्यान दिनुपर्ने बताए। नेपालमा मिर्गौला र क्यान्सर रोग ठूलो समस्याको रुपमा बढ्दै गएकोमा मन्त्री यादवले चिन्ता प्रकट गरे।

निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले जनतालाई सजक बनाउन सचेतनामूलक कार्यक्रम जरुरी रहेको उल्लेख गर्दै नेपाल किड्नी फाउन्डेसनको कामको प्रशंसा गरे। फाउन्डेसनले अहिलेसम्म ३५ हजारको निःशुल्क चेकजाँच गरिसकेको र सचेतनामूलक कार्यक्रम नियमित गर्दै आएको कार्यक्रम संयोजक गणेश उप्रेतीले जानकारी दिए। रासस

प्रकाशित ३० फागुन २०७५, बिहिबार | 2019-03-14 15:59:59
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।