हायात हत्याउने खेलविरुद्ध अर्को छानबिन समिति



बाैद्धस्थित हायात हाेटल
बाैद्धस्थित हायात हाेटल

बौद्धस्थित सरकारी स्वामित्वको १५० रोपनी जग्गा हायत होटल निजी सञ्चालकले गरी गैरकानुनी रुपमा होटलको नाममा पास गराएको विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले छानबिन सुरु गरेको छ।

मन्त्रालयले उपसचिव नेतृत्वमा चार सदस्यीय समिति गठन गरेर छानिबन थालेको हो।

मन्त्रालयले उपसचिव तथा भूमि अभिलेख तथा व्यवस्था विभागका निर्देशक सम्मरसिंह ठकुरीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताको समय दिइएको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए।

‘तारागाँउ विकास समितिअन्तर्गत रहेको १ सय ५० रोपनी जग्गाको विषयमा के भएको हो भनेर छानबिन गर्नका लागि समिति गठन गरिएको हो,’ मन्त्रालयका प्रवक्ता जनकराज जोशीले भने, ‘जग्गाको विषयमा अधिकांश काम पर्यटन मन्त्रालयबाट भएको रहेछ। अहिलेसम्म के भएको भूमि व्यवस्था मन्त्रालयलाई केही जानकारी छैन। छानिबनपछि थप थाहा हुन्छ।’ 

हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

समितिमा नापी अधिकृत युवराज आचार्य, अधिकृत केशव भट्टराई र पर्यटन मन्त्रालयका एक अधिकृत सदस्य छन्। पर्यटन मन्त्रालयबाट छानबिन समिति सदस्यको नाम आउन बाँकी रहेको उनले जानकारी दिए। गिरिजाप्रसाद कोइरालाका नेतृत्व सरकारले २०४९ सालमा तारागाउँ विकास समिति अन्तर्गत रहेको १ सय ५० रोपनी जग्गा होटल सञ्चालनको भोकाधिकार दिने निर्णय गरेको थियो। हेर्नुहोस् २०४९ पुस ४ गतेको मन्त्रिपरिषद निर्णय: 

मन्त्रिपरिषदकाे निर्णयले भन्छ १५० राेपनी बाहेककाे जमिन 'लिज'मा दिइनेछ।

मन्त्रिपरिषदकाे निर्णयले भन्छ १५० राेपनी बाहेककाे जमिन 'लिज'मा दिइनेछ।

निजी साझेदारहरु राधेश्याम सराफ र रामलाल श्रेष्ठसहितले गैरकानुनी रुपमा तारागाउँ विकास समितिको तत्कालीन सञ्चालक समितिलाई प्रभावमा लिई सरकारी जग्गा होटलको नाउँमा पास गराएका हुन्।

मालपोत ऐन २०३४ मा सरकारी स्वामित्वको जग्गा उपभोग गर्न दोस्रो पक्षलाई दिन सकिने तर व्यक्तिको नाममा दर्ता गर्न नमिल्ने उल्लेख छ।

तत्कालीन सञ्चालक समिति अध्यक्ष अंगुरबाबा जोशीको अध्यक्षतामा २०५० फागुन २७ गते बसेको बैठकले समिति सदस्य सचिव निर्मला पोखरेललाई जग्गा राजिनामा गरेर दिनसक्ने अख्तियारी दिएको थियो। सोहीअनुसार १५० रोपनी जग्गाको लालपूर्जा तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको नाउँमा बनेको छ। सो कम्पनी हायातको सञ्चालक कम्पनी हो।

हायात हत्याउने योजनाकार राधेश्याम सराफ (बीच) र उनका दुई छोराहरू

हायात हत्याउने योजनाकार राधेश्याम सराफ (बीच) र उनका दुई छोराहरू

सार्वजनिक निजी साझेदारी अन्तर्गत तारागाउँ रिजेन्सी होटल लिमिटेड २०४९ सालमा स्थापना भएको हो। कम्पनी होटल हायतको सञ्चालक हो। होटलका निजी साझेदार राधेश्याम सराफ र रामलाल श्रेष्ठ परिवारले गैरकानुनी रुपमा जग्गा तथा शेयर संरचनामा चलखेल गरी होटल हत्याउने प्रपञ्च गरेका हुन्।

संसदको सार्वजनिक लेखा समितिमा छलफल सूचीमा रहेको यो विषयमा संसदकै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले उपसमिति बनाएर छानिबन गरिरहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै टोली बनाएर अनुसन्धान गरिरहेको विषयमा भूमिसुधार मन्त्रालयले पनि छानिबन थालेको हो।

हायात प्रकरणबारे थप सामग्री:

१. हायात हाेटल सञ्चालक समिति कसरी पुग्यो सराफ-श्रेष्ठको कब्जामा?

२. हायात होटलमा जागिर खान किन गए नेकपा नेता, पूर्व राज्यमन्त्री गौतम?

३. हायातका निजी साझेदारको जालझेल छानबिन गर्दै संसदका दुई समिति

४. हायात हत्याउन सराफ–श्रेष्ठको खेलः सञ्चालककै कम्पनीबाट दाेब्बर मूल्यमा सेवा खरिद

५. होटल हायातकाे २० अर्बको सम्पत्ति हत्याउने दाउमा सराफ र श्रेष्ठ

६. हायात हत्याउने सञ्चालकका प्रतिनिधि छानविन समितिमा राख्न प्रस्ताव

७. सराफ–श्रेष्ठले हायात हत्याएको प्रकरण संसद प्रवेश

८. होटल हायात प्रकरण: झालझेलको पोको फुकाउँदै संसदीय समिति

९. हायात हत्याउन सराफ-श्रेष्ठको खेल: सरकारको अख्तियारी नाघेर अंगुरबाबाद्वारा हस्ताक्षर

प्रकाशित २८ फागुन २०७५, मंगलबार | 2019-03-12 15:16:51
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...