विद्यार्थीमाथि हुने ‘बुलिङ’: सबैले भोगे, खगराजले लेखे



खगराज बराल
खगराज बराल

आफूले देखेका, भोगेका र समसामयिक विषयलाई पुस्तकमा केलाउन रुचाउने शिक्षा सचिव खगराज बरालका हालसम्म १३ वटा पुस्तक प्रकाशित छन्। त्यसमध्ये ९ वटा शिक्षा सम्बन्धि र अन्य गीति संग्रहका रुपमा।

साहित्य क्षेत्रमा आफूलाई श्रमिक बरालका रुपमा चिनाउन रुचाउने उनी संगीतमा पारखीसमेत हुन्। संगीतको आनन्द लिन्छन्, संगीतमा हराउँछन्। अनि कापीका पानामा कलम दौडाउँछन्।

लेखन उनको ‘प्यासन’ हो। भन्छन्, ‘लेख्दा मलाई आनन्द आउँछ, नलेखी म बस्नै सक्दिनँ।’ चाहे त्यो गीत होस् या कविता। आलेख होस् या अनुभव।

गीतदेखि गैरआख्यानसम्ममा हात हालेका बरालको ‘असल विद्यार्थी’ शीर्षकको कविता कक्षा ३ को नेपाली विषयमा पढाई हुन्छ। प्रशासनिक क्षेत्रका कुशल प्रशासक बरालले यसरी आफूलाई कुशल लेखकका रुपमा समेत स्थापित गरेका छन्।

समस्या केलाउने पुस्तक
२०६६ सालमा बरालको ‘शैक्षिक विकासका वैकल्पिक चिन्तन’ नामक पहिलो शैक्षिक पुस्तक प्रकाशित भयो। त्यसअघि २०६२ मा ‘म त सधैँ एक्लै परेँ’ नामक गीति संग्रह निकालेका बरालले आखिर किन शैक्षिक विषयमा हात हाले तर!

‘त्यसअघि म अधिकृतसम्मको जिम्मेवारीमा काठमाडौँबाहिर थिएँ। त्यसैले शिक्षा क्षेत्रका विविध आयामबारे त्यतिधेरै अनुभव बटुल्न पाइनँ’ बराल भन्छन्, ‘तर, सह–सचिव भएर २०६५ मा काठमाडौँ आएपछि नजिकबाट देशलाई बुझ्ने मौका पाएँ। त्यसपछि नलेखी बस्नै सकिनँ।’

केन्द्रबाट हेर्दा तल्लो तहसम्मका हरेक गतिविधिलाई नियाल्न सहज हुने बरालको अनुभव छ। शिक्षा मन्त्रालयको सह–सचिव भएपछि उनले शिक्षा क्षेत्रका विविधि समस्या बुझ्न पाए। समस्याको पोको खोल्ने मनसायले एकपटक योजना आयोगका ठेली दाँज्ने निधो गरे।

त्यहाँ शिक्षालाई दशौँ योजनामा पाए, जहाँ सपना ठूलाठूला बाँडिएको तर, उपलब्धि २५ प्रतिशत पनि हासिल नभएको भेटे। यसरी भ¥याङ चढेर अमेरिका पुग्ने सपना देखेको उनलाई पटक्कै मन परेन।

‘पुरा गर्न नसकिने ठूला सपना बाँडेर किन जनतालाई भ्रममा पार्नु?’ बराल भन्छन्, ‘साना सपना देख्ने नि, जुन पुरा गर्न सकियोस्। त्यसैले पनि यी विषयमा पुस्तक लेख्छु भनेर लेखनमा हात हालेको हुँ।’

यसरी समस्या केलाउँदै जाँदा त्यसको बिकराल रुप देख्दै गए। अनि ती कुरालाई आफ्ना पुस्तकमार्फत प्रकाशित गर्दै पनि।

तर, उनले आफ्ना पुस्तकमार्फत समस्यामात्र केलाएका छैनन्, त्यसको समाधानको बाटोसमेत सुझाएका छन्। ‘त्यसैले शैक्षिक क्षेत्रको समग्र सुधारका लागि मेरा पुस्तक व्यवहारिक छन्’ उनको दाबी छ।

आफ्नो घरका समस्या आफूलाई नै थाहा हुन्छ। त्यसैले पनि बराल शैक्षिक विकासको सन्दर्भमा पुस्तक लेख्छन्। शैक्षिक क्षेत्रमा कस्तो काम भइरहेको छ, कुन बाटो अपनाइएको छ, नीतिगत अवस्था के–कस्तो छ र कसरी सुधार गर्ने भन्नेबारे प्रष्ट जानकारी उनका पुस्तकमा पाइन्छन्।

नीतिगत र व्यवहारिक पाटो
पहिलोदेखि पछिल्लो पुस्तक ‘सिकाउने शैली’ सम्म आइपुग्दा बरालले आफ्ना पुस्तकमा शिक्षाका नीतिगत तथा व्यावहारिक पक्ष उठान गरेका छन्।

उनी आफूलाई छोएका कुराहरु टिपोट गर्दै जान्छन्। कतै केही कुरा देखे वा त्यसले उनलाई प्रभाव पा¥यो भने डायरी वा मोबाइलमा टिप्छन्। पछि त्यसलाई आलेख वा आफ्नो पुस्तकमा समेट्छन्।

हालसम्म झन्डै २५ देशको भ्रमण गरेका बराल विदेश जाँदा त्यहाँको शैक्षिक अवस्थाबारे अध्ययन गर्छन्। शिक्षाका विविध पाटो केलाउँछन्। शैक्षिक व्यवस्थाबारे सोधिखोजी गर्छन्। त्यसलाई उसैगरी डायरीमा टिपोट गर्छन्।

यिनै अनुभवका आधारमा २०७४ मा उनले ‘शिक्षा र सिकाई: सन्दर्भ विदेशको, सिकाई नेपालको’ नामक पुस्तक प्रकाशन गरे। यो पुस्तकमा उनले नेपाल र विदेशको शैक्षिक बुझाई, प्रणालीदेखि हरेक विषयलाई समेट्ने प्रयास गरेका छन्।

‘सिकाउने शैली’ मा उनले मुस्ताङदेखि भुटानसम्मका अनुभवहरु समेटेका छन्। नेपालीको अथितिका रुपमा निम्ता गर्ने शैलीलाई पनि बडो रोचक ढंगले प्रस्तुत गरेका छन्।

उनी पुस्तक विस्तृत तरिकाले लेख्छन्। उठान गर्न खोजेका विषयमा प्रष्ट धारणा राख्छन्। उनी जे कुरा लेख्न बस्छन्, त्यो विषयमा पूर्णरुपमा प्रष्टसँग नलेखी उठ्दैनन्। भन्छन्, ‘बरु खाना नै माया मारिदिन्छु।’

बराल धेरै आक्रामक किसिमका पुस्तक लेख्न रुचाउँदैनन्। बरु समालोचना गर्न उनलाई मन पर्छ। अर्थात्, उनलाई मनको तुष पोख्नकै लागि केही लेख्नु छैन। लेखन अरुका लागि पनि सिकाईको प्रक्रिया होस् भन्ने उनको चाहना छ।

बरालले पुस्तक लेख्नुको मुख्य उद्देश्य स्कुलहरु कसरी चलाउने र शिक्षकले कसरी पढाउने भन्नेबारे जानकारी दिनु नै हो। त्यसपछि आउँछन् नीतिगत कुराहरु। त्यसपछि अन्य–अन्य। अर्थात्, पठाकलाई कुनै न कुनै सन्देश दिनु उनको लेखाईको उद्देश्य हो।

आफ्नो पुस्तक पढेपछि शिक्षकले आफूमा भएको प्रतिभा र क्षमता चिन्न सक्छन् भन्ने विश्वास बरालको छ।

र, यस्तो भएको पनि छ। ‘सिकाउने शैली’ पढेर केही दिनअघि विराटनगरका एक शिक्षकले बराललाई फोन गरे। फोनमा उनले पुस्तक पढेर आँखाबाट आँसु नै आएको कुरामात्र सुनाएनन्, पुस्तकले आफूमा समेत धेरै परिवर्तन आएको बताए।

‘मेरा हरेक पुस्तकले समय र कालखण्ड बोकेका छन्’ बराल भन्छन्, ‘मेरो लक्ष्य कसैले पुस्तक पढ्दा उसको सोच, विचार र जीवनमा कुनै न कुनै परिवर्तन आओस् भन्ने हो।’

बराल आफू एउटा महत्वपूर्ण जिम्मेवारी बोकेको पदमा रहेको र शिक्षाका नीति, नियमबारे थुप्रै जानकारी भएकाले आफूले जानेको र देखेका कुरा अरुलाई पनि जानकारी दिने उद्देश्यले केही पुस्तक प्रकाशन गरेको बताउँछन्।

यसरी उनले आफ्ना पुस्तकमा लोकसेवाको तयारी गर्ने विद्यार्थीदेखि गृहणीको रुपमा घरव्यवहार चलाउने महिलासम्मका लागि सन्देशमुलक विषयहरु समावेश गरेका छन्।

पुस्तकमा बुलिङ
बराल पुस्तकमा बुलिङको विषय उठाउने पहिलो लेखक हुन्। बालबालिकामाथि विद्यालय, समुदाय, घर, परिवार वा अन्य सार्वजनिक स्थलमा हुने हेपाईबारे उनले पुस्तकमार्फत् बहस चलाएका छन्। उनको पछिल्लो पुस्तक ‘सिकाउने शैली’ मा यसबारे थप विषयहरु समेटिएका छन्।

‘विद्यार्थी जीवनमा विद्यालयमा होस् या बालबालिकाको रुपमा समाज वा परिवारमा सबैले जीवनमा धेरैपटक बुलिङमा फसेका हुन्छन्’ बराल भन्छन्, ‘तर, त्यो बाहिर आउँदैन।’ 

बालबालिकालाई शारीरिक, मानसिक वा मौखिक रुपमा दुःख दिने प्रबृत्ति हरेक समाजमा हुने उनको अनुभव छ। महिला तथा बालबालिका मन्त्रालयमा रहँदा त उनले ‘बुलिङ पोलिसी’ बनाउन पहलसमेत गरेका थिए।

हरेक स्थानमा बुलिङ हुन्छ तर, त्यो बाहिर आउँदैन। बुलिङमा परेका बालबालिकाको मनमा चोट पुग्ने गर्छ। तर, सो चोट उनीहरुले मनमै लुकाउँछन्। न यससम्बन्धी कुनै कानुन नै बनेको छ।

‘बुलिङ भुषको आगोजस्तै छ’ उनी भन्छन्, ‘बुलिङकै कारण दुई जनाले आत्महत्यासमेत गरिसकेका छन्।’

एक जनाले कसैले ‘छक्का’ भनेकै आधारमा र अर्कोले प्रेम प्रस्ताव राखेको निहुँमा विद्यालयले निस्कासित गरेपछि आत्महत्या गर्नुलाई बराल दुःखद् घटनाका रुपमा लिन्छन्। भन्छन्, ‘बुलिङका रुपहरु फरक होलान्। तर, हरेक बालबालिका बुलिङमा परेका नै हुन्छन्।’

प्रत्येक दिन एक लाख ६० हजारभन्दा धेरै विद्यार्थी बुलिङकै कारण विद्यालयबाट भाग्ने गरेको तथ्याङ्क बरालसँग छ। उनले बुलिङ कसरी हुन्छ भनेर यसका केही घटनासमेत आफ्नो पुस्तकमा समावेश गरेका छन्।

यसरी सबैको भागेको बुलिङको विषयमा बरालले आफ्नो पुस्तकमा लेखिदिए। र, धेरैले थाहा पाए, आफूमाथि गरिएको व्यवहार बुलिङ रहेछ वा हो भन्ने!

प्रकाशित ४ माघ २०७५, शुक्रबार | 2019-01-18 13:21:42
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna

कृष्ण आचार्यबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।