एसईई परीक्षा व्यवस्थित र मर्यादित बनाउन मन्त्री पोखरेलको निर्देशन


Kshamadevi Group


शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिएका छन्।

मंगलबार मन्त्रालयमा परीक्षाको तयारीका सन्दर्भमा बिभिन्न सरोकारवाला निकायसँगको छलफलमा मन्त्री पोखरेलले प्रश्नपत्र तयारी र छपाई, परीक्षा केन्द्रको अवस्था र आवश्यक सुरक्षाको तयारीका सन्दर्भमा चासो व्यक्त गरेका थिए।

परीक्षा भयरहित र व्यवस्थित हुनुर्ने बताउँदै मन्त्री पोखरेलले प्रश्नपत्र तयारी गर्दा र परीक्षा केन्द्र तोक्दा बिषेश ध्यान दिनुपर्ने बताए। बैठकमा प्रश्नपत्र छपाई कार्यस्थल व्यवस्थापन तथा अनुगमन समिति गठन गर्ने, सुरक्षाकर्मी खटाउने र प्रश्नपत्र ढुवानी तथा भण्डारण समन्वय गर्ने सम्बन्धमा छलफल भएको थियाे।

यस वर्ष कुल १९६१ वटा परीक्षा केन्द्र कायम गरिएको शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए। उनले यस वर्ष प्रदेशगतरुपमा अनिवार्य ६ बिषयको समानान्तर सेटबाट परीक्षा सञ्चालन गर्ने तयारी गरिएको बताए।

बरालले उत्तरपुस्तिका परीक्षणका लागि करीब ६२ वटा उपपरीक्षण केन्द्र कायम गर्ने पनि जानकारी दिए। एसईई परीक्षा चैत्र १० गतेदेखी शुरु हुँदैछ।

प्रकाशित २९ माघ २०७५, मंगलबार | 2019-02-12 16:37:44
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।