मौसम परिवर्तनसँगै सरुवा रोगको संक्रमण बढ्ने खतरा



अहिले बिहान बेलुका जाडो भए पनि दिउँसो गर्मी बढ्न थालेको छ। पछिल्ला केही दिन मौसममा आएको बदलीका कारण मानिसहरु बिरामी परिरहेका छन्।

यो मौसम परिवर्तनको समय हो। जाडो सकिएर गर्मी लाग्ने समयमा हुने मौसम परिवर्तनले मान्छेको स्वास्थ्यमा प्रतिकुल असर पार्दै गएको छ। जाडोयाम सकिनु अगावै बजारमा गर्मी मौसममा देखिने खालका बिरामीको संख्यामा बृद्धि हुन थालेको छ। काठमाडौंका विभिन्न अस्पतालमा सरुवा रोगका बिरामीको संख्यामा बृद्धि हुन थालेको अस्पतालले जनाएका छन्।

ऋतु परिवर्तनसँगै हुने शीतवायुको सम्पर्क, प्रदुषण, एलर्जी वा संक्रमणका कारण रुघाखोकी जस्ता सम्स्या देखिन थालेको डाक्टरहरु बताउछन्। बारम्बार सिगान आउने, हाँच्छ्यु आउने, टाउको दुख्ने, शरीर गल्ने आदि जस्ता लक्षणहरु देखिएमा रुघाखोकी भएको बुझ्नुपर्ने हुन्छ। यसखाले समस्या हुनबाट बच्न र भइसकेपछि उपचारका लागि सचेत रहन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर वासुदेव पाण्डेले आग्रह गरे। मौसम परिवर्तनका समयमा यसखाले समस्या देखिने भन्दै त्यसमा सचेत रहनुपर्ने उनी बताउँछन्।

गर्मी मौसम सुरु नहुँदै ज्वरो, झाडाबान्ताका बिरामी अस्पतालमा आउने क्रम बढेकोे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता अनुप वास्तोलाले बताए। उनका अनुसार एक सिजनमा यसखाले रोगका दुई हजारभन्दा बढी बिरामी अस्पतालमा आउने गर्छन।

दूषित पानी (मल मूत्र मिसिएको पानी) को प्रयोग, लामो समयसम्म भण्डारण गरिएका खानेकुरा खादा मौसमी रोग लाग्न सक्ने उनी बताउँछन्। रोग नलाग्न उमालेको पानी अथवा निर्मलीकरण गरेको पानी मात्र सेवन गर्न डाक्टरको सुझाव छ।

के हो सरुवा रोग?
चिकित्सा विज्ञानका अनुसार सरुवा रोग भन्नाले रोगी व्यक्तिबाट स्वास्थ व्यक्तिबाट सर्ने रोगहरु भन्ने बुझिन्छ। दूषित हावा, पानी, दिसा–पिसाब, सरसफाइको कमी आदि कारणबाट एक व्यक्तिबाट अर्काे व्यक्तिमा सजिलै सरुवा रोग सर्न सक्छन्।

गर्मी मौसममा देखा पर्ने सरुवा रोगहरु के के हुन?
गर्मी मौसममा विभिन्न खालका सरुवा रोगहरु देखापर्छन्। जसमा हेपाटाइटिस अर्थात् टाइफाइड, डेंगु, स्क्रवटाइफस, झाडापखला, टाइफाइडजस्ता रोगहरु पर्छन। असोजपछि मलेरिया, हात्तीपाइले, जापानिज इन्सुपलाइटिस जस्ता रोग देखिन्छन्।

यी रोगबाट कसरी बच्ने?
जुनसुकै रोगबाट बच्न सबैभन्दा पहिला आफ्नो पक्षबाटै चनाखो हुनु पर्ने डाक्टरहरु बताउँछन्। दुषित खाना र पानीवाट सरुवा रोग सर्ने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्छ। निरन्तर स्वास्थ्य जाँच, सन्तुलित आहारविहारमा पनि ध्यान दिनुपर्ने डाक्टरहरु बताउँछन्।

 

प्रकाशित २४ माघ २०७५, बिहिबार | 2019-02-07 18:15:19
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।