सय बर्षदेखि २२ हजार किलो सुनचाँदी थुपारिएको यो गोप्य राज्य-ढुकुटी



मल्लकालदेखिका गरगहना राखिएको ढुकुटीस्थलको छानो
मल्लकालदेखिका गरगहना राखिएको ढुकुटीस्थलको छानो

मल्ल तथा शाहकालिन राजाहरुको पालामा जारी भएका सुनचाँदीका सिक्कासहित विभिन्न देवी देवतालाई चढाइएका हजारौँ थान सिक्का र गरगहना बसन्तपुरस्थित फरासखानामा जम्मा भएर रहेका छन्।

ती सिक्का र गरगहना राख्ने स्थान नहुँदा भुकम्पले क्षतिग्रस्त सो फरासखाना पुनर्निर्माणमा कठिनाई उत्पन्न भएको छ। २२ हजार थान गरगहना, सुनका सिक्का सहित पुरातात्विक महत्वका बस्तु फरासखानामा जम्मा भएर रहेको हो।

भद्रकालीस्थित गुठी संस्थान अन्तर्गतको केन्द्रीय लगत तथा अभिलेख शाखाका प्रमुख राजेन्द्र दाहालका अनुसार, फरासखानामा रहेका ती बहुमूल्य सिक्का, गरगहना र अन्य बस्तुको १९६३ सालदेखिको लगत रेकर्ड रहेको छ।

कति छ सुन, कति छ चाँदी?
फरासखानामा संकलित भएका बहुमूल्य सामाग्रीमध्ये चाँदीका इँटा र मुद्राको तौल ११ हजार १ सय ८९ किलो ८ सय ३१ ग्राम छ भने चाँदी–तामा मिसाइएका धातु ४ हजार २ सय २ किलो ६० ग्राम रहेको छ।

त्यहाँ १६ किलो २ सय २१ ग्राम सुनसमेत रहेका छ, जसमा काँचो सुन १५ सय २३ ग्राम छ भने बुकी सुन २ किलो २ सय १० ग्राम छ। यसैगरी विभिन्न समयमा जारी गरिएका १९ किलो ३ सय ९३ ग्रामका सुनका मुद्रा छन्।

तथ्याङ्क अनुसार, त्यहाँ केही सुनका भाँडासमेत छन्। सबैगरी सुनका भाँडाको तौल १३ किलो ४ सय ग्राम रहेको छ। यी बहुमूल्य सामाग्री हनुमानठोका दरबार हेरचाह अड्डाको निगरानीमा रहेका छन्। ढुकुटीघर गुठी संस्थान अन्तर्गत रहँदै आएको छ।

त्यहाँ सुनका सिक्का, भाँडाकुँडा र अन्य सामाग्री गरी थप २ हजार २ सय ३४ किलो ५ सय ५७ ग्राम सुन रहेको छ। यसैगरी सुनको जलप लगाइएका २ हजार ६ सय ८४ किलो ७ सय ग्राम बराबरका धातुजन्य सामाग्री पनि छन्।

यसबाहेक ३ किलो ६ सय ६ ग्राम बराबरको बहुमूल्य पत्थर पनि त्यहाँ रहेको छ।

विसं १९७० सालमा तत्कालीन श्री ३ चन्द्र शमशेरले ढुकुटी घरको रुपमा फरासखाना स्थापना गरेपछि त्यहाँ राज्यको सम्पत्तिको रुपमा रहेको गरगहना, मुद्रा लगायतका बस्तु राख्न थालिएको हो। उक्त ढुकुटी राजा महेन्द्रको राज्याभिषेकका बेला प्रयोगमा ल्याएपछि बन्द रहेको छ।

गणतन्त्र स्थापनापछि २२ साउन २०६९ को मन्त्री परिषदको निर्णयवाट विभिन्न निकायका प्रतिनिधिको टोलीले फरासखाना खोली त्यहाँ रहेका सामाग्रीको अवलोकन र लागत राख्ने काम गरेको थियो।

पुरातत्व विभागका पूर्व महानिर्देशक भेषनारायण दाहाल नेतृत्वको २५ जनाको टोलीले यो काम गरेको थियो।

यो हो फरासखाना
जहाँसम्म फरासखानाको प्रसङ्ग हो, पञ्चायतकालमा राज्यको तर्फबाट आयोजना गरिने विभिन्न सभा–समारोहको प्रबन्धका लागि छुट्टै शाखाको रुपमा यसको स्थापना गरिएको थियो। राजतन्त्रकालमा शाही पाहुनाको सत्कार तथा अतिथि गृहको कामपनि यसैले गथ्र्याे।

गृहमन्त्रालय अन्तरर्गत रहेको फरासखानालाई ०४६ मा बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछि नेपालको झन्डा बनाउने, विभिन्न स्थानमा टाँगिएका र फहराइएका पुराना झण्डा परिवर्तन गरी नयाँ झण्डा राख्ने काम गर्न थाल्यो।

हाल पनि गृहमन्त्रालय अन्तर्गत नै रहेको यसलाई मन्त्रालयको समारोह प्रबन्ध शाखा अन्तर्गत निरन्तरता दिइएको छ। फरासखाना मल्लकालिन दरवारको रुपमा बसन्तपुरस्थित गद्दी बैठकसँगै जोडिएको छ।

०४६ मा बहुदलीय व्यवस्थाको पुनस्र्थापना भएपछि ०५० मा त्यहाँ भएका गरगहना, सिक्का सहितका सामाग्रीहरु रुजु गरी अद्यावधिक गरिएको थियो। साथै, त्यहाँ भएका सामाग्रीहरु संग्रहालमा राख्ने, सुरक्षित राख्ने र काम नलाग्ने गरी तीन भागमा विभाजन गरेर त्यसै अनुसार व्यवस्थापनको निर्णय समेत भएको थियो।

तर, त्यो काम बहुदलीय व्यवस्थाकालभरि हुन सकेन। जब १२ बैशाख ०७२ को विनासकारी भूकम्पले फरासखानालाई समेत क्षति पु¥यायो, त्यसलाई पुनर्निर्माण गर्नुपर्ने भएपनि ती बहुमूल्य गहना राख्ने स्थान व्यवस्था नहुँदा समस्या परेको छ।

प्रकाशित १४ माघ २०७५, सोमबार | 2019-01-28 16:10:32
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।