कृष्ण सेनको मृत्यु दर्ता नगर्दा तक्माको नाममा नआएको यो घर



कृष्ण सेन र उनको घरको भग्नावशे
कृष्ण सेन र उनको घरको भग्नावशे

६ जेठ २०५९ मा गिरफ्तारी भएपछि जेठ १३ गते महेन्द्र पुलिस क्लबमा हत्या गरिएका पत्रकार एवं साहित्यकार कृष्णसेन ‘इच्छुक’ को घर दाङ र अर्घाखाचीको सीमा भालुवाङमा पर्छ। तर, इच्छुकको उक्त घर अहिले भने भग्नावशेष अवस्थामा छ।

२०३० सालतिर एसएलसीपछि इच्छुकले दाङको कोइलाबासमा जागिर गर्थे। त्यही जागिरबाट उतिबेला इच्छुकले १३ सय रुपैयाँमा ५ रोपनी जग्गा र घर किनेका थिए।

तीन कोठे घरमा बुइँकल, बरण्डा र थाटी थियो। गोठ र भान्छा घर छुट्टै थिए। माटोले बनेको र खरको छानो भएको उक्त घर हेर्दा निकै सुन्दर रहेको इच्छुककी श्रीमती तक्मा केसी बताउँछिन्। तक्मालाई सम्झना छ, २०४८ सालमा बिहे भएर जाँदाको क्षण। इच्छुकसँग सो घरमा बिताएका पलहरु उनको आँखामा झलझली छन्।

तर, अहिले सोही घरको दुरावस्था देख्दा उनको मन खिन्न हुन्छ। घर पुनर्निर्माण वा संग्रहालय तथा स्मृति पार्क बनाउन कसैले पहल गरेका छैनन्। चौतर्फीरुपमा आश्वासन आएपनि त्यसले गति लिन नसक्दा भत्किएको घरले इच्छुकलाई गिज्याइरहेको छ।

सत्ता र शासकविरुद्ध आवाज उठाउन पछि नपर्ने इच्छुकको हत्या भएका कारण धेरैले उनको रगतलाई गणतन्त्र प्राप्तिसँग पनि दाँज्ने गर्छन्। तत्कालिन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्मा इच्छुकले पत्रकारिता र साहित्यको माध्यमबाट जनजीवन र सामाजिक परिवर्तनका पक्षमा आवाज उठाएका थिए। त्यसैले पनि उनको योगदानको कदर हुनुपर्ने धेरैको माग छ।

सरकारले पनि उनको नाममा खुलेको प्रतिष्ठानलाई वर्षेनी मोटो रकम दिँदै आएको छ। तर, सो रकम कहाँ र के–कति काममा खर्च हुन्छ, अत्तोपत्तो छैन।

आगलागी र बाटोको कटानी
२०६५ साल अघिसम्म सबै ठीकै थियो। तर, त्यसपछि घरमा एक्कासी आगलागी भयो। आगलागीका कारण घर पूर्णरुपमा क्षतिग्रस्त भयो। त्यसपछि भने घरको अवस्था दयनीय छ। घरको पुनर्निर्माण वा नयाँ संरचना निर्माण गर्नेबारे सरकार र पार्टीको तर्फबाट कुनै चासो देखाइएको छैन।

इच्छुकलाई महान् भन्ने र उनको योगदानको गुनगान गाएर नथाक्ने नेताहरु उनको घर भएकै बाटोबाट ओहोरदोहोर गर्छन्, तर सो घरको पुर्ननिर्माण गरेर वा संग्रहालयको रुपमा विकास गरेर साहित्यिक गतिबिधि सञ्चालन गर्ने, इच्छुकको विषयमा सूचना संकलनको केन्द्र बनाउने वा घरलाई पुरानो संरचनामा ढालेर त्यसको संरक्षण गर्ने भन्ने विषयमा कुनै पहल भएको छैन।
इच्छुक पत्नी तक्मा भन्छिन्, ‘पुरानै घरको डिजाइनमा ढुंगाको गारो र खरको छानो राखेर आधुनिक किसिमले नयाँ घर बनाउने भन्ने चर्चा थियो। नक्सासमेत बनेको थियो। तर, खै के भयो, बनेन।’

उता, जग्गासमेत बाटोले काटेको छ। इच्छुकको जग्गाको बीच भागबाट गाडी हिँड्ने मोटरका लागि बाटो बनाइएको छ। अहिले झन्डै दुई रोपनी जग्गा राजमार्गमा पर्छ। बाँकी रहेको तीन रोपनी पनि सडक विस्तारका क्रममा काटिने खतरा छ।

‘पहिलेको जग्गाको मुआब्जा पनि पाएका छैनौँ’ तक्मा भन्छिन्, ‘फेरि घरसमेत नरहनेगरी कटानी हुन्छजस्तो छ।’

अहिले स्थानीय भीमबहादुरले जग्गाको उपभोग गरिरहेका छन्। जग्गा बेच्ने वा नामसारी गर्ने अवस्था पनि छैन। नियमअनुसार इच्छुकको मृत्यु दर्ता गरेपछि मात्र जग्गा सम्बन्धि सरकारी काम अघि बढ्नेछ। तर, पत्नी तक्मा उनलाई मृत घोषणा गर्न राजी छैनन्।

प्रतिष्ठानको भव्य भवन
कृष्ण सेन ‘इच्छुक’ को घरको दूरावस्था बीच उनको नाममा खोलिएको ‘कृष्ण सेन इच्छुक सांस्कृतिक प्रतिष्ठान’ को नाममा भने काठमाडौँको धोवीखोला किनारस्थित घट्टकुलोमा भव्य भवन छ। २०६९ मा सिलन्यास गरिएको भवनको २०७१ सालमा निर्माण सम्पन्न भएको हो।

भवन निर्माणका लागि सरकारले ५ करोड २७ लाख रुपैयाँ दिएको थियो। लगभग ५ करोडमा निर्माण कार्य सम्पन्न भयो। अहिले ४ तले सो भवन भाडामा छ। भाडाबाट आएको रकम प्रतिष्ठानकै खातामा जाने गर्छ।

तर, काठमाडौँमा भवन ठड्याएको प्रतिष्ठानले इच्छुकको नाममा संग्रहालय बनाउन वा उनको घरलाई पुनर्निर्माण गर्न सकेको छैन।

प्रतिष्ठानका महासचिव हिरामणी ‘दुःखी’ प्रतिष्ठानले इच्छुकको सम्झनामा विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको बताउँछन्। भन्छन्, ‘हामीले प्रतिष्ठानमार्फत् कला, साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पु¥याउँदै आएका छौँ। गर्नुपर्ने काम गरिरहेका छौँ।’

प्रतिष्ठानले वर्षेनी एक जनालाई १ लाख पुरस्कार राशी भएको इच्छुक स्मृति पुरस्कार र दुई जनालाई जनही २५–२५ हजार पुरस्कार राशी रहेको इच्छुक प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ। इच्छुकको सम्झनामा स्मृति सभा र केही साहित्यिक कार्यक्रम गर्नेबाहेक अन्य विशेष काम हुन सकेको छैन।

सरकारको तर्फबाट प्रतिष्ठानको नाममा वर्षेनी ३५ देखि ५० लाख रुपैयाँसम्म रकम आउने गर्छ। सो रकम पुरस्कार र साहित्यिक कार्यमा खर्च हुने दुःखीको भनाई छ।

स्थानीय गणेश केसी केसी भालुवाङमा रहेको इच्छुकको घरलाई साहित्यिक गन्तब्य बनाउन सकिने बताउँछन्। भन्छन्, ‘कृष्ण सेनलाई बिर्सनु भनेको कला, साहित्य र उनको योगदानलाई बिर्सनु हो, सम्बन्धित निकायले यसतर्फ ध्यान दिनु आवश्यक छ।’

‘दुःखी’ भने जग्गाको बीचबाटै सडक गएकाले त्यहाँ स्थायी संरचना बनाउन नसकिने बताउँछन्। भन्छन्, ‘अस्थायी बनाउँदा रेखदेख हुँदैन।’

संग्रहालय बनाउने चर्चा
पछिल्लो समय सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटा, साहित्यकार रमेश विकल, झमककुमारी घिमिरेलगायतका नाममा संग्राहलय तथा भवन बनाउन पहल गरेको थियो। त्यसैले, पनि इच्छुकको नाममा संग्रहालय बनाउन सरकार सकारात्मक भएको बुझिएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार संग्रहालय बनाउने विषयमा आधिकारिक निर्णय नभएपनि सामान्य छलफल भने भएको छ। दाङका नागरिक अगुवाहरुले संग्रहालय बनाउने विषयमा बृहत पहल गरिरहेका छन्।

त्यसमध्येका एक नेकपा नेता निर्मल आचार्यका अनुसार, उनी सहितको टोलीले यस विषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि गम्भीर छलफल गरेको छ। प्रचण्डले सक्दो पहल गर्ने आश्वासन दिएका छन्।

प्रतिष्ठानले लमहीको नगर विकास समितिको प्लटिङमा २ कठ्ठा जग्गा किनेको छ। इच्छुक स्मृति पार्क वा संग्रहालय बनाउने योजनाका साथ सो जग्गा किनिएको हो। तर, यसका लागि प्रतिष्ठानसँग पर्याप्त बजेट छैन। यस विषयमा पनि सरकारसँग छलफल भइरहेको छ।

नेपाल पत्रकार महासंघको प्रदेश–५ कमिटीले पनि केही समयअघि इच्छुकको नाममा संग्राहलय बनाउन पहल थालेको थियो। प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एक सार्वजनिक कार्यक्रम संग्रहालय निर्माणका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताएका थिए। तर, अहिले सो विषय अगाडि बढ्न सकेको छैन।

प्रकाशित १ चैत २०७५, शुक्रबार | 2019-03-15 11:43:03
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...