Exclusive

नक्कली उद्धारपछि बेचिएका युवतीहरुको साँच्चिकै उद्धार



भारतको उत्तर प्रदेश आगराको कोठीमा बेचिएका ५ नेपाली युवतीको उद्दार भएको छ।

माईती इन्डियाका संयोजक बालकृष्ण पाण्डेको पहलमा नेपाल प्रहरीले उनीहरुको उद्दार गरेको हो।

भारतीय विशेष अदालत र जिल्ला अदालतको आदेशमा नेपाल ल्याईएको हो।

नक्कली दलालहरुले भारतमै नक्कली बाबुआमा बनेर उद्दारको नाटक गरी फेरि अर्काे कोठीमा बेचिएका उनीहरुलाई भारतीय विशेष अदालत र जिल्ला अदालतको आदेशमा नेपाल ल्याइएको हो।

प्रहरीको अपराध अनुसन्धान विभागका एआइजी पुष्कर कार्कीको निर्देशनपछि मानव बेचबिखन तथा ओसारपसार ब्युरोका प्रमुख एसएसपी ईश्वरबाबु कार्की र एसपी कृष्णहरी शर्मा उनीहरुको उद्दारका लागि खटिएका थिए।

माइती इन्डियाका बालकृष्णका अनुसार परिवारलाई हस्तानान्तरण अघि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पीडित युवती र परिवारका सदस्यको डिएनए प्रोफाईल भिडाईएको थियो।

प्रयोगशालाका एसपी राकेशकुमार सिंह र डिएसपी रविन भण्डारीले डिएनए प्रोफाईल मिलेपछि पीडित युवतीहरुलाई एकसातामा परिवारको जिम्मा लगाएका थिए।

उद्दार गरिएका युवतीहरुलाई आवश्यक कागजातहरुका साथै डिएनए परीक्षण गरी हस्तान्तरण गरिएको यो पहिलो पटक हो।

प्रहरीका अनुसार उनीहरु १७ महिना कोठीमा बस्न बाध्य थिए। त्यसपछि एकवर्ष भारत सरकारको संरक्षणमा बसेर कानूनी प्रावधान पुरा गरी उनीहरु नेपाल आएका हुन्।

उनीहरुलाई भारतमा नेपाली दूतावासले नियमित सम्पर्कमा राख्दै आवश्यक सहयोग गरेको पाण्डेले बताए।

प्रकाशित २९ माघ २०७५, मंगलबार | 2019-02-12 17:06:14
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।