अख्तियारमा आयुक्त छँदा यस्तो पनि गर्थे राजनारायण



राजनारायण पाठक
राजनारायण पाठक

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकको बोलबाला छँदाको कुरा हो यो। अख्तियारमा प्रमुख आयुक्त थिए, लोकमानसिँह कार्की थिए। पाठक उनका प्रमुख सहयोगी थिए।

एउटा बिहान पाठकले स्थानीय विकास मन्त्रालयका एकसहसचिवलाई शान्तिनगर बाबुछिरी शेर्पा चोकमा रहेको घरमा चिया खान बोलाए। उनको उर्दी थियो, ‘सहसचिवजी, भोलि बिदा छ। तपाईं मकहाँ आउनुहोस्, सँगै चिया खाउँला।’

सहसचिवले केही भन्ने अवस्था थिएन। उनी कार्यरत मन्त्रालय पाठकले नै हेर्थेे। सार्वजनिक बिदाका दिन बिहान उनी पाठकको घरमा पुगे। गल्ती केही गरेका थिएनन्, तर डराएका थिए। सबैलाई जस्तै उनको मनमा पनि त्रास थियो, ‘लोकमान र पाठकको कोपभाजनमा परिने त होईन?’

उनी घरभित्र प्रवेश गरे। पहिले नै आएका पाठक बैठक कोठामा बसिरहेका थिए। उनीसँगै अर्का एक ब्यक्ति पनि थिए, जसलाई ती सहसचिवले केही दिनअघिमात्र अनाधिकृत कार्य गर्न प्रलोभन दिएको भन्दै आफ्नो कार्यकक्षबाट निकालेका थिए।

‘उहाँलाई त चिन्नुहुन्छ होला’ पाठकले आफै प्रसंग निकाले, ‘उहाँ मेरो खास मान्छे, तपाईले पुरा सहयोग गर्नुप¥यो।’

विचरा सहसचिव अक्क न बक्क परे। पाठकले परिचय गराएका ब्यक्ति थिए– विवादित घरजग्गा व्यवसायी कालु गुरुङ। पाठक र कालु गुरुङबीच सम्बन्धको घनिष्ठता पुरानो र बलियो रहेको थाहा पाएपछि उनी बाहिर निस्किए।

‘उहाँले बिदाको दिन घरमा चिया खान आउनुहोस् भन्नुभयो’ ती सहसचिवले नेपालखबरसँग भने ‘म पुग्दा उनी (कालु गुरुङ) त्यहीँ थिए, जसरी पनि काम गरिदिनु भन्ने निर्देशन पाठकबाट भयो।’

ती सहसचिवका अनुसार पाठकले न्यूरोडको रंजना गल्लीमा निर्माण भएको एउटा ११ तले भवनलाई नियमित गरी प्रमाणपत्र दिन दबाब दिएका थिए।

बर्खास्त भएका प्रमुख आयुक्त लोकमानसिँह कार्कीको कार्यकालमा आयोगको महाशाखा ६ अन्र्तगत स्थानीय निकाय हेर्ने जिम्मेबारी पाएका आयुक्त पाठकले काठमाडौँ उपत्यकासहित देशका प्रमुख शहरमा बनेका अनाधिकृत घरहरुको नक्सा पास र नियमित गराउने काममा कालु गुरुङसँग सहकार्य थियो। उनी मार्फत् आयुक्त पाठकले गैरकानूनी आर्जन लगानी गरेको शंका गरिएको छ।

आयुक्त पाठकले कालु गुरुङ घरमै रहेका बेला काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत र नक्सा विभागका प्राविधिकलाई बोलाएर काठमाडौँमा नियम विपरित बनेका र सार्वजनिक जग्गा हडपेका आधा दर्जन भवनको नक्सा पास र नियमितका लागि दवाब दिएका थिए।

यस बापत पाठकले कालु गुरुङ समुहबाट मोटो रकम हात पारेको भुक्तभोगी एक सहसचिवले बताए। पाठकले तत्कालिन कार्यकारी अधिकृत रुद्रसिँह तामाङ र ईश्वरराज पौडेललाई घरमै बोलाएर कालु गुरुङसँग परिचय गराउँदै काम गरिदिन दबाब दिएका थिए।

ती सहसचिवले पाठकको निर्देशनमा अनाधिकृत काम गर्नुभन्दा मन्त्रालय नै परिवर्तन गरे। यो त एउटा प्रतिनिधिमूलक घटनामात्र हो। 

पाठकले नेपाल इन्निनियरिङ कलेजको विवाद मिलाउन ७८ लाख घूस खाएको भिडियो नेपालखबरले सार्वजनिक गरेलगत्तै अख्तियारको आयुक्त पदबाट राजीनामा दिएका छन्। अख्तियारले उनी बिरुद्ध अनुसन्धान गरिरहेको छ।

यतिमात्र होइन, गैरकानूनी आर्जन र भ्रष्टाचारमा कारवाही अघि बढेसँगै उनको को-को सँग यस्तो खालको सम्बन्ध थियो, त्यस बिषयमा समेत छानबिन सुरु भएको छ।

पाठकको घरजग्गा व्यवसायी कालु गुरुङसँगै अर्का घरजग्गा व्यवसायी गुण्डा नाईके राजु उपनाम भएका राजेन्द्र गोर्खालीसँग निकट सम्बन्ध रहेको खुलेको छ।

आयुक्त पाठकले आफुले घूस लिएको भिडियो रेकर्ड भएको थाहा पाएपछि त्योे मेटाउन प्रहरी, बिचौलिया, राजनीतिक कार्यकर्तामात्र होइन, गुण्डा नाईके गोर्खालीलाई समेत परिचालन गरेका थिए।

राजु गोर्खाली

राजु गोर्खाली

भिडियो खिचिएको थाहा पाएपछि त्यसलाई नष्ट गराउन सुरुवातमा पाठकले महानगरीय अपराध महाशाखा प्रमुख धिरजप्रताप सिँहलाई परिचालन गरेका थिए।

उनीबाट सम्भव नभएपछि नेकपा निकट बिद्यार्थी नेता दिपेश पुन र कैलास मगर भिडियो माग्न र पाठकसँग सम्झौताका लागि पुगेका थिए।

त्यसपछि दुईजना पत्रकार समेत पाठकका दूतका रुपमा परिचालन भएको थियो। त्यो भिडियो रेकर्ड अहिले सरकार र अख्तियारसम्म पुगेको छ।

ती प्रयासहर सफल नभएपनि पाठकले गुण्डा नाईके गोर्खालीलाई परिचालन गरे। तर भिडियो खिच्ने समुहले घूस प्रकरणको भिडियो माग्न गएका राजु गोर्खालीकै वार्तालाप रेकर्ड ग¥यो।

गोर्खालीले करिब २ घण्टाभन्दा बढी समय भिडियो खिच्ने समुहलाई फकाउने र धम्काएका थिए। तर, उनको पनि केही सिप लागेन। उनी रित्तोहात फर्किए।

गुण्डा नाईके गोर्खाली र आयुक्त पाठकको सम्बन्धका बिषयमा समेत आयोगले अनुसन्धान गरिरहेको छ।

प्रकाशित २८ फागुन २०७५, मंगलबार | 2019-03-12 10:18:04
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...