किन देखिन छाडे काठमाडौँमा घोडा चढेका ट्राफिक प्रहरी?



घोडामा ट्राफिक प्रहरी
घोडामा ट्राफिक प्रहरी

घोडचढीमार्फत जाम व्यवस्थापन गरेर लोकप्रियता कमाएको ट्राफिक प्रहरीसँग घोडा अभाव हुँदै गएपछि पहिलेजस्तो सेवा दिन सकेको छैन। भएका घोडाहरुको उमेर ढल्कँदै जानु र उमेरदार घोडाहरु पनि विरामी पर्न थालेपछि यस्तो स्थिति सिर्जना भएको हो।

२०३४ सालदेखि जाम व्यवस्थापनका लागि घोडाको प्रयोग गर्दै आइरहेको ट्राफिक प्रहरीले अत्याधिक जाम हुने स्थानमा ट्राफिक प्रहरीले घोडा चढेर जाम व्यवस्थापन गर्दै आएको छ। यसको व्यवस्थापन तथा परिचालनका लागि घोडचढी शाखासमेत छ।

ट्राफिक प्रहरीलाई आवश्यक तालिम दिएर घोडचढी विभाग अन्तर्गत सडक व्यवस्थापनमा खटाउने गरिन्छ। २०६० सालअघि नेपाली सेनाले तालिम दिने गरेको थियो। त्यसपछि भने ट्राफिक शाखामार्फत् नै प्रहरीलाई तालिम दिने र घोडाको हेरचाह गर्ने काम गर्दै आइरहेको छ।

घोडचढी किन?
राजधानीको ट्राफिक व्यवस्थापनका लागि हाल झन्डै १५ सय ट्राफिक प्रहरी खटिएका छन्। तर, पिक आवर, विशेष पर्व वा विशिष्ट व्यक्तित्वको सवारीका क्रममा अत्याधिक जाम हुने गर्छ। जतिबेला प्रहरीसँग रहेको घोडाको प्रयोग गरिन्छ।

१ वटा घोडाले १२ जना ट्राफिक प्रहरीले बराबर जाम व्यवस्थापनको काम गर्छ। पैदलयात्रु तथा सवारी चालकले घोडामा चढेका प्रहरीको निर्देशक स्पष्ट देख्ने, घोडामा चढेका प्रहरी देखेपछि संयमित हुने र प्रहरीले पनि नियम उल्लघंन गरेको सहजै देख्ने हुँदा घोडाको माध्यमबाट जाम ट्राफिक व्यवस्थापन सहज हुने गरेको अनुभवी ट्राफिक प्रहरीहरु बताउँछन्।

ट्राफिक व्यवस्थापनका लागि घोडचढी ट्राफिकहरु राजधानीका नयाँ बानेश्वर, कोटेश्वर, कालिमाटी, सुन्धारालगायत बढी जाम हुने खटिने गरेका छन्। यसैगरी आवश्यकता अनुसार अन्य स्थानमा खटाउने गरिएको छ। तर, घोडाहरुको अभावका कारण पछिल्लो समय घोडा चढेका ट्राफिक प्रहरीहरु सुन्धारा र भोटाहिटी क्षेत्रमा मात्र भेटिन्छन्।

अधिकांश घोडा बिरामी
हाल ट्राफिक प्रहरीसँग १४ वटा घोडा छन्। नेपाली सेनाले प्रहरीलाई २०७२ कात्तिकमा १० घोडा प्रदान गरेको थियो। त्यसअघि प्रहरीसँग ८ वटा घोडा थिए। नेपाली सेनाले प्रत्येक बर्ष औसत ५–६ घोडा नेपाल प्रहरीलाई प्रदान गर्ने गरेको छ।

नेपाली सेनाले ८ घोडा प्रदान गरेपछि नेपाल प्रहरीसँग १८ वटा घोडा रहेकोमा यसबीचमा ४ वटाको उमेर र विमारका कारण मृत्यु भएपछि १४ घोडामात्र बाँकी छन्।

१४ मध्ये पनि ४ वटाले नियमित काम गरिरहेका छन्। २ वटा घोडाको उमेर पुगेको छैन भने बाँकी ८ वटा घोडा बिरामी छन्। प्रहरीका भनाईमा, ती मध्ये २ वटा घोडा सडकमा निकाल्यो कि तर्सन्छन्।

 ०७२ कार्तिकमा ट्राफिकलाई घोडा प्रदान गर्दै तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्री

०७२ कार्तिकमा ट्राफिकलाई घोडा प्रदान गर्दै तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्री

उपत्यका ट्राफिक कार्यालयका अनुसार, सामान्यतया घोडाको आयु २५ वर्ष हुने गर्छ। हाल ट्राफिक प्रहरीसँग रहेको अधिकांश घोडा १७ वर्ष नाघेका छन्। यस आधारमा के भन्न सकिन्छ भने, औषतमा ती घोडा बृद्धअवस्थामा प्रवेश गरिसकेका छन्।

खासमा नेपाल प्रहरीका घोडाको स्रोत भनेको नेपाली सेना नै हो। नेपाली सेनाले पनि भारतबाट ल्याउने गर्छ। त्यसमध्ये तन्दुरुस्त भनिएका घोडा ट्राफिक प्रहरीलाई दिन्छ। तर, ती घोडा लामो समय टिक्दैनन्। कि बिरामी हुन्छन्, कि तिनको मृत्यु हुने गरेको छ।

भारतबाट ल्याइएका घोडा ग्रामीण भेगमा जन्मेका हुन्छन्। गाउँघर जन्मेका भएकाले तिनले हरियो घाँस, मकै खाएका हुन्छन्। तर, भारतमा छँदा स्वस्थ र पौष्टिक खानेकुरा पाएका घोडाले नेपाल ल्याइएपछि सोही अनुसारको खानेकुरा पाउँदैनन्।

ट्राफिक प्रहरी अन्तर्गत घोडचढी शाखाका प्रमुख समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) सोम भुजेल भन्छन्, ‘नेपाल ल्याएर सोही अनुसारको खानेकुरा खुवाउन नसकेकाले नै हामीीसँग रहेका घोडा चाँडै बिरामी हुने गरेका हुन्।’

नेपाल प्रहरीले भारतबाट ल्याइएका घोडालाई चना, जही घाँस, चोकर, पराल, सोत्तर, जाडोमा आलस जस्ता खानेकुरा दिने गरेको छ। एक त घोडाले सानैदेखि पाएको खानेकुरा पाउँदैनन्। दुई, हावापानी र वातावरणका कारण घोडाहरु बिरामी हुने गरेका छन्।

बिरामी परेका घोडाको उपचारका लागि चिकित्सक छन्। तर, बृद्ध अवस्थामा पुगेर बिरामी परेका घोडाले भने पूर्ववत काम गर्न सक्दैनन्। ट्राफिक प्रहरीलाई ढाडमा बोकेर बोकेर चर्काे घाम र मुसलधारे पानीका बीच सडकमा रहनु पर्ने भएकाले घोडाको काम सहज छैन।

म्यानवापर र खर्च उत्तिकै
ट्राफिक प्रहरीसँग १८ घोडा छन् र तिनको घोडा परिचालन तथा हेरचाहका लागि गठन गरिएको घोडचढी शाखामा पनि १८ जना स्थायी कर्मचारी नै छन्। अन्य ४ जना अस्थायी दरबन्दीमा काम गरिरहेका छन्। घोडालाई खाना खुवाउने, व्यायाम गराउने, प्रहरीलाई प्रशिक्षण दिने लगायतका काम यही शाखामार्फत् हुने गरेको छ।

बिडम्बना के छ भने ४ घोडाले मात्र काम गरिरहेको भए तापनि सबै घोडालाई व्यायाम तथा खानपान गराउनुपर्छ। त्यसवापत प्रति घोडा दैनिक ६ सय रुपैयाँसम्म खर्च भइरहेको छ। प्रत्येक घोडालाई प्रतिमहिना दुई जोर टापपनि आवश्यक पर्छ। बिरामी घोडाको हकमा खर्च बढ्न पनि सक्छ।

घोडाबाट ट्राफिक अवस्थाको निरीक्षण गर्दै प्रहरी

घोडाबाट ट्राफिक अवस्थाको निरीक्षण गर्दै प्रहरी

काममा जाने घोडाको भने दैनिक ३५ सयसम्म खर्च हुने गर्छ। प्रत्येक वर्ष ५ देखि ६ वटासम्म घोडा ट्राफिक प्रहरीका लागि आउने गरेको छ। जानकार स्रोतका भनाईमा, घोडाको व्यवस्थापनका लागि भनेर वार्षिक ५० लाख रुपैयाँसम्म बजेट छुट्याउने गरिएको छ।

यसअघि घोडाहरु महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा राखिँदै आएको थियो। तर, गत मंसिरदेखि रानीबारीमा सारिएको छ। घोडाको वासस्थानका लाग त्यहाँ २० वटा घोडा अट्ने टहरा निर्माण गरिएको छ।

रामशाहपथमा साँघुरो ठाउँ भएकाले नयाँ तबेला निर्माण गरेर घोडालाई त्यहाँ सारिएको कमाण्डर भुजेल बताउँछन्।

भुजेलका भनाईमा, यसै वर्ष ६–७ वटा घोडा थप गर्ने योजना पनि छ। उनले भने, ‘हामीसँग भएका धेरै घोडा बृद्ध भइसके, भएकाले केही घोडा थप गर्नका लागि पहल गरेका छौँ।’

प्रकाशित १४ माघ २०७५, सोमबार | 2019-01-28 14:55:19
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna

कृष्ण आचार्यबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।