भूकम्पमा १६ सय सम्पदा ढले, तीन बर्षमा १८५ मात्र ठडिए



२०७२ वैशाख १२ को विनाशकारी भूकम्प गएको तीन वर्ष बितिसक्यो। तर त्यसले क्षति पुर्‍याएकाे देशका करिब १६ सय सम्पदामध्ये २८ प्रतिशतको मात्र पुनर्निर्माण सकिएको छ।

कहिले सकिएला सबै सम्पदाको पुर्निर्माण? सम्पदाको पुनर्निर्माण गर्ने जिम्मा लिएको पुरातत्व विभाग भन्छ– २०८० सालसम्म लाग्छ। उसले यही लक्ष्यअनुसार पुनर्निमाण योजना बनाएको छ।

विभागको तथ्यांकअनुसार भूकम्पबाट प्रभावित १४ जिल्ला (काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, दोलखा, रामेछाप आदि) का ७ सय ५३ वटा ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा सांस्कृतिक सम्पदामा क्षति पुगेको थियो।

पछिल्लो विवरणअनुसार कम प्रभावित जिल्लाका ८ सय ४५ समेत गरी भूकम्पबाट जम्मा १ हजार ५ सय ९५ सम्पदामा क्षति पुगेको छ।
यीमध्ये अहिलेसम्म १ सय ८५ वटा सम्पदाको मात्र पुनर्निर्माण सम्पन्न भएका छन्।

तीमध्ये ४ सय ९४ सम्पदा वैदेशिक तथा सरोकारवाला निकायबाट संरक्षण कार्य गरिरहेको विभागले जनाएको छ।

सम्पदाको पुनर्निर्माण गर्ने जिम्मा लिएको पुरातत्व विभागले क्षतिग्रस्त सम्पदाको पुरानै स्वरूपमा पुनर्निर्माण गर्न सकेको छैन। भूकम्प गएको ८ वर्ष अर्थात् २०८० सालमा सम्पदाको पुनर्निर्माण सम्पन्न गर्ने विभागको योजना छ।

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार देशभरमा २८ प्रतिशत सम्पदाको पुनर्निर्माण सकिएको छ। तीस प्रतिशत सम्पदा निर्माणका चरणमा छन् भने बाँकी ४२ प्रतिशत सम्पदाको पुनर्निमाण न सुरु भएको छैन।

विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौंभित्रका ६५ सम्पदा मध्येमा हालसम्म ४३ सम्पदाको पुनर्निर्माण सम्पन्न भएका छन्। बाँकी २२ वटा पुनर्निर्माणको चरणमा रहेको पुरातत्व विभागका सिनियर डिभिजन इन्जिनियर सम्पद घिमिरेले जानकारी दिए। 

पूरै ध्वस्त भएका सम्पदाहरूको पुनर्निर्माणलाई पहिलो प्राथमिकता राखेर काम गरिरहेको विभागले राजधानीमै ठूलाठूला सम्पदाको पुनर्निर्माणको भने सुरुसमेत गर्न सकेको छैन।

विभागका अनुसार स्वयम्भूनाथ, प्रतापपुर, अनन्तपुर, हनुमानढोककाको गद्दी बैठक, कागेश्वर, राधाकृष्ण मन्दिर, पाटनमा मणिमण्डप, आगम्छे, तलेजु, भक्तपुरमा नारायण, केदारनाथ लगायतका मन्दिर पुनर्निमाण भइसकेका छन्।

रानीपोखरी र धरहरा पुनर्निर्माणले गति लिन सकेको छैन। काठमाडौंलाई मुख्य रूपमा चिनाउने सम्पदाकै तीन वर्षसम्म पुनर्निर्माण नभएको स्थानीय बासिन्दा गुनासो गर्छन्।

सम्पदाको विषयमा पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीच धरहरा र रानीपोखरी पुर्निर्माणका विषयमा पटक-पटक विवाद हुँदै आएको छ।

सातौं शताब्दीमा निर्माण भएको काष्ठमण्डप पुरानै जगबाट स्थानीयको सक्रियतामा पुनर्निर्माण सुरु भएको छ।

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पुराना निर्माण सामाग्री प्रयोग गरी २०७५ वैशाखबाट पुनर्निर्माण सुरु भएको काष्ठमण्डप तीन वर्षभित्र सम्पन्न गर्ने निर्माण समितिले जनाएको छ।

पुनर्निर्माण गरिँदै काष्ठमण्डप।

पुनर्निर्माण गरिँदै काष्ठमण्डप।

माघ महिनाभित्र सत्तलको बीच भागमा चारवटा थाम उठाइएको छ भने आगामी असार मसान्तसम्म भुइँतला निर्माण सकिने जनाइएको छ।

१ सय १० बर्ष पुरानो गद्दी बैठकको पुनर्निर्माण सम्पन्न भएको छ। अमेरिकन नियामोतो कन्सल्टेन्टले अमेरिकन एम्बेस्डर फन्डबाट सात लाख अमेरिकी डलरको लगानीमा पुनर्निर्माण सम्पन्न भएको हो।

प्रकाशित २४ माघ २०७५, बिहिबार | 2019-02-07 11:09:47
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।