Exclusive

दाङमा तीन वर्षीया बालिकाको अपहरण, भाग्दा भाग्दै पक्राउ परे अपहरणकारी



प्रहरीले तीन वर्षीया बालिका अपहरण गरेर भाग्दै गर्दा एक जनालाई पक्राउ गरेको छ।

सोमबार दिउँसो दाङको घोरही उपमहानगरपालिका १४ कपासीबाट तीन वर्षीया बालिकालाई अपहरण गरेर भाग्दै गरेको अवस्थामा घोरही रतनपुरबाट एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा घोराही उप–महानगरपालिका– ९, ढिकपुर बस्ने २८ वर्षीय प्रयास चौधरी रहेको प्रहरीले जनाएको छ।

चौधरी कालीकोट घर भई हाल कपासी बस्ने २२ वर्षीया अस्मिता शाहीकी ३ वर्षीया छोरीलाई अपहरण गरेर भाग्दै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीमगरले नेपालखबरलाई बताए।

‘बालिकाको सकुशल उद्धार र अपहरणकारीलाई पक्राउ गरेका छौँ’, उनले भने, ‘थप विषय अनुसन्धानबाट खुल्नेछ, अहिले अनुसन्धान जारी छ।’

बालिका अपहरणको सूचना पाएलगत्तै प्रहरीले चारैतिरका नाका बन्द गरेर बालिकालाई रतनपुर चोकबाट सकुशल उद्धार गरेको र चौधरीलाई पक्राउ गरेको हो।

पक्राउ परेका चौधरी उपर मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद १७ को दफा २११ बमोजिम अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित २८ माघ २०७५, सोमबार | 2019-02-11 17:52:54
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।