शेर्पाको पार्थिव शरीर निजी निवास लगियो, आइतबार यसरी हुनेछ अन्त्येष्टि



स्व शेर्पालाई अन्तिम श्रद्धाञ्जली दिँदै प्रम केपी शर्मा ओली
स्व शेर्पालाई अन्तिम श्रद्धाञ्जली दिँदै प्रम केपी शर्मा ओली

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मुत्यु भएका पर्यटन व्यवसायी स्व आङछिरिङ शेर्पाको शेर्पा जातीय परम्परा अनुसार आइतबार अन्त्येष्टि गरिने भएको छ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँगै सार्वजनिक श्रद्धाञ्जलीका लागि टुँडिखेलमा शेर्पाको शवपनि राखिएपनि कार्यक्रम सकिएलगत्तै उनको शव वालुवाटारस्थित निजी निवास लगिएको छ।

श्रद्धाञ्जली कार्यक्रममा स्व शेर्पाको शवपनि अन्य शव राखिएजस्तै बाकसमा राखिएको थियो। तर, अन्त्येष्टि शेर्पा परम्परा अनुसार गरिने भएपछि निवास लैजाँदा छुट्टै वाकस प्रयोग गरियो।

अन्त्येष्टी कर्ममा संलग्न लामा गुरु किङछेप शेर्पाका अनुसार स्व शेर्पाको शवलाई आइतबार (१९ फागुन) सम्म पूजापाठ गरिनेछ। र, त्यसपछि टेकुस्थित गुम्बामा लगिनेछ।

शेर्पा परम्परा अनुसार, अन्त्येष्टिका लागि पूर्वको साइत निस्केमा जम्मु गोठाटार, पश्चिम साइत निस्केमा स्वयम्भू गुम्बा र दक्षिण साइत निस्केमा टेकु गुम्बा लगिने गरिएको छ।

शुक्रबार (१७ फागुन) देखि आइतबारसम्म गरी तीन दिन २० जना लामा गुरुहरुले पुजापाठ स्व शेर्पाको शवमा पुजापाठ गर्नेछन्। स्व शेर्पाको घरमा चाहिँ बुधबारदेखि नै पुजापाठ सुरु भइसकेको छ।

अन्त्येष्टी भइसकेपछि पनि मृत्यु भएको दिन (बार) पारेर ७ हप्तासम्म प्रत्येक बुधबार स्व शेर्पाको घरमा पुजापाठ हुनेछ।

लामाहरुको भाषा अनुसार उच्च पदस्थ लामाहरू बाट ‘फोवा’ हाल्नु पर्दछ ।

स्व शेर्पाको शवलाई धार्मिक विधि अनुसार ‘ठु’ (पवित्र पानी) हालेको पानीले नुहाई सेतो कपडाले बेरेर सिङ्गारिएको स्थानमा राख्ने र लामाबाट शवको संस्कार गर्ने साइत हेराइन्छ।

स्व शेर्पाको अन्त्येष्टिको साइत आइतबार (१९ फागुन) जुरिसकेकाले त्यसै दिन उनको अन्त्येष्टि हुनेछ।

प्रकाशित १७ फागुन २०७५, शुक्रबार | 2019-03-01 13:34:33
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।