पत्रकार महिला भन्छन्ः वाङ यी ह्याण्डसम मात्र छैनन्, दमदार पनि छन्



अन्तर्वार्ता दिँदै वाङ यी (फाइल फोटोः सिन्ह्वा)
अन्तर्वार्ता दिँदै वाङ यी (फाइल फोटोः सिन्ह्वा)

‘पत्रकार मित्रहरू, शुभप्रभात!

सबैभन्दा पहिला अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको उपलक्ष्यमा पत्रकार महिला तथा सबै महिलावर्गप्रति शुभकामना दिन चाहन्छु।’

बेइजिङमा चीनका दुई ठूला वार्षिक अधिवेशन (जनराजनीतिक परामर्शदात्री सम्मेलन–सीपीपीसीसी र नेशनल पिपुल्स कांग्रेस) का दौरान आयोजित पत्रकार सम्मेलनमा झण्डै ३ हजार देशी–विदेशी पत्रकारमाझ चिनियाँ परराष्ट्रमन्त्री वाङ यी यिनै वाक्यांशबाट प्रारम्भ भए। जारी १३औं राष्ट्रिय जनकांग्रेसको दोश्रो अधिवेशनको बीचमा चलेको पत्रकार सम्मेलनमा वाङ यी चीनको विदेश नीति तथा विदेश सम्बन्धमा केन्द्रित पत्रकारका प्रश्नको जवाफ दिन तम्तयार थिए।

वाङ यी सन् २०१३ को महाधिवेशनपछि परराष्ट्रमन्त्री बनेका हुन्। सन् २०१४ देखि उनले पत्रकार सम्मेलन गर्न थाले। त्यसवर्ष मार्च ८ मा १२औं राष्ट्रिय जनकांग्रेसको दोश्रो अधिवेशन जारी रहँदा गरिएको पत्रकार सम्मेलन थियो। उनले भने, ‘पत्रकार साथीहरू भेट्दा एकदमै खुशी लागेको छ। मैले स्वदेशी तथा विदेशी गरी यति धेरै मिडियाकर्मी देखें। त्यसैले महिला श्रमिक दिवसको उपलक्ष्यमा सर्वप्रथम शुभकामना दिन चाहन्छु।’

पत्रकार सम्मेलनमा उपस्थिति धेरै पत्रकार महिलाहरूको आत्मविश्वास बढेर आयो। धेरैले वाङ यीलाई नडराइकन प्रश्न पनि सोधे। उनले यो कुराको पनि चाल पाए। उनले मुस्कुराउँदै भने, ‘आज कम्ती महिला पत्रकारहरूले प्रश्न सोध्नुभएन, जति धेरैले सोधेपनि म अवश्य जवाफ दिनेछु।’

सन् २०१५ मा जब १२औं राष्ट्रिय जनकांग्रेसको १३औं अधिवेशन चल्दै थियो, वाङ यीले मार्च ८ मै पत्रकार सम्मेलन गरे र उसैगरी नारी दिवसको शुभकामना दिए। उनले चीनको कूटनीतिप्रति समर्थन गर्ने र चासो राख्ने महिला पत्रकारलाई शुभकामना दिए र तिनीहरूलाई पनि शुभकामना दिए जो लेन्सभन्दा बाहिर थिए।

सन् २०१६ मा १२औं राष्ट्रिय जनकांग्रेसको अधिवेशनका बेला पनि उनले पत्रकार सम्मेलनको शुरूवातमै नारी दिवसको शुभकामना दिएर एक पटक विश्वबाट बेइजिङ झुम्मिएका पत्रकारहरूको ध्यानाकर्षण गराए। एवं रीतले २०१७ र २०१८ मा पनि अधिवेशनका दौरान उस्तै तरिकाले पत्रकार सम्मेलन गरे।

यस वर्ष सन् २०१९ मा पनि परराष्ट्रमन्त्री वाङ यीको पत्रकार सम्मेलनको मिति पुनरावृत्ति हुन थालेपछि धेरैले यस विषयमा ध्यान दिन थाले। धेरैले यस कुरामा पनि ध्यान दिन थाले कि किन वाङ यी मार्च ८ लाई नै पत्रकार सम्मेलनको साइत बनाउँछन्?

उनले यो प्रश्नको जवाफ दिँदै भने, ‘प्रत्येक वर्ष राष्ट्रिय जनकांग्रेसले मेरो पत्रकार सम्मेलनको साइत यसै दिन व्यवस्थापन गर्ने गरेको छ।’

किन यस्तो भएको होला? किन मार्च ८ नै वाङ यीको पत्रकार सम्मेलनको शुभसाइत हुन थाल्यो? यस विषयमा चिनियाँ परराष्ट्र अधिकारीहरूले पनि ठोस उत्तर दिएनन्। के भन्न सकिन्छ भने यो एउटा अभ्यास हो, दशौं राष्ट्रिय जनकांग्रेसदेखि यताको। यद्यपि वाङ यी भन्दा अघिका परराष्ट्रमन्त्री ली चाओसिङ र याङ च्ये छको पालामा पत्रकार सम्मेलनको कुनै दिन वा समय निश्चित गरिएको हुँदैनथ्यो। कतिपय वर्ष मार्च ६ तारिख, ७ तारिख वा ९ तारिखमा हुने गर्दथ्यो। तर निश्चित यही दिन गर्ने भन्ने चाहिं ठेगान हुन्थेन। तर वाङ यी आएदेखि लगातार दुई ठूला अधिवेशनको अवधिमा किन मार्च ८ कै शुभसाइतमा पत्रकार साक्षात्कार गरिन थाल्यो भन्ने कुरा चाहिं संयोगकै विषय हो।

यस पटक पनि बेइजिङको प्रेस सेन्टरमा संसारभरिका महिलामाझ शुभकामना दिँदै गर्दा वाङ यी झनै आकर्षण बने। पत्रकार महिलाहरूको मनमा पनि उनीप्रतिको आत्मिक धारणा विकसित हुँदै गयो। धेरै चिनियाँ जस्तै विदेशी महिला पत्रकारबाट पनि उनले ‘नान शन’ अर्थात् पुरूष देवताको उपनाम पाउन थाले।

किन धेरैले वाङ यीलाई फरक नजरले हेर्छन्? कूटनीतिक मामिला हेर्ने एकजना पत्रकार महिला भन्छिन्, ‘वाङ यी ह्याण्डसम मात्रै छैनन्, विषय केन्द्रित पनि छन्। आभा भरिएका मात्रै छैनन्, शब्द र शैलीका कारण दमदार पनि छन्।’

सन् २०१४ देखि २०१९ सम्ममा उनले दुई अधिवेशनका दौरान ५ पटक पत्रकार सम्मेलन गरे। तर मार्च ८ मै गरे। प्रत्येक पटक नारी दिवसको शुभेच्छा प्रकट पनि गर्दै गरे। कूल ५ वटा पत्रकार सम्मेलनसम्म आइपुग्दा उनले निरन्तर एउटै तिथिमा देशी विदेशी पत्रकारहरूसँग भेटघाट गरे। उसैगरी नारी दिवसको शुभकामना नछुटाइकनै दिएरै पत्रकार सम्मेलनको शुरूवात गरे।

यी दुई अधिवेशनका रिपोर्टिङ गर्न बेइजिङ पुगने धेरै पत्रकार महिलाले वाङ यीको यो आदतलाई ग्रेट हल अफ द पिपुल्सबाट बाहिर चियाउनसक्ने मैत्रीपूर्ण स्वभाव भएका व्यक्तिका रूपमा चित्रण गर्न थालेका छन् अब।

प्रकाशित ३० फागुन २०७५, बिहिबार | 2019-03-14 13:31:02
Max TV
Max TV
Vianet

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi

लक्ष्मी लम्सालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...