एक महिनामै चार सय सात जनामा देखियो स्वाइन फ्लु, यसरी सकिन्छ यो रोगबाट बच्न



पछिल्लो समय राजधानी काठमाडौँ लगायत देशैभर स्वाइन् फ्लुको संक्रमण बढ्दै गएको छ। पछिल्लो एक महिनाको अवधिमा चार सयभन्दा बढीमा स्वाइन फ्लु (इन्फ्लुएन्जा एचवान एनवान) देखिको पुष्टि भएको छ।

गत जनवरी १ देखि फेब्रुअरी ४ सम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका लागि आएका एक हजार ६६ नमूना जाँच गर्दा ४ सय ७ जनामा स्वाइन फ्लु भएको पुष्टि भएको प्रयोगशालाले जनाएको छ।

जसमध्येमा ३ सय ५९ जनामा स्वाइन फ्लु (H1N1 pdm09) मा पोजेटिभ देखिएको छ। एच थ्री (H3) प्रजातिका ९ जना र बी (B) प्रजातिका ३९ जनामा पोजेटिभ देखिएको प्रयोगशालाका इन्फ्लुएन्जा विज्ञ विष्णु उपाध्यायले जानकारी दिए। उनका अनुसार प्रयोगशालामा आएका नमूनामध्ये १ सय ६० को परीक्षण गर्न बाकी छ भने परीक्षण गरिएका अधिकांश काठमाडौं भित्रका हुन्।

प्रयोगशालामा आएका नमूनामध्येमा पोजेटिभ देखिएका नमूनामा महिला र पुरुष दुवैको संख्या बराबर रहेको उनले बताए। मौसमी फ्लु भएकाले खासै आत्तिनु नपने उनको भनाइ थियो। ‘दीर्घ रोगी, गर्भवती र अन्य रोगबाट संक्रमितले औषधी खानुपर्छ’, उनले भने, ‘अन्यको हकमा आराम गर्दा ठिक हुन्छ।’

के हो स्वाइन फ्लु?
पछिल्लो समय विशेषगरी राजधानी उपत्यकामा मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) लाग्नेको संख्या बढ्दो छ। यसलाई कतिपयले सुँगुरबाट सर्ने स्वाइनफ्लु भनेर प्रचार गरे पनि खासमा यो सिजनल इन्फ्लुएन्जा नै हो। यो मानिसबाट मानिसमा सर्ने एक किसिमको सरुवा रोग हो। यो कुनै नयाँ रोग नभई श्वास–प्रश्वास प्रणालीमा भाइरसद्वारा हुने तीव्रखाले संक्रमण हो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर वासुदेव पाण्डेले सिजनल फ्लूकै रुपमा फैलिरहेको यो फ्लु रुघाखोकीबाट सुरु हुने बताए। उनका अनुसार टाउको दुख्ने, घाँटी दुख्ने, ज्वरो आउने, जीउ दुख्ने, चिसो लाग्ने, थकाइ लाग्ने र बान्ता आउँनु यस रोगका मुख्य लक्षण हुन्।

तयसैगरी यो रोग लागेका बालबालिकालाई वाकवाकी लाग्ने वा बान्ता हुने, पेट मडारिने, झाडा–पखाला लाग्ने जस्ता थप लक्षण पनि देखिन सक्छन्।

स्वाइन फ्लुबाट कसरी बच्न सकिन्छ?
यो रोगको लक्षण देखिएका मासिनहरुले खोक्दा वा हाच्छिऊँ गर्दा नाक, मुख छोप्ने (सफा रुमाल, कपडा वा पाखुराले), साबुन पानीले पूरै सफा हुने गरी पटक–पटक हात धुने, हात नमिलाउने, नमस्कार गर्ने लगायतका उपाय अबलम्वन गरेमा यो रोगबाट बच्न सकिने डा. पाण्डे बताउँछन्।

त्यस्तै यस रोगबाट बच्ने अन्य उपायमा व्यक्तिसँग कम्तीमा १ मिटर वा २ हात टाढा रहने, रोगीलाई बेग्लै वा खुला झ्याल भएको कोठामा राख्ने (सम्भव भएसम्म रोगीलाई अन्य व्यक्तिभन्दा अलग्गै राख्ने), आँखा, नाक तथा मुखमा अनावश्यक हात नलैजाने, जथाभावी नथुक्ने वा सिँगान नफाल्ने, शंकास्पद रोगीबाट सकभर टाढै बस्ने, भिड्भाडमा नजाने र सकेसम्म बाहिर हिँडनु पर्दा अनिवार्य माक्सको प्रयोग गर्ने गर्दा यो रोग लाग्नबाट बच्न सकिन्छ।

प्रकाशित २३ माघ २०७५, बुधबार | 2019-02-06 16:32:07
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।