आउने भयो ‘शब्दालय’ साहित्यिक पत्रिका



नेपाली साहित्यिक पत्रिका ‘शब्दालय’ प्रकाशिन हुने भएको छ। हाललाई त्रैमासिक ई–पत्रिकाकाको रुपमा प्रकाशन गरिने र निकट भविष्यमा साप्ताहिक रुपमा प्रकाशन हुने सम्पादक समूहका गोवर्धन पूजाले बताए।

 साहित्यिक पत्रकारितामा लामो अनुभव संगालेका पूजाले शब्दालय साहित्यिक सम्पूर्ण पत्रिका हुने बताउँदै वेवसाइट तयार भइरहेको जानकारी दिए। पत्रिकालाई सबैको पत्रिका बनाउन प्रयास गर्ने उनको भनाइ थियो।

नेपाली साहित्यलाई विश्व पाठकमाझ पुर्याउने, घरदेश र परदेशका साहित्यिक सिर्जनालाई समन्वय गरेर साहित्यिक बिकासमा टेवा पुरयाउने उदेश्य बोकेको उक्त प्रयासले नेपाल र काम बिशेष प्रवासमा रहेका सर्जकबीच पूलको काम गर्ने उनको दावी छ। लामो समय दैनिक पत्रिकामा समेत काम गरेका पूजाले आकाश, अनावरण, वृष्टि , अन्तर्दृष्टि , कालान्तर, समानान्तरण , मधुरसलगायतका दर्जनौँ विविध पत्रिकाका सम्पादकका रुपमा अनुभव संगालेका छन्। उनले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय महासचिवका रुपमा दुई कार्यकाल काम पनि गरेका थिए।

सम्पादक मण्डलका कृष्ण कुसुमले शब्दालय पत्रिकालाई उत्कृष्ट बनाउन सबै प्रयास गरिने बताउँदै साहित्यकारको कलमको सम्मानार्थ वर्षभरिमा प्रकाशित सिर्जनामध्ये गद्य र पद्यबाट एक एक सिर्जनालाई दुई सय ५० अमेरिकी डलरसहितको सम्मान पनि दिइने बताए।

सम्पादक मण्डलकै अर्का सदस्य राजकुमार पुडासैनीले शब्दालयले बिदेशमा रहेका साहित्यकारहरूको कृति प्रकाशनमा पनि सहयोग पुर्याउने बताउँदै कृति प्रकाशन गर्न चाहने सर्जकको कृति प्रकाशन गर्न सहयोग गर्ने ,सम्पादन, छापाखाना र डेक्सटपको काममा शब्दालय परिवारले सहयोग गर्ने बताए।

साहित्यकार सतिश त्रिपाठीले शब्दालयले प्रवासी साहित्यकारको प्रकाशित कृति वितरणमा सहयोग गर्ने उद्देश्य राखेको बताउँदै नेपाली साहित्यको फैलावटमा विशेष काम गर्ने बताए। त्रिपाठी पनि सम्पादक समूहमा रहेका छन्।

विश्वका बिभिन्न मुलुकमा रहेका साहित्यिक सर्जकहरूको आवद्धता रहेको शब्दालय प्रकशनले नेपालमा छिट्टै प्रकाशन गृह सञ्चालन गरेर नेपाली साहित्यको सेवामा लागेका सर्जकको कृति प्रकाशनमा सहयोग गर्ने उद्देश्य राखेर काम आरम्भ गरेको छ।

प्रकाशित ८ फागुन २०७५, बुधबार | 2019-02-20 17:05:06
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...