‘इङ्ग्गेजमेन्ट’मा पाएको घडीले थिचेको अवस्थामा भेटियो संयुक्त ‘सुसाइड नोट’


Kshamadevi Group


मृत किशोरी भारतीय रेल्वे लिकमा
मृत किशोरी भारतीय रेल्वे लिकमा

आइतबार बिहान रेलको लिकमा मृत अवस्थामा फेला परेका दुई नेपाली किशोरीको डेराबाट प्रहरीले सुसाइड नोट फेला पारेको छ।

 पर्सा प्रहरीले बरामद गरेको सुसाइड नोटमा आफूहरुले आत्महत्याको निर्णय गरेको उल्लेख छ। आत्महत्या गर्ने निर्णयमा उनीहरु किन पुगे सुसाइड नोटबाट खुल्दैन।

प्रहरीका अनुसार मृतकहरु पर्साको कलिकामाई गाउँपालिका–२ भेडिहारी बस्ने निभाकुमारी साह र हरिहरपुर बस्ने किरण चौरसिया हुन्।

दुवै किशोरीले संयुक्त रुपमा लेखेको सुसाइड नोटमा कोही कसैबाट असन्तुष्ट रहेको उल्लेख नभएको पर्सा प्रहरी प्रमुख रेवती ढकालले बताउँछन्। दुवैले कुनै विषयमा असमझदारी वा असन्तुष्टि समेत उल्लेख गरेका छैनन्।

प्रहरीले उनीहरु बस्दै आएको डेराको ताला फोडेर कोठाको खानतलासी लिएको छ।

‘हामीले उनीहरु बस्दै आएको कोठाको अनुसन्धान गर्यौं। त्यहाँ सानो पानामा लेखिएको सुसाइड नोट बेडमाथि भेटिएको छ। अक्षर म्याच गराइ हेर्दा किरणकै भएको देखिन्छ’, पर्सा प्रहरी प्रमुख ढकालले नेपालखबरसँग भने, ‘त्यसमा हामीले संसारमा बाँच्नुको अर्थ देखेनौं, यसमा कसैको दोष छैन। आइलभ यु पापा ममी भनेर लेखिएको छ।’

निभाकुमारीको रेलले टाउको नै छिनाएको छ। किरणको खुट्टा छिनाएको अवस्थामा शब भेटिएको छ। उनलाई रेलले हुत्याएको अनुमान प्रहरीको छ। पर्सा प्रहरीका अनुसार रेलले काटेको बाहेक शरीरमा अन्य कुनै चोटपटक छैन।

विवाहका टिकोटालो भइसकेको थियो
भारतीय प्रहरीले आइतबार रक्सौल–सुगौली रेल्वे खण्ड अन्तर्गत कंगना ढाला नजिकै रेलको लिकमा दुई किशोरीको शव फेला परेको थियो। एक किशोरीका साथबाट भारतीय प्रहरीले फेला पारेको परिचयपत्रका आधारमा दुवैको पहिचान खुलेको हो।

भारतीय प्रहरीले घटनास्थलबाट फुटेको अवस्थामा मोबाइल फोन र निभाकुमारीको वीरगञ्ज पब्लिक स्कूलको कक्षा ११ को परिचयपत्र फेला पारेपछि उनीहरु नेपाली भएको खुलेको थियो। दुवै जना वीरगञ्ज पब्लिक स्कूलका कक्षा ११ का विद्यार्थी हुन्। उनीहरु भाडाको एउटै कोठामा सँगै बस्दै आएका थिए।

पर्सा प्रहरी प्रमुख रेवती ढकाल दुवै किशोरीको पोस्टमार्टमपछि थप खुलासा हुने बताउँछन्। किशोरीको डेराबाट बरामद सुसाइड नोटले घटना आत्महत्या भएको देखाए पनि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

अनुसन्धान अधिकारीका अनुसार निभाकुमारीका साथबाट बरामद मोबाइलबाट थप केही खुलासा हुनेतर्फ अनुसन्धान केन्द्रित गरिएको छ। दुवैले आत्महत्याका लागि रोजेको घटनास्थल र उनीहरु त्यहाँसम्म कसरी पुगे भन्ने विषयले घटनालाई रहस्मय बनाएको छ।

‘सबै कोणबाट अनुसन्धान भइरहेको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरीले नेपालखबरसँग भने ‘अहिलेसम्मको सबुद प्रमाण हेर्दा घटना आत्महत्या नै हो तर किन? भन्नेमा हामी अनुसन्धान गरिरहेका छौं।’

प्रहरीका अनुसार मृतकमध्ये किरणको विवाहका लागि केही दिनअघिमात्र टिकोटालो भएको थियो। सुसाइड नोटलाई टिकोटालोमा किरणले पाएको घडीले थिचेको अवस्थामा प्रहरीले भेटेको छ। उनले आफ्नो विवाहका विषयमा परिवारसँग कुनै असहमती जनाएकी थिइनन्। निभाकुमारीको विहे प्रसंग चलेको थिएन।

प्रकाशित २८ माघ २०७५, सोमबार | 2019-02-11 13:56:24
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।