काठमाडौंका चार स्थानको खानेपानीमा दिसा मिसिएको आशंका



काठमाडौंका विभिन्न स्थानमा वितरित खानेपानीका पाइपमा ढल मिसिएको आशंकामा अनुगमन गरिने भएको छ।

यसबारे सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि स्वास्थ्य सेवा विभागले ढल मिसिएको आशंका गरिएका स्थानका खानेपानीको परीक्षण गर्न लागेको हो।

स्वास्थ्य सेवा विभागका जन स्वास्थ्य प्रशासक शम्भुप्रसाद ज्ञवालीका अनुसार आज (बुधबार) खानेपानी तथा ढल निकास विभाग र काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँगको समन्वयमा बानेश्वर, महाराजगन्ज, समाखुसी र मैतीदेवीका विभिन्न स्थानमा रहेका धाराको पानीको नमुना संकलन सुरु गर्न लागिएको हो।

अनुगमनका क्रममा घरका निजी तथा सार्वजनिक धाराका पानीको नमूना संकलन गरिने उनले बताए। शुक्रबारसम्म खानेपानीको नमूना संकलन सकेर त्यसको परीक्षण गरी रिपोर्ट सार्वजनिक गरिने उनले जानकारी दिए।

जनस्वास्थ्य प्रशासक ज्ञवालीले भने, ‘खानेपानीको परीक्षणका लागि हामीले जनस्वास्थ्य कार्यालयलाई पानी परीक्षण मेसिन र तालिम दिएका थियौँ। उनीहरूले आफ्नो काम राम्रोसँग नगर्दा समस्या आयो।’

यसअघि पनि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खानेपानीमा दिसामा पाइने किटाणु ‘कोलिफर्म’ भेटिएको थियो। जसले झाडा, पखाला, जन्डिसलगायतका प्रकोप फैलिने गरेको छ।

प्रकाशित २३ माघ २०७५, बुधबार | 2019-02-06 10:24:58
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।