पूर्वी चितवनमा सात हजार लिटर घरेलु मदिरा नष्ट



मदिरा नष्ट
मदिरा नष्ट

प्रहरीले पूर्वी चितवनको विभिन्न क्षेत्रबाट ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ।

‘अप्रेसन एक टोल एक घण्टा’ अभियान अन्तरगत चितवन प्रहरीले पूर्वी चितवनको विभिन्न ठाउँबाट घरेलु मदिरा बरामद गरि नष्ट गरेको हो। पूर्वी चितवनको रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकाको विभिन्न स्थानबाट एक हप्ताको अवधिमा प्रहरीले करिब एक लाख ७ हजार लिटर अवैध घरेलु मदिरा बरामद गरेको थियो।

बरामद गरिएको सो अवैध मदिरा इलाका प्रहरी कार्यालय टाँडी, इलाका प्रहरी कार्यालय, खैरहनी र इलाका प्रहरी कार्यालय भण्डारामा बिहीबार नष्ट गरिएको छ। मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी अखाद्य बस्तुहरु प्रयोग गरी बनाइएको घरेलु मदिरा बरामद गरि नष्ट गरिएको इलाका प्रहरी कार्यालय, टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक दयानिधि ज्ञवालीले जानकारी दिए।

उक्त अप्रेसनको अवधिमा प्रहरीले ट्राफिक सचेतनासँगै १ सय ४२ जनालाई ट्राफिक कारबाही, शंकास्पद गतिविधि गर्ने १३ जनालाई नियन्त्रणमा लिनुको साथै अबैध तथा नियम विपरित ढुंगा, ग्रावेल बोक्ने ११ वटा ट्रिपर तथा ट्रयाक्टरलाई पनि कार्वाही गरेको छ।

गुण्डागर्दी गर्ने, अवैध घरेलु मदिरा उत्पादन तथा बिक्रीबितरण गर्ने, लागुऔषधको ओसारपोसार गर्ने, जुवातास, यौन क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले काम गरिरहेको उल्लेख गर्दै प्रहरी नायव उपरीक्षक ज्ञवालीले प्रहरीको सो काममा साथ दिन पनि स्थानीयलाई आग्रह गरे।

इलाका प्रहरी कार्यालय टाँडीले संचालन गरेको अप्रेसनमा इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक ज्ञवाली, प्रहरी निरिक्षक उमेश अमात्य, इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरिक्षक धनदेव साउद, इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरिक्षक वसन्त आचार्यसहित ६० जना प्रहरीको टोली परिचालन गरिएको थियो।

 

प्रकाशित ३० फागुन २०७५, बिहिबार | 2019-03-14 15:25:39
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।