अमेरिकी राजदूतले प्रचण्डलाई भनेः भेनेजुएला वक्तव्यकै कारण सम्बन्ध बिग्रँदैन, भ्रमणको तयारी गर्नुस्


Kshamadevi Group


नेकपा अध्यक्ष दाहाल र अमेरिकी राजदूत बेरी
नेकपा अध्यक्ष दाहाल र अमेरिकी राजदूत बेरी

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीले भेनेजुएलासम्बन्धी बक्तव्यकै आधारमा अमेरिका जाने कार्यक्रम स्थगित नगर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई आग्रह गरेका छन्।

शनिबार (२६ माघ) भएको भेटमा राजदूत बेरीले त्यही बक्तव्यका कारण तय भइसकेको पारिवारिक भ्रमण स्थगित गर्दा गलत सन्देश जाने बताउँदै अमेरिका जाने योजना बनाउन आग्रह गरेका हुन्।

‘बक्तव्यकै कारण तय भइसकेको कार्यक्रम रोक्दा गलत सन्देश जान्छ’ राजदूत बेरीले प्रचण्डसँग भनेकाे उदृत गर्दै स्रोतले भन्याे, ‘त्यसैले, अमेरिका जाने कार्यक्रम नरोक्नुस्, छिटो भन्दा छिटो कार्यक्रम बनाउनुस्।’

पत्नी सीता दाहालको स्वास्थ्य उपचारका लागि प्रचण्ड माघ पहिलो साता अमेरिका जाने कार्यक्रम बनेको थियो। अमेरिका प्रस्थानका लागि प्रचण्ड परिवारले भीषा पनि लिइसकेको थियो।

तर, मौसममा आएको बदलावका कारण सीतासहित प्रचण्ड परिवार नै बिरामी भयो। त्यही कारण माघ पहिलो साता प्रचण्ड पत्नी सीतालाई लिएर अमेरिका प्रस्थान गर्न सकेनन्।

उपचारका लागि सीतालाई ललितपुरको सुमेरु अस्पतालमा राखिएकै बेला प्रचण्डले भेनेजुएलाको राजनीतिक घटनाक्रम र अमेरिकी संलग्नताको विषयमा बक्तव्य जारी गरेका थिए।

प्रचण्डको बक्तव्यमा भेनेजुएलाको आन्तरिक मामिलामा त्यहीँका जनताले निर्णय गर्न पाउनु पर्ने बताउँदै त्यहाँको सार्वभौमिकताको सम्मान गर्न अमेरिकासँग आग्रह गरिएको थियो।

प्रचण्डको बक्तव्य प्रकासन भएलगत्तै काठमाडौँस्थित अमेरिकी राजदूतावासले त्यस सम्बन्धमा सरकारको धारणा माग गरेको थियो। र, यसले सरकारलाई समेत अप्ठेरोमा पारेको थियो।

सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले १४ माघ र नेकपा केन्द्रीय सचिवालयले १८ माघमा बक्तव्य जारी गरे। पछिल्ला बक्तव्यका भाषा नरम भएपनि प्रचण्डकै बक्तव्यसँग मिल्दोजुल्दो थियो।

प्रचण्डसँगको शनिबारको भेटमा राजदूत बेरीले पनि नेकपा र सरकारले जारी गरेका तीन बक्तव्यको सार एउटै भएको बताउँदै असन्तुष्टि व्यक्त गरेका थिए।

प्रचण्डले चाहिँ भेनेजुएला सम्बन्धमा आफूले विज्ञप्ति जारी गर्नुको कारण बैचारिक भएको बताउँदै आफ्नो नियत अमेरिकासँगको सम्बन्ध बिगार्नु नरहेको स्पष्टिकरण दिएका थिए।

त्यहाँको आन्तरिक मामिलामा भएको हस्तक्षेप आफूहरुका लागि अस्वीकार्य भएको बताउँदै प्रचण्डले भेनेजुएलाको सरकार समाजवादी भएकाले आफूहरुको समर्थन रहेको बताएका थिए।

‘ती बक्तव्यकै आधारमा नेपाल-अमेरिकाबीचको सम्बन्धमा उतारचढाव हुँदैन’ राजदूत बेरीको भनाई थियो, ‘तर त्यही विषयका कारण हामीमाथि ठूलो आक्रमण भयो, त्यो जरुरी थिएन। बक्तव्यकै कारणले तपाईंहरुको अमेरिका भ्रमण रोकिएको हो भने उपयुक्त होइन। त्यसैले, छिटो भन्दा छिटो अमेरिका भ्रमणको कार्यक्रम बनाउनु होला।’

प्रचण्ड निकट स्रोतका अनुसार, पत्नी सीताको उपचारका लागि यसअघि प्रचण्ड व्यक्तिगत तवरमा अमेरिका जाने तयारीमा थिए, तर अब उनलाई अमेरिकाले नै निम्तो दिने सम्भावना छ।

‘यसअघि भ्रमण भएको भए त्यो स्वास्थ्य उपचारका लागि पारिवारिक खालको भ्रमण हुन्थ्यो’ स्रोतले भन्यो, ‘अब अमेरिकी निम्तोमा औपचारिक भ्रमण गर्ने सम्भावना बढेको छ।’

बाग्लुङ–२ बाट प्रतिनिधि सभा सदस्य रहेका नेकपा नेता देबेन्द्र पौडेलले पनि आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्ड चाँडै अमेरिका भ्रमणमा जाने बताएका थिए। 

भेनेजुएलाको आन्तरिक राजनीतिका सन्दर्भमा प्रचण्डले निकालेको बक्तव्यका कारण नेपाल-अमेरिका सम्बन्ध चिसिएको चर्चा अहिले भइरहँदा भित्रभित्रै उनको अमेरिका भ्रमण तयारी सुरू भएको हो।

प्रकाशित २८ माघ २०७५, सोमबार | 2019-02-11 16:12:41
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...