रोजगार संयोजकको प्रारम्भिक नजिता आयो, यस्तो छ सूची


Kshamadevi Group


प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि हरेक स्थानीय तहमा खटिने रोजगार संयोजकका लागि लिइएको परीक्षाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम भोलि फागुन १ गते सुरु गर्दैछ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार पहिलोपटक स्वचालित कम्प्युटर प्रणालीबाट नतिजा सार्वजनिक गरिएको हो।

प्रदेशगत रूपमा छुट्टाछुट्टै नतिजा सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ। 

रोजगार संयोजकको अन्तिम नतिजा फागुन मसान्तसम्म सार्वजनिक गरेर चैतदेखि काममा खटाउने सरकारको योजना छ।

बेरोजगारलाई रोजगाको ग्यारेन्टी, नभए निर्वाह भत्ता
सरकारले सबै नागरिकलाई रोजगारीको ग्यारेन्टी गर्दै बेरोजगार बस्नु परे निर्वाह भत्ता उपलब्ध गराउने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका २०७५ जारी गदै सूचीकृत भएका बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा कम्तिमा १०० दिनको न्यूनतम रोजगारीको सुनिश्चितता गदै बेरोजगार भए निर्वाह भत्ताको व्यवस्था गरेको हो।

निर्देशिकाअनुसार तोकिएको क्षेत्रमा रोजगारी नपाउने परिवारका कुनै पनि सदस्यले न्यूनतम रोजगारी प्राप्त गर्न नसकेको अवस्थामा रोजगारी नपाएको दिनको न्यूनतम पारिश्रमिकको ५० प्रतिशतका दरले हुन आउने रकम निर्वाह भत्ताका रूपमा प्रदान गरी सामाजिक सुरक्षाको व्यवस्था गर्ने भएको हो।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सबैलाई न्यूनतम रोजगारीको सुनिश्चिता गरेको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा श्रममन्त्री गोकर्ण विष्टले संविधानको धारा ३३ मा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने भनी उल्लेख गरेअनुसार सबैले काम गर्न पाउने सुनिश्चिता गर्न चैतबाट सबैलाई न्यूनतम रोजगारीप्राप्त गर्ने गरी काम सुरु हुने बताए।

न्यूनतम रोजगारी नपाएको परिवार, सरकारले तोकेभन्दा कम वार्षिक आय भएको परिवार, स्वरोजगार नभएको परिवार, वैदेशिक रोजगारीमा नगएको परिवारले निर्वाह भत्ता पाउनेछन्।

स्थानीय तहभित्रका बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन चाहने व्यक्तिले अाफू स्थायी रूपमा बसोवास गरेको वडा कार्यालयमा वा स्थानीय तहको रोजगार सेवा केन्द्रमा आह्वान गरिए अनुरूप बेरोजगार दर्ताको निवेदन दिनु पर्नेछ।

रोजगार सेवा केन्द्रले प्राप्त निवेदनको पन्ध्र दिनभित्र छानबिन गरी बेरोजगार ठहरिएका व्यक्तिहरूको सूची तयार पारी गाउँपालिका वा नगरपालिकाको निर्णयबमोजिम रोजगार व्यवस्थापन सूचना प्रणालीमा अद्यावधिक गरी राख्ने छ।

प्रदेश १ देखि ७ सम्मका सबै स्थानीय तहका रोजगार संयोजकको प्रारम्भिक नजिताः

प्रकाशित २९ माघ २०७५, मंगलबार | 2019-02-12 09:20:26
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।

  • एनआरएनका पौडी खेलाडी नाथन दोर्जे शेर्पाले सुरुवाती दुई दिनमा तीन स्वर्ण जितिसके

    नाथनले बढाएको एनआरएनएको शान

    ९ देशका २४ खेलाडी सहभागी गराएको एनआरएनएले ६ दिनसम्म पनि कुनै स्वर्ण जित्न नसकेको अवस्थामा नाथनले लगातार दुई दिनमा तीन स्वर्ण जित्दै एनआरएनएको शान...

  • विप्लव र गुण्डा समूहका योजना अब प्रहरीको पहुँचमा

    ‘घटना पूर्वका महत्वपूर्ण सूचनाका लागि सूत्र परिचालनको खाका निर्देशिकामा छ। निर्देशिकाको अवधारणा भनेको परिचालन भएका सूत्रलाई बैधानिकता दिने र...