अकुत सम्पत्ति मुद्दामा गोपाल खड्कासँग दुई करोड ५० लाख धरौटी माग


Kshamadevi Group


गाेपाल खड्का
गाेपाल खड्का

नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

मंगलबार विशेष अदालतमा हाजिर भएका खड्काले नेपाल इन्भेष्टमेन्ट बैंक धरौटी बराबरको ग्यारेन्टी बसेर रिहा भएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७५ मा उनी बिरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दा दर्ता गरेको थियो। अख्तियारले खडकाको अवैध सम्पत्ति लुकाउन सहयोगी भुमिका खेलेको भन्दै अमिता लामा र श्रीमती शर्मिला खडकालाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ।

विशेषमा मंगलबार खड्का आफुमात्र हाजिर हुन निवेदन दिएका छन्। अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्य न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य सदस्य न्यायाधीश नारायणप्रसाद पोखरेल इजलासले धरौटी मागेको हो। आयोगले १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ खड्काले गैरकानुनी आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो।

अख्तियारको अनुसन्धानमा खडकाको कूल सम्पत्तिको ८ करोड ६४ लाख ६९ हजार ७ सय ५१ रुपैयाँ मात्रै वैध रहेको खुलेको थियो। आयोगले खड्काले पदमा बसेर २७ करोड ३० लाख ७५ हजार ३ सय ८० रुपैयाँ जोडेको भेटिएको थियो । आयोगको आरोपपत्रमा खडकाले ६ वर्षको अवधिमा ७ करोड ४४ लाख आर्जन गरेको अख्तियारको दाबी छ।

त्यसअघि इन्जिनियरका रूपमा सेवा सुरु गरेदेखि सडक विभागको सुपरिन्टेन्डेन्ट इन्जिनियर (उपसचिवस्तर) बाट अवकाश हुँदासम्म उनले एक करोड २० लाख आर्जन गरेका थिए । खड्का आयल निगमको कार्यकारी निर्देशक भएपछि जग्गा खरिद अनियमिततामा मुछिएर विवादमा तानिएका थिए।

खड्काको सेवा अवधिभरको तलब ४० लाख रुपैयाँ र जग्गा बिक्रीबाट ५८ लाख आम्दानी खुलाउन सकेका छन्। घरभाडाबाट १३ लाख ५६ हजार र ५ करोड ३३ लाख ऋण लिएको विवरण पेश गरेका छन्। अख्तियारको अनुसन्धानमा खडकाको पुख्र्यौली बाहेक ३ वटा घर बनाएको र खरिद गरेको भेटिएको थियो । उनले २ वटा घर खरिदका लागि बैना समेत दिएका थिए।

उपत्यकाका तीन जिल्ला बाहेक काभ्रेका विभिन्न स्थानमा उनले ११ कित्ता जग्गा खरिद गरेका छन्। घरजग्गामा मात्रै खड्काले ११ करोड ६१ लाख रुपैयाँ लगानी गरेको अनुसन्धानमा भेटिएको हो। एक करोड रुपैयाँको सेयर खरिद गरेका उनले ऋणको साँवा र ब्याज भुक्तानीमा ४ लाख २२ हजार खर्च गरेका थिए।

एक करोड १७ लाख रुपैयाँको गाडी खरिद गरेका उनले विभिन्न बैंकबाट सुपरमार्केटहरूमा मात्रै एक करोड ८० लाख खर्च गरेको भेटिएको छ। विभिन्न ५५ वटा बैंक, सहकारी र वित्तीय संस्थामा उनले २ करोड ७१ लाख बचत गरेको अनुसन्धानमा खुलेको थियो।

खडकाले अमिताको नाममा ७ करोड ५४ लाख ५७ हजार रुपैयाँ लुकाएका थिए। खडकाको काठमाडौंको महांकालस्थित सीजी डेभलपर्सले निर्माण गरेको घर ३ करोड २५ लाखको रहेको, त्यसमध्ये २० लाखबाहेक सबै भुक्तानी गरेका थिए। यस्तै रोड शो रियलस्टेटले निर्माण गरेको घर खरिदका लागि खड्काले दिएको ८९ लाख ८९ हजार रुपैयाँ बराबरको ‘गुड फर पेमेन्ट’ चेक जफतका लागि अदालतमा बुझाएको छ।

खड्का बिरुद्ध आयल निगमको जग्गा खरिद प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको छ। २०७४ भदौमा संसदको उपभोक्ता हित तथा संरक्षण समितिले निगमको जग्गा किन्दा अनियमितता भएको ठहर गर्दै सञ्चालक समिति र जिम्मेवार अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको थियो।

उपसमितिले चार ठाउँमा तीनदेखि चार गुणासम्म बढी मूल्यमा जग्गा किनिएको प्रतिवेदन तयार पारेको थियो। संसदको सार्वजनिक लेखा समितिले समेत अनियमितताको ठहर गर्दै फाइल अख्तियारमा पठाएको थियो।

समितिले गलत कानुनका आधारमा खरिद प्रक्रिया अगाडि बढाइएको, प्रचलित दरभन्दा बढी खर्च र अनुपयुक्त भूबनोटमा किनिएकाले जनाएको थियो। संसदकै अर्थ समितिले अब्दुल रज्जाकको संयोजकत्वमा गठन गरेको उपसमितिले जग्गा खरिदमा टेन्डर प्रक्रिया अपनाउनु गलत भएको निष्कर्ष निकालेको थियो।

जग्गा खरिदमा कम्तीमा १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी अनियमितता भएको अनुसन्धानमा खुलेको थियो। निगमले चितवन, रूपन्देही, झापा र सर्लाहीमा जग्गा खरिदका क्रममा तयार भएको फाइल अध्ययनले जग्गा दलाल मार्फत चलेको मूल्य भन्दा कैयौं गुणाबढि भुक्तान गरेको भेटिएको थियो।

प्रकाशित २९ माघ २०७५, मंगलबार | 2019-02-12 17:22:36
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।

  • एनआरएनका पौडी खेलाडी नाथन दोर्जे शेर्पाले सुरुवाती दुई दिनमा तीन स्वर्ण जितिसके

    नाथनले बढाएको एनआरएनएको शान

    ९ देशका २४ खेलाडी सहभागी गराएको एनआरएनएले ६ दिनसम्म पनि कुनै स्वर्ण जित्न नसकेको अवस्थामा नाथनले लगातार दुई दिनमा तीन स्वर्ण जित्दै एनआरएनएको शान...

  • विप्लव र गुण्डा समूहका योजना अब प्रहरीको पहुँचमा

    ‘घटना पूर्वका महत्वपूर्ण सूचनाका लागि सूत्र परिचालनको खाका निर्देशिकामा छ। निर्देशिकाको अवधारणा भनेको परिचालन भएका सूत्रलाई बैधानिकता दिने र...