यस्तो थियो, ७८ लाख घुस लिएका अख्तियार आयुक्त पाठकविरुद्ध महाअभियोग पत्र



राजनारायण पाठक
राजनारायण पाठक

राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा स्वीकृत गरेसँगै घुस प्रकरणमा मुछिएका अख्तियारका आयुक्त राजनारायण पाठकमाथिको महाअभियोग टरेको छ।

भक्तपुरको एउटा इन्जिनियरिङ कलेजको विवाद मामिलामा घुस लिएको समाचार नेपालखबरले सार्वजनिक गरेसँगै पाठकमाथि महाअभियोग लगाउने तयारी सुरु भएको थियो।

सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङ र सांसद योगेश भट्टराईले पाठकमाथि महाअभियोगको तयारी गरिएको नेपालखबरलाई बताएका थिए।

पाठकमाथि महाअभियोग दर्ताका लागि हस्ताक्षर अभियान संकलनसँगै महाअभियोग लगाउने पत्रको मस्यौदा भइसकेको थियो, जुन निम्न बमोजिम थियोः

नेपालको संविधान बमोजिम कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेमा त्यसमा कानून बमोजिम अनुसन्धान गर्न र गराउन एक अख्तियार दुरुपयोग अनुसन्धान आयोग (आयोग भनिएको) रहने र त्यस्तो आयोगमा उच्च नैतिक चरित्र भएका, संविधानले तोकिएको योग्यता पुगेका एक प्रमुख आयुक्त र चार आयुक्त रहने व्यवस्था छ।

संविधानले निर्दिष्ट गरेको यो जिम्मेवारी पुरा गर्न र गराउनका लागि संविधान बमोजिम नियुक्त भई हाल आयोगमा आयुक्त पदमा बहाल रहनु भएका श्री राजनारायण पाठकले यो संवैधानिक जिम्मेवारी तथा भ्रष्टाचार निवारण ऐन २०५९, आयोगका पदाधिकारीहरुको आचार संहिता र पदीय मर्यादा विपरित विभिन्न व्यक्तिहरुलाई आफ्नो निवासमा बोलाएको, त्यस्ता व्यक्तिहरुबाट रिश्वत लिएको, गैरकानूनी काम गरेको र थप रिश्वत नदिएमा भ्रष्टाचारको मुद्दा लगाउने त्रास देखाएको विवरण खुलासा भई त्यसको सवुत र अभिलेख श्रव्य दृष्य (भिडिओ क्लिप्स) माध्यमबाट सार्वजनिक समेत भएकाले निज आयुक्त श्री राजनारायण पाठकले संविधान र प्रचलित कानूनको गम्भीर उल्लंघन गरेको, निजको खराव आचरण भएको, आयुक्तको जिम्मेवारीमा निजले इमान्दारीपूर्वक आफ्नो कर्तव्य पालना नगरेको र आयोगबाट बनाइएको आयोगका पदाधिकारीहरुको आचार संहिता गंभीर उल्लंघन गरेको देखिँदा निजले आफ्नो पदीय जिम्मेवारी पुरा गर्न नसक्ने देखिएकाले हामी प्रतिनिधि सभाका तत्काल कायम रहेको सदस्य संख्याको हामी एक चौथाई भन्दा बढी.....जना सदस्यहरुले निज आयुक्त विरुद्धमा नेपालको संविधानको धारा १०१ को उपधारा २ बमोजिम महाअभियोगको यो प्रस्ताव पेश गरेका छौँ।

तर, महाअभियोगको तयारी भएकै बेला आयुक्त पाठकले शुक्रबार दिउँसो राष्ट्रपति निवास पुगेर आफ्नो राजीनामा पत्र दर्ता गराएका थिए।

त्यसपछि राष्ट्रपति भण्डारीले उनको राजीनामा स्वीकृत गरेसँगै आयुक्त पाठक पदमा नरहेकाले उनीमाथिको महाअभियोग टरेको थियो।

स्रोतका भनाईमा, महाअभियोग पत्रको पहिलो नम्बरमा नेकपा संसदीय दलका उप नेता सुवाष नेम्वाङले हस्ताक्षर गरेका थिए। 

प्रकाशित ३ फागुन २०७५, शुक्रबार | 2019-02-15 20:04:19
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...