गोंगबुमा प्रहरीले गाेली चलायो, निसानामा हतियार कारोबारी



प्रहरीको गोली लागेर ढलेका अभिनाश तामाङ
प्रहरीको गोली लागेर ढलेका अभिनाश तामाङ

प्रहरीले राजधानीको गोंगबुमा हतियार करोबारी पक्राउ गर्न गोली चलाएको छ। प्रहरी गोलीको निसाना बन्ने काभ्रेका अभिलाष तामाङ हुन्।

गंगबुको एक होटलमा बसेर हतियारको डिल गरिरहेका तामाङलाई डिएसपी होविन्द्र बोगटीको टोलीले नियन्त्रणमा लिएको हो। घुँडामा गोली लागेका अभिलाषको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

तामाङका साथबाट बरामद पेस्ताेल

तामाङका साथबाट बरामद पेस्ताेल

 

हतियारको कारोबार भइरहेको सूचनाका आधारमा गंगबु मित्रनगरमा रहेको होटल लक प्राईभेट लिमिटेडमा प्रहरीले छापा मारेकाे थियाे। हाेटलकाे एउटा काेठामा बसेका अभिलाषले प्रहरी पुग्नासाथै पेस्ताेल तेर्साएकाे घटनास्थलमा रहेका प्रहरी अधिकारीकाे दाबी छ।  प्रहरीले नियन्त्रणमा लिनेक्रममा गोली चलाएको दाबी गरेकाे हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले नियन्त्रणमा लिनका लागि तामाङ बसेको कोठामा छिर्नासाथ पेस्तोल ताकेपछि गोली चलाउनु परेको बताए।

प्रहरीले तामाङका साथबाट अटोमेटिक पेस्तोल र लोड भएको ६ राउण्ड गोली बरामद गरेको छ। ‘घाइतेका बिषयमा बुझ्ने काम भइरहेको छ, हतियार बेचबिखनको सूचना पाएपछि टोली पुगेको थियो’, उनले भने।

प्रकाशित ८ माघ २०७५, मंगलबार | 2019-01-22 18:17:33
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...