Exclusive

नेपालको पहिलो भूउपग्रह प्रक्षेपण वैशाख ४ मा



नेपालको पहिलो भूउपग्रह ‘नेपाल स्याट–वान’। तस्विर: बर्डस् परियोजना
नेपालको पहिलो भूउपग्रह ‘नेपाल स्याट–वान’। तस्विर: बर्डस् परियोजना

नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट वान’ आगामी बैशाख ४ मा अन्तरिक्षमा प्रक्षेपण हुने भएको छ।

अमेरिका, भर्जिनिया, वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट नेपालकाे पहिलो नानो भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो। जापानमा अध्ययन गरिरहेका विद्यार्थी आभाष मास्केले ‘नेपाली स्याट वान’ नानो स्याटलाइट निर्माण गरेका हुन्।

‘हाम्रो प्रतिक्षाको समय सकिएको छ। अर्बिटल एटिकेले स्याटलाइट प्रक्षेपण गर्ने मिति जानकारी गराएको छ। अप्रिल १७ (बैशाख ४) का दिन नेपाली स्याटलाइट अन्तरिक्ष केन्द्रका लागि प्रक्षेपण गरिने तय भएको छ,’ जापानबाट मास्केले नेपालखबरसँग भने।

नेपालको सूर्य चन्द्र झण्डा अंकित सो भूउपग्रह प्रक्षेपणका खर्च नेपाल सरकारले ब्यहोरेको छ। त्यसका लागि नेपाल सरकारले २ करोड रुपैया खर्च गरेको छ। अमेरिकामा निजी कम्पनी अर्बिटल एटिकेको सिग्नस एनजी इलाभेन मिसनबाट नेपालको पहिलो नानो स्याटलाइट प्रक्षेपण हुनेछ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस)का कार्गो लिएर जाने एन्टारेस रकेटले नेपालसँगै श्रीलंकाको ‘रावण वान’ र जापानको युगुइसीमा नानो स्याटलाइट अन्तरिक्षमा प्रक्षेपण गर्नेछ। त्यसको करिब एक महिनापछि अन्तरिक्ष केन्द्रबाट पृथ्वी कक्षमा यो भूउपग्रह छोडिनेछ।

अमेरिका, भर्जिनिया, वल्लोप्स द्वीपस्थित अर्बिटल एटिके प्रक्षेपण केन्द्र

अमेरिका, भर्जिनिया, वल्लोप्स द्वीपस्थित अर्बिटल एटिके प्रक्षेपण केन्द्र

१० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर अग्लो भूउपग्रह मानिसका हातमा अटाउँछ। यो १ किलो ३३० ग्रामको छ।

नेपाल वान भूउपग्रह पृथ्वीका सतहभन्दा चार सय किलोमिटरमाथि अन्तरिक्षमा रहनेछ। प्रत्येक ९० मिनेटमा पृथ्वीका एक चक्कर चलाउने यो भूउपग्रहले दैनिक १६ पटक पृथ्वीका परिक्रमा गर्नेछ। त्योमध्ये दैनिक चार पटक नेपालको आकाशमा आइपुग्नेछ।
जापानस्थित क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी(क्युटेक)मा भूउपग्रह प्रविधिमा विद्यावारिधी गदै मास्केले क्युटेकको बर्ड्स परियोजना अन्तर्गत छात्रवृत्तिमा नानो भूउपग्रह निर्माण गरेका हुन्।

जापानले आफ्नो छुट्टै अन्तरिक्ष अनुसन्धान कार्यक्रम नभएका देशहरुलाई सहयोग गर्न ज्वाइन्ट ग्लोबल मल्टिनेसनल बर्डस् स्याटलाइट परियोजना सञ्चालन गर्दै आएको छ।

जापान एरोस्पेस एक्लोरेसन एजेन्सी (जाक्सा) ले गत बिहीबार नेपाली भूउपग्रहको स्ट्यान्डर्ड, सेफ्टी र फिट टेस्ट गरेको थियो। जाक्साको सुकुबा स्पेश सेन्टरमा भएको परीक्षण सफल भएको छ।

यसअघि क्युटेकको प्रयोगशालामा रकेटबाट प्रक्षेपण गर्दा स्याटलाइटको हार्डवेयरमा आउनसक्ने समस्याका लागि भाइब्रेसन र अन्तरिक्षमा राखिने अवस्थाबारे इन्भारोमेन्टल स्पेश र थर्मल परीक्षण गरिएको थियो। नेपाल स्याट यो परीक्षणमा सफल भइसकेको छ।

‘सबै परीक्षण हाम्रो स्टयाटलाइट पास भएको छ । फागुन ३ मा क्युटेकमा पत्रकार सम्मेलनमा गरेर हाम्रो स्याटलाइटको बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ,’ मास्केले भने।

क्युटेकले पत्रकार सम्मेलनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)का उप कुलपति डा सुनिलबाबु श्रेष्ठ सहभागी हुने कार्यक्रम रहेको छ। ‘फागुन ६ मा जाक्सालाई क्युटेकले स्याटलाइट हन्तान्तरण गर्ने कार्यक्रम रहेको छ,’ मास्केले भने, ‘जाक्साबाट यो अमेरिकामा जाने छ। त्यहीँबाट प्रक्षेपण हुनेछ।’

मास्केले निर्माण गरेको भूउपग्रह व्यवसायिक नभई शैक्षिक प्रयोजनका लागि हो। यो भूउपग्रहले चार विषयमा काम गर्नेछ।

यसमा फोटोका लागि क्यामेरा जडान गरेका गरिएको छ। जसले अन्तरिक्षबाट खिचिएको फोटोहरु प्रचारका लागि सञ्चार माध्यहरुलाई उपलब्ध गराउनेछ। दोस्रो लोरा डेमोस्ट्रेसन मिसनको काम गर्नेछ। अन्य संस्थाले बनाएको उपकरणमा कम ऊर्जामा कसरी सञ्चार गर्ने भनेर यसबाट परीक्षण हुनेछ। यो अध्ययन सफल भए भविष्यमा प्राकृतिक प्रकोपको समयमा थोरै ऊर्जामा सञ्चार गर्न सक्ने गरी नयाँ प्रविधिको विकास हुनेछ।

नेपाली स्याटको आयु ६ महिनादेखि एक वर्षबीचमा हुने अनुमान गरिएको छ।

भूउपग्रहसम्बन्धी थप सामग्री:

१. ‘मेड इन नेपाल’ पहिलो भूउपग्रह भक्तपुरमा तयार

२. नेपालको पहिलो भूउपग्रहको जापानमा सफल ‘हार्डवेयर’ परीक्षण

प्रकाशित २२ माघ २०७५, मंगलबार | 2019-02-05 14:32:25
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।