सिक्टा सिंचाईका आयोजना प्रमुख १ करोड १० लाख धरौटीमा रिहा



विशेष अदालत
विशेष अदालत

सिक्टा सिंचाई आयोजनाका तत्कालीन प्रमुख दीलिपकुमार कार्की १ करोड १० लाख धरौटी बुझाएर रिहा भएका छन्।

विशेष अदालतमा सोमबार भएको थुनछेक बहसपछि उनीसँग धरौटी माग भएको थियो।

उनले बंगलादेश बैंकको धरौटी बराबर ग्यारेन्टी बुझाएर रिहा भएको उप–रजिष्ट्रार पुष्प पाण्डेले नेपालखबरलाई बताए।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र सदस्यहरु प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले कार्कीसँग धरौटी माग गरेको हो।

उनी बिरुद्ध आयोजना कमसल बनाएर भ्रष्टाचार गरेको दाबी सहित १ अर्ब ५६ करोड भन्दा बढी मागदाबी सहित २१ मंसिर २०७५ मा मुद्दा दर्ता भएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिंचाइ आयोजनामा भ्रष्टाचार भएको ठहर गर्दै ठेकेदार विक्रम पाण्डेसहित २१ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

बाँके जिल्लामा निर्माण भइरहेको राष्ट्रिय गौरव आयोजना सिक्टाको मूलनहर भत्किएपछि निर्माण गर्ने पाण्डेको कालिका कन्स्ट्रक्सन आरोपी बनेको थियो।

आयोगले मूलनहरको डिजाइनमा नै कैफियत भेटिएको तथा निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेण्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको आरोप सहित सरकारी अधिकारी र निर्माण ब्यवसायीलाई प्रतिवादी बनाएको हो।

आयोगले परीक्षणकै क्रममा नहर भत्किसकेकोमा पुनः परीक्षण समेत नगरी निर्माण व्यवसायीलाई उन्मुक्ति दिएकोमा समेत भ्रष्टाचार मुद्दा चलाएको हो।

प्रकाशित २८ माघ २०७५, सोमबार | 2019-02-11 18:46:57
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...