यसरी उठ्दैछ भूकम्पले ढालेको १३ सय वर्ष पुरानो काष्ठमण्डप



हेनरी वल्डफिल्डद्वारा लिखित ‘स्केचेज फ्रम नेपाल’ पुस्तकमा राखिएको काष्टमण्डपको चित्र
हेनरी वल्डफिल्डद्वारा लिखित ‘स्केचेज फ्रम नेपाल’ पुस्तकमा राखिएको काष्टमण्डपको चित्र

जगसहित ढलेका पुरातात्विक साँस्कृतिक सम्पदा पुनर्निर्माणमा नयाँ जग बनाउने वा पुरानै जगमा नयाँ संरचना बनाउने भन्ने विषयमा विवाद भइरहेका बेला काष्ठमण्डप पुरानै जगमा निर्माण हुँदैछ।

पुरातत्व विभागले पुरानै जगमा पुनर्निर्माण गर्न स्वकृति दिएपछि पुरानै जगलाई मर्मत गरी काष्ठमण्डप पुनर्निर्माणको सुरु गरिएको हो।

एउटै रुखको काठबाट बनेको सत्तलको नामबाट नै काठमाडौँको नामाकरण भएको बताइने गरिएको छ। १२ औँ शताब्दीमा बनेको विश्वास गरिएपनि बेलायतको दुराहम विश्वविद्यालय र पुरातत्व विभागको अध्ययनले काष्ठमण्डप सातौँ शताब्दीमा निर्माण भएको पत्ता लगाएको थियो।

पुनर्निर्माण समितिका अनुसार, परम्परागत सामाग्री र प्रविधि प्रयोग गरी पुरानै स्वरुपमा ल्याउने गरी काष्ठमण्डप पुनर्निर्माण सुरु हो। पुनर्निर्माणका लागि काठबाहेक मसिनो माटो, बालुवा र मसिनो बालुवा प्रयोग गरिँदैछ।

काष्ठमण्डपको गारो निर्माणका क्रममा तीन किसिमको माटो प्रयोग गरिँदैछ। तिनमा काष्ठमण्डप ढलेपछि त्यहीँ रहेको पुरानो, धरहरा पुनर्निर्माणका क्रममा निकालिएको र ताहाचलको गरी तीन स्थानको माटो प्रयोग हुनेछ। सम्भव भएसम्म काष्ठमण्डपकै पुराना इँटा, काठ पनि पुनः प्रयोग हुँदैछन्।

काष्टमण्डपका लागि आवस्यक थाम तयार पारिँदै

काष्टमण्डपका लागि आवस्यक थाम तयार पारिँदै

१२ बैशाख ०७२ को भूकम्पले भत्काएपछि सुरक्षित राखिएको तर, काम नै नलाग्ने अवस्थामा रहेका इँटा टुक्रा विष्णुमती नदी किनाराको बगैँचामा र काठ हनुमानढोका दरवारको उत्तर–पश्चिममा रहेको तथा भूकम्पले जीर्ण बनाएको महानगरीय प्रहरी परिसरमा राखिएको छ।

काष्ठमण्डप पुनर्निर्माणका लागि नयाँ काठहरु बर्दिबासवाट काठ ल्याइएको छ। नेपाल टिम्बर कर्पाेरेसन (टिसिएन) सँग पुरातत्व विभागको लागत अनुसार १७ हजार ५८ क्युपिट काठ ल्याउने सम्झौता भइसकेको छ।

प्रदेश–३ को सांसद समेत रहेका काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यका अनुसार काष्ठमण्डपमा प्रयोग हुने ढुङ्गामध्ये केही भक्तपुरबाट ल्याइएको छ। यसैगरी, भक्तपुरकै दक्षिणबाराही इँटा उद्योगमा मौलिक रुपमा तयार पारिएको सादा इँटा पुनर्निर्माणमा प्रयोग हुँदैछ।

‘काष्ठमण्डपमा सादा इँटाको प्रयोग गरिएको पाइयो, ‘ठूलो मा आप्पा’ र ‘सानो मा आप्पा’ गरी दुईथरीका इँटा प्रयोग भएका छन्’ संयोजक शाक्यले नेपालखबरसँग भने, ‘त्यसै अनुसार सादा खालका दुई प्रकारको इँटा प्रयोग गरी काष्टमण्डपको गारो ठड्याइँदैछ।’

पुरातत्व विभागले दिएको प्रतिवेदनमा काष्ठमण्डपमा प्रयोग पुरानो माटो ताहाचलमा भेटिएपछि अपुग माटो त्यहाँबाट ल्याइएको छ। ‘परीक्षणबाट माटो, बालुवा र मसिनो बालुवाको मिश्रणयुक्त माटो प्रयोग गरिएको थाहा भयो’ शाक्य भन्छन्, ‘सुरुमा त्यस्तो माटो खोज्न कीर्तिपुर, इचंगुनारायण, सीतापाइलामा समेत पुग्यौँ।’

काष्टमण्डप पुनर्निर्माणका लागि अनुदान हस्तान्तरण कार्यक्रम

काष्टमण्डप पुनर्निर्माणका लागि अनुदान हस्तान्तरण कार्यक्रम

पुरातत्व विभागका अनुसार, काष्टमण्डपमा काठका चार वटा थाम प्रयोग हुनेछन्। ती मध्ये ३ वटा थाम पुरानै हुनेछन् भने र बाँकी एउटा थाम चाहिँ नयाँ प्रयोग हुनेछ। भत्किएको काष्टमण्डपका पुराना तीन थाम पुनर्निर्माणका क्रममा प्रयोग गर्न सकिने विज्ञहरुले बताइसकेका छन्। पुरानामध्ये ३० प्रतिशत काठ काम लाग्ने अवस्थामा छन्।

जहाँसम्म कामदारको कुरा हो, त्यसका लागि उनीहरु भक्तपुरबाट ल्याइएका छन्। दैनिक हाजिरीका आधारमा ज्याला पाउने गरी उनीहरुले काम गरिरहेका छन्।

यसमा काठमाडौँ महानगरपालिकाको आर्थिक र पुरातत्व विभागको प्राविधिक सहयोग रहेको छ। पुनर्निर्माणका लागि १९ करोड खर्च लाग्ने अनुुमान निर्माण समिति गरेकोमा ५ करोड रुपैयाँ खर्च भइसकेको छ।

०७५ बैशाखबाट पुनर्निर्माण काम सुरुवात भएको काष्ठमण्डप तीन बर्षभित्र सम्पन्न गर्ने कार्यतालिका निर्माण समितिले बताएका छ। माघ महिनाभित्र सत्तलको बीच भागमा ४ वटा थाम उठाइसकिएको छ भने आगामी असार मसान्तसम्म भुइँतला निर्माण कार्य सम्पन्न गरिँदैछ।

सन् १९६० को दशकको काष्टमण्डप

सन् १९६० को दशकको काष्टमण्डप


पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिका–२३, २४, १९ र २० वडाका अध्यक्षहरुको रोहवरमा समिति गठन गरिएको छ। पुनर्निर्माण समिति बनेपछि गत साउनसम्म पूर्वाधार विकास र जनशक्ति खोज्ने काम भएको थियो भने भदौमा निर्माणक्षेत्र सफा गरिएको थियो।

यति काम भइसकेपछि २२ कार्तिकमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले ‘काष्टमण्डप निर्माण शुभारम्भ’ पूजा गरेका थिए, त्यसपछि काष्टमण्डपको विधिवत् पुनर्निर्माण सुरु थियो।

प्रकाशित १९ माघ २०७५, शनिबार | 2019-02-02 12:49:19
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...