चिनियाँ पत्रकारसँग ‘वै पो’ संवादः पर्यटक तान्न नेपालले पहिला सडक सुधार्नुपर्छ


Kshamadevi Group


पोखरामा लिउ क्वोस्युङ
पोखरामा लिउ क्वोस्युङ

‘राजधानीकै सडकमा धुँवा धुलो, कहिलेकाहीं त धुलोको भुँवरी नै चल्ने। पूर्वाधार राम्रो भएनन् भने पर्यटकलाई निकै सास्ती हुन्छ। मेरा केही साथीले भने पनि, बाटोघाटो देखियो, जिन्दगीमा दोहोर्याएर नेपाल जाने छैन।’

चिनियाँ ट्वीटर अर्थात् ‘वै पो’ चलाउन निकै असजिलो लागिरहेको थियो। पुरानो आइडी डिएक्टिभ गरेर नयाँ खोलेपछि सक्रियतापूर्वक चलाउन थालेको थिएँ। फलोअर पनि बढ्दै गए। स्क्रिनमा जो जो वास्तविक र राम्रा तस्वीर देखिन्थे, आफूले पनि फलो गर्दै गइरहेको थिएँ।

मैले फलो गर्ने व्यक्तिहरूमा महिला पुरूषको भेदभाव हुन्थेन। एउटा मानिसको प्रोफाइलभित्र छिरें। धमाधम नेपालका तस्वीरहरू देखेपछि आँखा चिम्लेर फलो गरिहालें। ट्वीटर जस्तै वै पोमा पनि कुनैमा प्रत्यक्ष म्यासेज (डिएम) पठाउन सकिन्छ, कुनैमा सकिँदो रहेनछ। संयोगवश ती व्यक्तिकोमा म्यासेज गयो।

‘नमस्कार, म हाल बेइजिङबाट। मैले देखें, तपाईं नेपाल जानुभएको रहेछ।’

चिनियाँहरू शायदै अरूका कुरामा ध्यान दिन्छन् वा विदेशीहरूसँग झुम्मिन्छन्। अधिकांश त भाषिक झण्झटले पनि हुनसक्छ अथवा उनीहरू नेपालीजस्तो नजिकिने मनसायका नहुन पनि सक्छन्। झण्डै एक दिन पछाडि बल्ल जवाफ आयो, ‘हो त, भर्खरै नेपाल गएर फर्किएको।’

कतिपय चिनियाँहरू अचम्मको स्वभावका हुन्छन्। एकजना वीच्याट प्रयोगकर्तालाई नेपाल भ्रमणको आफ्नो अनुभव सुनाउन अनुरोध गर्दा ठाडै रूखो पाराले भनिन्, ‘मेरो केही अनुभव छैन। म नेपाल घुमेकोबारे कसैलाई केही बताउनु पनि छैन।’

यति भनिसकेपछि झिँजो लगाउने कुरा भएन।

चिनियाँहरूलाई हतपत उनीहरूको नीजि जीवनबारे खोजिनीति गरेको मन पर्दैन। त्यसैले सामाजिक संजालहरूमा धेरैले आफ्नो फोटो पोस्ट गरेको देखिँदैन। सुरक्षाको कारण मात्रै हैन, आफू प्रस्तुत हुन नचाहनुका अन्य अन्तर्मुखी स्वभावगत कारण पनि हुनसक्छन्। त्यसैले कतिपय चाहिं मिडियामा छाएर सेलिब्रिटी हुने महत्वाकांक्षा राख्दैनन्। यसो भनिरहँदा कतिपय चाहिं सामाजिक संजालमा किरो सरी टाँस्सिरहेका पनि देखिन्छन्।

मैले विनम्रतापूर्वक ती सज्जनलाई अनुरोध गरें, ‘म पत्रकार हुँ, तपाईंको नेपाल भ्रमणको अनुभवबारे जान्न चाहन्छु।’

अर्को दिन उनले वै पोमा जवाफ फर्काए। करीब २ अनुच्छेदमा उनले लेखे, ‘करीब ८ दिनका लागि एउटा समूह बनाएर नान निङबाट नेपाल गएको थिएँ। मैले नेपाल भ्रमणबारे ५ वटा लेख लेखेको छु। ती लेखहरू मैले गहिरिएर नलेखेका तर प्रथम आकर्षणका विषयहरू मात्रै थिए। जीवित देवीको मन्दिर (कुमारी), काठमाडौं, पोखरा, चितवन र भक्तपुर जस्ता ठाउँ घुमेको थिएँ।’

अर्को अनुच्छेदमा लेखिएको थियो, ‘नेपाल एउटा अति सामान्य मुलुक रहेछ। बाटोघाटो र वातावररण निकै खराब, तर विश्वसम्पदा साइटहरू घुम्नु अर्थपूर्ण। ठमेल लगायतका गल्लीचोकहरू, अझ सब्जी मण्डी र स्क्वायर क्षेत्रहरू घुम्दा निकै फ्रेस।’

यति लेखेपछि उनी वै पोमा धेरै दिनसम्म आएनन् वा मेरो प्रश्नमा कुनै प्रतिक्रिया दिएनन्। फेब्रुअरी ४ तारिखका दिन चिनियाँ वसन्त चाडको पूर्वसन्ध्या पर्थ्यो। मैले चिनियाँ भाषामा शुभकामना लेखें, ‘सुँगुर वर्षको वसन्त चाड आउँदैछ। नयाँ वर्ष आगमनको उपलक्ष्यमा सुस्वास्थ्य एवं सुखमय दीर्घ जीवनको कामना। यस नयाँ वर्षमा हाम्रो मित्रता अझ गहन हुनेछ भन्ने विश्वास गर्दछु।’

प्रत्युत्तरमा उनले पनि उस्तै शुभकामना पठाए। अनि ४ दिन अघिको प्रश्नको प्रतिक्रियामा लेखे, ‘कृपया नहाँसिदिनुहोला, वास्तवमा नेपाल भ्रमणबारे विस्तृतमा लेख्न समय थिएन। वै पोमा मैले नेपालबारे केही ब्लग र सानो भिडियो पोस्ट गरेको छु। साथमा केही लिंक पनि पठाइदिएको छु।’

चीनको क्वाङ्सी प्रान्तका वासिन्दा लिउ क्वोस्युङले तयार पारेको नेपाल भिडियो ५ लाख ५० हजारले हेरेका रहेछन्। स्थानीय टिभीले पनि उनको पोस्ट शेयर गरेको रहेछ।

सन् २०१८ को डिसेम्बर २८ मा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विभिन्न भाषामा लेखिएको स्वागत बोर्ड अघि उभिएका रहेछन्। उनले भने, ‘विभिन्न कारणले गर्दा वास्तवमा यो ट्रिप पूर्णतया योजना भन्दा बाहिरको थियो। वर्षान्तका ९ दिन विदा सक्न बाँकी नै थियो। तर कता जाने भन्ने कुनै टुङ्गो भएको थिएन।’

अघिल्लो पटक उनी चीनकै च्याङ्सी प्रान्त घुम्न गएका रहेछन्। उनको सारा यात्रा वर्षाका कारण ओत लागेरै बितेछ। त्यसैले उनले कहाँको मौसम कस्तो छ भनेर ‘सर्च’ गर्न थाले। उनले घुमेकामध्ये निङ्स्या प्रान्त मात्रै तुलनात्मक रूपमा राम्रो मौसम भएर नघुमिएको एउटा ठाउँ बचेको रहेछ। तर त्यो पनि यति चिसो कि माइनस १३ डिग्री।

उनले ट्राभल एजेण्ट गुहारे। नजीकको कुनै विदेश घुम्न जानका लागि ‘पर्यटकीय समूह’ छ कि भनेर। ट्राभल प्याकेज पाएपछि उनी तुरून्तै नेपाल जाने योजना बनाइहाले।

युन्नान प्रान्तको खुनमिङ छाङ्श्वे विमानस्थलदेखि उनले एक एक विवरण बताउँदै गए। एउटा फोटो उडिरहेको विमानबाटै खिचे– गज्याङमज्याङ काठमाडौं शहरको वस्ती। तर विमानस्थलमा अवतरण गरेपछिका उनका तस्वीरहरू सुन्दर देखिन्छन्। सन् २०२० नेपाल भ्रमण वर्षको तयारीका लागि सजिँदै गरेको विमानस्थलको स्वरूप। खुनमिङको भव्य विमानस्थलबाट काठमाडौंको एउटा सानो विमानस्थलमा उत्रिँदा कलात्मक चीजले उनको मनलाई आल्हादित गरेको रहेछ।

‘चीनसँग सीमा जोडिएको भएपनि नेपाल एउटा रहस्यमयी देश रहेछ– मन्दिर र हिमालहरूको देश। मैले कहिल्यै पनि नेपाल जानका लागि सजिलो ठानिनँ। एउटा साथी वा ग्रुप बनाउन पनि कति गाह्रो।’

बीचमा चीनको नव वर्ष लाग्यो। उनी फेरि कता कता घुम्न गएछन्। मैले चार वटा प्रश्न सोधेको थिएँ। तर उत्तर नदिने ध्येयले उनले आफु कुनै एयरपोर्टमा भएको बताए।

मैले भनें, ‘हतार छैन, फूर्सतमा भन्दा हुन्छ।’

आफूलाई जतिसुकै हतार भएपनि मैले संयमित भएर पर्खिएँ। साता लामो विदा कुरें। विदापछि कार्यालय खुले तर पनि चाइँचुइँ केही नदेखिएपछि मैले फेरि वीच्याटमा कोट्याएँ, ‘बन्धु, अब त विदा सकियो। यस्सो समय निकाल्न सकिन्छ कि?’

विदा अघि सोधिएका प्रश्नको उत्तर उनले लेखेर पठाए।

जवाफ १
नेपाल–चीन सम्बन्ध निकै राम्रो हो। तर नेपालीहरू यो सम्बन्धलाई कसरी लिन्छन्, म भन्न सक्दिनँ। हरेक होटलका वेटरहरू मुस्कुराएर सेवा दिन्थे त कोही कोही चिनियाँ पनि बोल्नसक्थे। म पोखरा जाँदा धेरै पटक बाटोहरूमा बरालिन गएँ। सबैमा न्यानोपन भेटें। होटेलको मालिकले पनि मेरो काममा धेरै ठूलो सहायता गरे। उनीसँग अहिले पनि वीच्याटमा कुराकानी भैरहेको हुन्छ।

जवाफ २
नेपालका सांस्कृतिक सम्पदा मनपर्ने कुरा हुन्। धेरै सुन्दर दृश्यहरू छन् र वास्तविक जीवनशैली छ। के कुरा मलाई पटक्कै मन परेन भने, यहाँका बाटोघाटो एकदमै खराब छन्। राजधानीका बाटोहरू अधिकांश माटो, धुँवा धुलो, कहिलेकाहीं त धुलोको भुँवरी नै चल्ने। यदि पूर्वाधारहरू राम्रो भएनन् भने पर्यटकहरूलाई निकै सास्ती हुन्छ। मेरो समूहमा रहेका केही साथीहरूले भने पनि, ‘बाटोघाटो देखियो, जिन्दगीमा दोहोर्याएर नेपाल जाने छैन।’ मात्र २०० किलोमिटरको बाटोका लागि ७–८ घण्टै लाग्यो।

जवाफ ३
नेपालमा गहिरो प्रभाव परेको विषय भनेको विश्व सांस्कृतिक सम्पदा हो। संख्यात्मक रूपमा धेरै र संरचनागत रूपमा सुन्दर। सडक चोकमा सागपात बेच्ने चलन चाहिं ठ्याक्कै चिनियाँ जस्तै।

जवाफ ४
नेपाल धेरै सुरक्षित छ। आफ्नो पर्याप्त खाली समयमा होटल बाहिर निस्किन्थें। जब हराउँथे, तब नजीकको पसलमा गएर वाईफाई माग्थें, वीच्याट ग्रुपमा खबर पठाउँथे, तुरून्तै गाइडले फेला पारिहाल्थ्यो। (मैले नेपाली कलिङ कार्ड किनिनँ) प्रतिवेदन अनुसार नेपालीको खुशी सूचकांक माथि छ। मेरो विचारमा नेपालीहरूको दैनिकी त्यति हतारिलो छैन। मानिसहरू मैत्रीपूर्ण छन्। चर्को स्वरमा हल्ला वा झगडा गरेको देखिनँ। एक जना चिनियाँ रेस्टुरेन्ट मालिकहरूसँग पनि कुराकानी गरें। उनी यहाँ बसेको १० वर्ष भैसकेछ। उनका बच्चाहरू पनि नेपालमै छन्। उनी चीन फर्किन पनि त्यति अभ्यस्त रहिनछिन्।

जवाफ ५
नेपालको पर्यटन विकासमा सुधार अत्यावश्यक छ। सबैभन्दा पहिला सडक सुधार्नु पर्छ, यो निकै कठिनाइपूर्ण हुन्छ। यहाँ वैदेशिक लगानी लगाउन सकिन्छ। राजमार्गहरू विशेषगरी काठमाडौं–पोखरा, काठमाडौं–चितवन, नगरकोट लगायत पर्यटकीय क्षेत्र जाने बाटोहरू। दोश्रो नक्सा तथा पेन्टिङहरूमा प्राकृतिक दृश्यस्थलहरूको विस्तृत विवरण राखिनुपर्छ। मलाई लाग्छ, नेपालको मुख्य आकर्षण चिनियाँ पर्यटक नै हुन्। पोखराको फेवाताल, चितवन राष्ट्रिय निकुञ्जको परिचय चिनियाँ भाषामा भेट्टाउन मुश्किल छ। यात्रा विवरण लेख्न एकदमै गाह्रो भयो। गाइड सँगसँगै भएका बेलामा त सोध्न सकिन्थ्यो। चीन फर्किएपछि दरबार स्क्वायर वा पाटन दरबार स्क्वायरको फोटो, चित्र र लेखबीच तालमेल थिएन। पृष्ठभूमि र इतिहास पूर्ण थिएन। यसले नेपालको पर्यटनमा असर पार्न सक्छ। जानकारी विना चिनियाँहरूले नेपालको बारेमा विस्तृत विवरण चिनियाँ जनतालाई बताउन सक्दैनन् नि।

जवाफ ६
नेपाल तुलनात्मक रूपमा पिछडिएको मुलुक हो, धेरै पिछडिएको भन्न त मिल्दैन। तथापि पूर्वाधार, रोड, विद्युत इत्यादिका कारण जनजीवनमा परेको असरबाट मूल्यांकन गर्न सकिन्छ। चीनको सुधार तथा खुलापनबाट कसरी वैदेशिक लगानी भित्र्याउन सकिन्छ भन्ने कुरा नेपालले सिक्न सक्छ। नेपालले आफ्नै बलले ठूलो परिवर्तन ल्याउन गाह्रो देखिन्छ।

जवाफ ७
नेपाली स्वाद, अद्वितीय दृश्य र संस्कृति इतिहासका कारण मलाई नेपाल राम्रो लाग्यो। तर ट्राफिक र वातावरण प्रदूषणका कारण म तत्कालै फेरि नेपाल जान्नँ। जहिले सुधार भयो भन्ने सुन्छु, तहिले जाउँला। गएपनि काठमाडौं मात्रै हुनसक्छ, अन्य स्थलहरू धेरै टाढा छन्। म कम्बोडिया र थाइल्याण्ड दुईचोटी, भियतनाम ३ चोटी, लाओस र मलेसिया एक एकचोटी गएको छु। त्यहाँको ट्राफिक र वातावरणीय पक्ष निकै स्तरीय पाएँ।

लिउ क्वोस्युङ चीनको क्वाङ्सी प्रान्तका रिपोर्टर, क्वाङ्सीका चर्चित १० मध्ये एक ब्लगर, उत्कृष्ट १० सामाजिक सञ्जाल लेखक, पर्यटन यात्री र चीनका स्तम्भकार पनि हुन्।

प्रकाशित १० फागुन २०७५, शुक्रबार | 2019-02-22 09:01:38
Max TV
Max TV
Vianet

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi

लक्ष्मी लम्सालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।