सन्की युवाले गाउँमा भेटेजति मान्छेमाथि चिर्पट प्रहार गरेपछि...



चिर्पट प्रहार/सांकेतिक तस्बिर
चिर्पट प्रहार/सांकेतिक तस्बिर

लमजुङका एक सन्की युवाले गाउँमा भेटिएका जति सबै मानिस माथि चिर्पट प्रहार गरेका छन्।

लमजुङको मस्र्याङ्दी गाउँपालिका–९ पामचोकमा एक सन्की युवाले ७ जनामाथि चिर्पट प्रहार गरेका हुन्।

मानसिक सन्तुलन ठिक नभएका पामचोक सेग्लेका रामबहादुर विश्वकर्माले गाउँमा भेटेकालाई चिर्पट र धारिलो हतियार प्रहार गरेका थिए। उनको प्रहारबाट ५ जना गम्भीर घाइते भएका छन् भने २ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

स्थानीयले घाइतेको उद्धार गरी उपचारका लागि बेंसीसहर पठाएका छन्।

चिर्पट प्रहारबाट स्थानीय गोपाल भण्डारी, उनको श्रीमती लक्ष्मी भण्डारी, बुद्धिबहादुर थापा, शिला खड्का, रेखु भण्डारी गम्भीर घाइते भएका छन्।

घाइते मध्येका ३ जनालाई काठमाडौंको छाउनी अस्पताल, एक जनालाई टिचिङ अस्पताल र एक जनालाई चितवन मेडिकल कलेज चितवन रिफर गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक बसन्त पाण्डेले जानकारी दिए। २ जनालाई बेंसीसहरको सामुदायीक अस्पतालमा उपचार गरिएको छ।

आक्रमणकारी युवालाई स्थानीय, प्रहरी, गाउँपालिकाका पदाधिकारीहरु मिलेर वडा नं. ३ को खुदी तरापुबाट नियन्त्रणमा लिइएको खुदी प्रहरी चौकीका सई अर्जुन केसीले जानकारी दिए।

प्रकाशित २४ फागुन २०७५, शुक्रबार | 2019-03-08 21:32:02
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।