डेजाभू क्लबको मुद्दा इन्टरपोलमा


Kshamadevi Group


मनोज श्रेष्ठ
मनोज श्रेष्ठ

बैंकिङ कसुरमा प्रहरीले दरबारमार्गस्थित क्लब डेजाभूका एकजना शेयरधनीबिरुद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी गरेको छ।

डेभाजुका तत्कालीन अध्यक्ष मनोज श्रेष्ठबिरुद्ध डिफ्युजन नोटिस जारी भएको हो।

अमेरिकन डिजे मार्सेमेलो ल्याउने भनेर ठगी गरेको आरोपमा अदालतमा ठगी मुद्दा चलिरहँदा क्लबबिरुद्ध बैंकिङ कसुरको अर्को मुद्दा अघि बढेको हो।

इन्टरपोलको काठमाडौं एनसिबीले हङकङमा लुकिछिपी बसेको आशंका गरिएका मनोजबिरुद्ध १४ माघ २०७५ (२८ जनवरी २०१९) मा डिफ्युजन जारी गरेको हो। यो नोटिस जारी भएका ब्यक्तिबिरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले सघन निगरानी राख्छ। आवश्यक परे नियन्त्रणमा लिन्छ।

उनीबिरुद्ध दोलखा घरभई काठमाडौं बस्ने विश्वराम श्रेष्ठले डेजाभूको शेयर बिक्री र मर्मत सम्भारका लागि भन्दै विभिन्न मितिमा लिएको २ करोड रुपैयाँ नदिएको आरोप छ। विश्वरामलाई मनोजले फरक मितिमा दिएका एक–एक करोडका दुई चेक बाउन्स भएपछि बैंकिङ कसुरमा १३ पुस २०७५ मा जाहेरी दिएका थिए। यी दुवै चेक डेजाभुकै नबिल बैंक खाताका हुन्।

विश्वरामको जाहेरीमा मनोजविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट २० पुस २०७५ मा पक्राउ पूर्जी जारी गरेको थियो। त्यसको दुई दिनपछि निवेदक विश्वरामले मनोज भागेर हङकङ पुगेको जानकारीसहित अर्को निवेदन प्रहरीमा दिए। दोस्रो निवेदनपछि महानगरीय प्रहरी परिसर काठमाडौंले इन्टरपोललाई पत्र लेखेअनुसार उनीविरुद्ध नोटिस जारी भएको हो।

सो निवेदनमा मनोजसँगै समिप शिलाकार र अनान गुरुङलाई समेत विपक्षी बनाइएको थियो। प्रहरी तीनै जनाविरुद्ध मुद्दा लिएर सरकारी वकिल कार्यालय गएको थियो। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले चेकमा हस्ताक्षर मनोजको मात्र रहेकोले उनीबिरुद्ध मात्र मुद्दा अघि बढाएको हो।

मनोज श्रेष्ठ

मनोज श्रेष्ठ

विश्वरामले दिएको १३ पुसको जाहेरीमाथि कारवाही प्रक्रिया चलिरहँदा डेजाभू सञ्चालक समिति बैठकले २०७५ पुस १४ मा मनोज श्रेष्ठबिरुद्ध चेकको दुरुपयोग र आपराधिक विश्वासघात गरेको आरोपसहित सरकारी वकिल कार्यालयमार्फत पूरक जाहेरी दर्ता गराएको हो।

हालका अध्यक्ष प्रवेश श्रेष्ठसहित शेयरधनी समिप शिलाकार र प्रतिक श्रेष्ठले कम्पनीका अधिकृत राजेश मल्ललाई अख्तियारी दिएर मुद्दा अघि बढाएका हुन्। परिसर प्रमुख एसएसपी बसन्त लामाले घटनाका आरोपी पक्राउ गर्न आनकानी गरेको समाचार बाहिरीएपछि डेजाभू एकपटक फेरि चर्चामा आएको हो।

‘हामीले जाहेरी अनुसारको मिसिल सरकारी वकिल कार्यालयमा बुझाएका थियौं,’ एसएसपी लामाले भने ‘सरकारी वकिल कार्यालयले चेकमा हस्ताक्षर चल्ने ब्यक्ति मात्रै विपक्षी हुने भनेपछि अन्य दुईको पक्राउ पूर्जी रद्द भएको हो।’

परिसरमा रहेको मिसिलअनुसार २०७५ बैशाख ७ मा मनोज श्रेष्ठले आफ्नो स्वामित्वमा रहेको क्लबको ६ हजार थान शेयरमध्ये ४ हजार थान शेयर दोलखा स्थायी ठेगाना भएका विश्वराम श्रेष्ठलाई बिक्री गरेका थिए। बिक्रीको कपाली तमसुकमा पर्वतका युवराज सापकोटा र गोरखाका पदमबहादुर श्रेष्ठ साक्षी बसेका छन्। सोही दिन सञ्चालक समितिको बैठक बोलाएर अध्यक्ष मनोजले शेयर बिक्रीको निर्णय गरेको बोर्ड बैठक माइनुटबाट देखिन्छ। तर बैठकमा उपस्थित भनिएका अनान गुरुङ, समिप शिलाकार र प्रतिक श्रेष्ठले माइनुटमा हस्ताक्षर गरेका छैनन्। बिक्री गर्ने मनोज र खरिद गर्ने विश्वरामले मात्र हस्ताक्षर गरेका छन्।

प्रहरीका अनुसार २०७३ कात्तिक १२ मा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको डेजाभु क्लबमा गंगाबहादुर पुरी, अनान गुरुङ, पृथु बाँस्कोटा, प्रवेश श्रेष्ठ, मयंक खड्का र मिलोन श्रेष्ठ शेयरधनी छन्। कम्पनीले २०७५ साउन २१ मा विशेष साधारण सभा बोलाएर अध्यक्षबाट मनोजलाई हटाएको थियो। आफू अनुकूल कम्पनी सञ्चालन गरेको र हरहिसाब गडबड गरेको आरोप साधारण सभाले लगाएको थियो।

प्रकाशित २१ माघ २०७५, सोमबार | 2019-02-04 12:45:20
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।