Exclusive

नेपाली भिसा अब अमेरिकी मापदण्डको



नेपालकाे भिषा
नेपालकाे भिषा

हामीले भिषालाई विकसित देशहरु सरह बनाउन खोजेका हौं। सुरक्षा दृष्टिले पनि यो परिवर्तन जरुरी भइसकेको थियो: ईश्वरराज पौडेल, अध्यागमन महानिर्देशक

हस्तलिखित सानो स्टिकरको स्वरुपमा वर्षौंदेखि अस्तित्वमा रहेको नेपाली भिसाले रुप फेर्न लागेको छ।

सरकारी अधिकारीका अनुसार नयाँ नेपाली भिसा युरोप, अमेरिकाजस्तै राहदानी पानाकै आकार र मापदण्डको हुनेछ।

‘नयाँ भिसा मिसिन रिडेबल हुनेछ। त्यसमा नेपाल चिनाउने तस्विर, सुरक्षा स्टिकर र बारकोड राखिनेछ’, अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले नेपालखबरसँग भने, ‘हामीले भिसालाई विकसित देशहरु सरह बनाउन खोजेका हौं। सुरक्षा दृष्टिले पनि यो परिवर्तन जरुरी भइसकेको थियो।’ अध्यागमनलाई भौतिक पूर्वाधारका दृष्टिले पनि अन्तर्राष्ट्रिय स्तरको बनाउन खोजिएको उनले बताए।

भिसा मेसिन रिडेबल बनाउँदा आवश्यक पर्ने पूर्वाधार एवं प्राविधि इस्टलेशनमा यतिबेला विभागले काम गरिरहेको छ। सुरक्षा मुद्रण विज्ञको सहयोगमा एक दर्जन बढी सुरक्षा कवचसहितको नयाँ भिसा स्टिकरको नमुना तयार भएको छ। नयाँ भिसाको रंग, आकार, ढाँचा र सुरक्षा कवच विश्लेषणको काम यतिबेला विभागले गरिरहेको छ।

नेपाली भिसा पाउन बायोमेट्रिक
नयाँ भिसा कार्यान्वयनमा गएपछि नेपाली भिसा आवेदकले बायोमेट्रिक, आखाँको रेटिना र फोटोसहितको विवरण भर्नुपर्नेछ। यो प्रणाली अहिले युरोप, अमेरिका, चीनसहितका विकसित देशहरुले प्रयोग गरिरहेका छन्।

विभागले पर्यटक, बहुउद्देश्य, शैक्षिक, व्यवसाय, आवासीय र गैर नेपालीका लागि फरक प्रकारको भिसा प्रदान गर्नेछ। यसका लागि अध्यागमन नियमावली २०५१ संशोधनको तयारी भइरहेको छ। गृह मन्त्रालयले यस सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद लैजाने तयारी गरिरहेको छ। अध्यागमन नियमावलीमा भिसाको नमूना अनुसूचीमै समावेश भएकाले नियमावली संशोधन आवश्यक भएको हो।

संशोधनमा नियमावली अनुसूचिमा रहेका भिसाका नमूना समेत परिवर्तन गरिनेछन्। त्यसका लागि विभागका निर्देशक रामचन्द्र तिवारी नेतृत्वमा संशोधन प्रस्ताव काम भइरहेको हो।

‘नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि नयाँ भिसा लागू गर्ने बाटो खुल्नेछ,’ विभागका प्रवक्ता विष्णुहरि उपाध्यायले नेपालखबरसँग भने ‘अहिले संशोधन प्रस्तावमा काम भइरहेको छ।’

कस्तो हुनेछ नेपाली भिषा?
विभाग स्रोतका अनुसार बारकोडसहित भिसा नेपाली विविधता झल्कने, प्राकृतिक र मानव निर्मित सम्पदा अंकित भएको हुनेछ। भिसामा रहने सबै विवरण कम्प्युटरबाटै भरिनेछ। भिसाको रंग, आकार र ढाँचा समेत अन्तर्राष्ट्रिय स्तरको हुनेछ।
विभागले हाल उपलब्ध गराउने भिसा सजिलै नक्कली बनाउन सकिने भएकाले सुरक्षा चुनौती छ। भिसा बाहक तथा जारी गर्ने अधिकारीलाई ट्रयाक गर्न कठिन छ। नयाँ भिसामा एक दर्जनभन्दा बढी सुरक्षा कवच राखिनेछन्।

अप्रेसन अध्यागमन
अंग्रेजी नयाँ वर्ष सन २०२० मा २० लाख पर्यटक भित्राउन लक्ष्य पूरा गर्न अध्यागमन सुधारका लागि ‘अप्रेशन अध्यागमन’को काम भइरहेको हो। विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयसहित १३ स्थानमा रहेका कार्यालयमा एकै प्रकारको सेवा सुविधा प्रदान गर्ने रणनीति बनाइरहेको छ। यसका लागि ७ वटै प्रदेशमा अध्यागमन स्याटेलाइट स्टेशन (प्रदेश सम्पर्क केन्द्र) स्थापना गरिन लागेको छ।

 

प्रकाशित २३ माघ २०७५, बुधबार | 2019-02-06 13:00:59
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।