५२ सय जरिवाना २ वर्ष जेल, ३६ वर्षपछि पक्राउ परे, भन्छन्ः सबै भाग्यको खेल


Kshamadevi Group


जिल्ला अदालतमा मुद्दा दर्ता हुँदा स्याङ्जाको साविक कृष्णगण्डकी गाविस र हाल कालिगण्डकी गाँउपालिकाका झिल्लुप्रसाद न्यौपाने ३३ वर्षका जवान थिए।

घरपरिवारबाट उनी माथि अंशबण्डा मुद्दा हालियो। मुद्दा २०३३ पुस २३ मा दर्ता भयो। अदालतले तीन वर्षपछि २०३९ साउन २३ मा न्यौपानेलाई ५२ सय जरिवाना र २ वर्ष जेलको फैसला सुनायो।

न्यौपानेले अदालतको फैसला मानेनन्। लुक्दैछिप्दै हिँडे। कहिले कहाँ बसे। कहिले कहाँ पुगे। यसरी उनले ३६ वर्ष बिताए। उनको फैसला बेरुजु थियो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले उनलाई आइतबार पक्राउ ग¥यो। अहिले ७५ वर्ष पुगेका न्यौपाने अचम्ममात्र परेनन्। नातीनातिना खेलाएर बस्ने उमेरमा उनी अब कारागारको चिसो छिँडीमा बस्नुपर्नेछ।

प्रहरीले जिल्ला अदालतमा पेश गरेका न्यौपानेले अनेक बिन्तीभाउ गरे। आफ्नो उमेर र मक्किएको शरिर देखाए। तर कानून सबैका लागि समान हुन्छ। अदालतको आदेशले न्यौपाने जिल्ला कारागारमा राखिएका छन्।

कारागार पुगेका ‘हजुरबुबा’ अभियुक्त न्यौपाने अन्य कैदीबन्दीलाई सुनाउछन् ‘५२ सय जरिवाना २ वर्ष कैद, समयमै भुक्तान नगर्दा बुढेसकालमा कारागारको ठेस।’

प्रकाशित २८ माघ २०७५, सोमबार | 2019-02-11 16:33:26
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...