मोबाइल गेम पब्जी खेल्ने १० जना पक्राउ



पब्जी
पब्जी

भारतको गुजरातस्थित राजकोटमा मोबाईल गेम पब्जी खेल्न प्रतिबन्ध लगाइएको छ। यो प्रतिबन्धपछि पनि पब्जी खेल्दै गरेका दश जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले उनीहरुको साथबाट अनुसन्धानका लागि मोबाईल फोन समेत जफत गरेको छ। प्रहरीका अनुसार उक्त गेम खेलिरहेका ती युवाहरु यति अम्मली भएका थिए कि प्रहरीहरु उनीहरुलाई पक्राउ गर्न नजिकै आउँदा समेत उनीहरुले थाहा पाएनन्।

प्रहरी अधिकारी मनोज अग्रवालले मार्च ६ मा एक सुचना जारी गर्दै पब्जीलाई राजकोटमा बन्देज लगाइएको थियो। पक्राउ परेकाहरुलाई प्रहरीको सुचना उल्लंघन गरेको आरोपमा कारवाही अघि बढाइने भएको छ।

यस खेलले युवा तथा बालबालिकाहरुमा हिंसात्मक प्रवृति बढाएको, अध्ययनमा असर पुर्याएको, भाषा र आचरणमा असर पुर्याएको भन्दै प्रहरीले राज्य सरकारको निर्देशनमा बन्देज लगाइएको प्रहरी अधिकृत अग्रवालले बताए। एजेन्सी

प्रकाशित ३० फागुन २०७५, बिहिबार | 2019-03-14 12:28:32
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।