डा.गोविन्द केसीद्वारा अनसन स्थगित, आन्दोलन जारी राख्ने



डा.गोविन्द केसी
डा.गोविन्द केसी

सरकारले आफूलाई निर्वाचित गर्ने तीन करोड जनताको हित हैन आफू निकट एक व्यक्तिका लागि कानुन बनाउँदै नीतिगत भ्रष्टाचार तथा जनमतको अपमान गरेको छ: डा.केसी

नागरिक अगुवाको आग्रह स्वीकार्दै डा.गोविन्द केसीले शुक्रबार साँझ अनसन स्थगित गरेका छन्।

त्रिवि शिक्षण अस्पतालका कुचिकार अमृत पुजारी, पूर्व सभामुख दमननाथ ढुंगाना र पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको हातबाट जुस पिउँदै उनले १६ औं अनसन तोडेका हुन्। यो पटक उनले २४ औं दिनमा अनसन तोडेका हुन्।

त्रिवि शिक्षण अस्पतालस्थित गणेशमान सिंह भवनमा अनसन तोड्दै उनले यसअघि १५ औं अनसनका बेला भएको सम्झौता उल्लंघन गरेर सरकारले बेइमानी गरेको बताए।

‘नागरिक समाजको आग्रहमा मैले अनसन तोडेँ तर यो ऐन स्वीकार्य छैन’, डा. केसीले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘प्रधानमन्त्री खड्गप्रसाद ओली आमनागरिकको हितविपरित एउटा व्यक्तिलाई मलजल गर्न लाग्नुभएको छ। एक जना व्यक्तिका लागि सम्झौता विपरित कानुन फेरबदल गरिनु धोका हो।’

सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक विद्यार्थीमुखी नभएको उनले बताए। १७ औं सत्याग्रहका लागि आफू तयार रहेको भन्दै उनले विधेक प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई आग्रह गर्ने जानकारी दिए। अनसन स्थगित भए पनि चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि आन्दोलन जारी रहने उनले जनाए।

प्रधानमन्त्रीले बेइमानी गरेको आरोप

प्रधानमन्त्री केपी ओलीमा संस्थागत र व्यक्तिगत इमान र विश्वसनीयता नभएको भन्दै उनले भने, 'प्रधानमन्त्री आफैंले विगतमा गरेको निर्णय र गराएको सम्झौताबाट विचलित हुनु, आफ्नो बेइमानी र अनैतिक कामको बचाउ गर्नुले प्रधानमन्त्रीको निर्णय क्षमता प्रभावित भएको देखाउँछ। यस बाहेक अन्य प्रसंगहरुमा समेत प्रधानमन्त्रीका उडन्ते अभिव्यक्ति र हाउभाउले उहाँ राज्य सञ्चालनका लागि असक्षम र अस्वस्थ भएको देखाउँछ।'

सुधारकै लागि भनेर कानुन निर्माण गरिए पनि मुल जडका रुपमा रहेको सम्बन्धनका विकृतिलाई ज्यूँका त्युँ राख्ने, सम्बन्धनको विकृतिलाई कानूनी बैधता दिने र यसबाट मुठ्ठीभरका आसेपासेलाई फाइदा पुर्याउने सरकारको नियत देखिएको डा.केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 'सरकारले आफूलाई निर्वाचित गर्ने तीन करोड जनताको हितमा हैन आफू निकट एक व्यक्तिका लागि कानुन बनाउँदै नीतिगत भ्रष्टाचार तथा जनमतको अपमानको उत्कर्ष उदाहरण पेश गरेको छ', विज्ञप्तिमा भनिएकाे छ, 'यसले सरकार र सत्तारुढ पार्टीको वैधतामाथि गम्भीर प्रश्न उठाएको छ।'

चिकित्सा शिक्षा विधेयक जबर्जस्ती र लोकतान्त्रिक व्यवस्थाको धज्जी उडाउँदै पारित गरिएको भन्दै डा.केसीले त्यसरी पारित गरिएको ऐन स्वीकार्य नहुने उल्लेख गरेका छन्।

आफूसँग भएको सम्झौताअनुसार चिकित्सा शिक्षासम्बन्धी विधेयक नआएको र द्वन्द्वपीडितहरुले न्याय पाउनु पर्ने माग गर्दै केसी पुस २५ देखि आमरण अनसन बसेका थिए।

इलामबाट सुरू भएको यो उनको १६ औँ अनसन थियो। स्वास्थ्य समस्या देखिएपछि डा केसीलाई २ माघमा हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो।

याे पनि: अनसन फिर्ता लिन डा. केसीलाई नागरिक अगुवाको आग्रह

प्रकाशित १८ माघ २०७५, शुक्रबार | 2019-02-01 19:20:01
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...