नख्खु बम विस्फोटः शंकास्पद पोको हेर्न जाँदा ज्यान गयो

को हुन् मृतक गुरुङ?



घटनास्थल
घटनास्थल

लमजुङका ४९ वर्षीय सिंगप्रसाद गुरुङ शुक्रबार राति आफ्नै गाडीमा ललितपुरको भैंसेपाटी फर्कंदै थिए। आउँदाआउँदै सडकमा शंकास्पद वस्तु देखे।

त्यो वस्तु नख्खुस्थित एनसेलको मुख्य कार्यालय गेटअगाडि थियो। गाडीलाई साइड लगाएर उनी उक्त वस्तु के रहेछ भनेर हेर्न आए। तर उनी आइपुग्दा नपुग्दै उक्त वस्तु ठूलो आवाजले पड्कियो। त्यो प्रेसरकुकर बम थियो।

प्रत्यक्षदर्शीका अनुसार बमले लागेर गुरुङको खुट्टाका औंला टाढासम्म उछिट्टिएको थियो। घटना शुक्रबार राति साढे ८ बजेतिरको हो।

सोही विस्फोटमा परी ललितपुर महानगरपालिका-४, बागडोलकी २६ वर्षीया प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई मेडिसिटी अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया उरुषा मानन्धर पनि घाइते भएका छन्।

घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पताल पुर्‍याइयो। तर गुरुङको उपचारकै क्रममा राति साढे १२ बजे मेडिसिटी अस्पतालमा मृत्यु भयो।

घाइते गुरुङका दुवै खुट्टा चुँडिएको, कम्मरका हड्डीहरू भाँचिएको र रगत बग्ने ठूला नसाहरू काटिएको पाइएको अस्पतालले जनाएको छ ।

अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भएको चिकित्सकले बताएका छन्। घाइते गुरूङलाई सुरूमा अल्का अस्पताल लगिएको थियो। त्यसपछि बी एन्ड बी हुँदै अन्तिममा मेडिसिटी अस्पताल रेफर गरिएको थियो।

घाइते खड्का र मानन्धरको उपचार जारी छ। उनीहरूको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

को हुन् गुरुङ?
पुरानाे थातथलाे लमजुङको क्व्होलासोंथर गाउँपालिका-९,गिलुङ भएका सिंगप्रसाद गुरुङ अवकाश प्राप्त सिंगापुर प्रहरी हुन्। आफन्तका अनुसार सिङगापुर प्रहरी सेवामा एसएसआई पोस्टबाट उनले तीन/चार वर्षअघि मात्र अवकाश लिएका थिए। त्यसयता उनी ललितपुरको भैंसेपाटीस्थित आफ्नै घरमा सपरिवार बस्दै आएका थिए।

आफन्तको आक्रोश
घटनालगत्तै घाइते गुरुङलाई सुरुमा अल्का अस्पताल लगिएको थियो। त्यसपछि बि एन्ड बी अस्पताल पुर्‍याइएको थियो। त्यसपछि मात्र घटनास्थल नजिकको मेडिसिटी अस्पताल ल्याइएकाे थियो।

सुरुमै नजिकैको अस्पताल नलगिएको भन्दै गुरुङका आफन्तले आक्रोश पोखेका छन्। पहिले टाढाको अस्पताल लगेर पछि मात्र नजिकको अस्पताल ल्याइएका कारण गुरुङको मृत्यु भएको भन्दै आफन्तले विरोध गरेका छन्। यसमा प्रशासनको गल्ती भएको भन्दै घटनाको छानबिन गर्नसमेत पीडित परिवारले माग गरेका छन्।

यसैबीच मृतक गुरुङकी पत्नीले आफ्ना श्रीमान् सिंगापुर प्रहरीमा काम गरेकाले पेन्सन नपाउने भन्दै आफ्नो परिवारको उचित व्यवस्थापन सरकारले गर्नुपर्ने माग गरेकी छन्।

मृतक तथा घाइते भेट्न नेताहरू अस्पतालमा
बम विष्फोटमा परी मृत्यु भएका तथा घाइते भएकाहरूलाई भेट्न नेकपा नेताहरू ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेका छन्। नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ, स्थायी कमिटी सदस्य पम्फा भुसाललगायत नेता अस्पताल पुगेका हुन्।

भेट्न पुगेका नेताहरूसँग मृतक गुरुङका साइला दाई श्यामप्रसाद गुरुङले घटनाको उचित छानबिन गर्न आग्रह गरेका छन्। भाइको मृत्यु भएकाले उनको परिवारका लागि केही गर्न पनि उनले अनुरोध गरेका छन्।

बम विस्फाेटले एनसेल कार्यालयमा के भयो क्षति?
बम विस्फाेटबाट एनसेलको मुख्य कार्यालयमा कुनै क्षति भएको छैन। बरु एनसेल कार्यालय सामुन्नेका चार घरका झ्यालका सिसा फुटेको प्रहरीले जनाएको छ।

प्रकाशित ११ फागुन २०७५, शनिबार | 2019-02-23 11:57:25
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।